भक्तपुरमा शुक्रबार कुनै जात्रापर्व थिएन। तर पनि दिनभर गाइजात्रालगायतका पर्वमा जस्तै भक्तपुर नगर बाजागाजाले गुन्जायमान बन्यो। भक्तपुर नगरव्यापी पछिमा बाजा (एक प्रकारको बाजा) प्रतियोगिताका कारण नगर दिनभर बाजागाजामय भएको हो। बाजा बजाएर नगरभरि परिक्रमा भएका कारण सवैतिर बाजागाजामय भएको हो।
भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी पछिमा बाजा प्रतियोगिता २०७८ भएको थियो। प्रतियोगिताका साँस्कृतिक टोलीहरु भक्तपुर नगरपालिका वडा नं ३ दतात्रयमा विहान १० बजे नै भेला भई बाजा बजाउन सुरु गरेका थिए। त्यहाँबाट बाजा बजाई उनीहरुले नगर परिक्रमा गरेका थिए।
र्याली दतात्रयबाट सुरु भएको थियो। दतात्रयबाट इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो। दूरी कायम गरी बाजा बजाई नगर परिक्रमा गर्न लगाएका कारण नगरभरि सवैतिर घण्टौसम्म बाजागाजामय भएको थियो। भक्तपुर नगरपालिका वडा नं ३ दरवार क्षेत्रमा पुगेपछि उनीहरु सवै टोलीले पालैपालो मञ्चमा गई बाजा बजाएका थिए। प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्म गरी नगरभित्रका ३५ वटा पछिमा बाजा समूहहरुले सहभागिताका लागि नाम दर्ता गराएकोमा ३३ वटा बाजा टोलीले भाग लिएको आयोजकले जनाएको छ।
दरवार क्षेत्रको मञ्चमा सवै टोली पुगेपछि गोलाप्रथाद्धारा प्रत्येक टोलीलाई ६।६ मिनेटका समय दिई बाजा बजाउन लगाएको थियो। बाजा प्रतियोगित हेर्न दरवार क्षेत्रमा दिनभर हजारौ नगरबासीको सहभागिता रहेको थियो। प्रतियोगिता साँझ मात्रै सकिएको थियो।
यसअघि प्रतियोगिताको उद्घाटन गरिएको थियो। नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ दत्तात्रयमा बेलुन उडाएर र्यालीको उदघाटन गरेका थिए। र्याली सुरु हुनु अघि भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए।
र्यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरु, टीम, क्लब, पुस्तकालय, संघसंस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरु र सहभागी सांस्कृतिक टोलीहरुको सहभागिता रहेको थियो।
दरवार क्षेत्रमा पुगेपछि फेरि प्रतियोगिताको उदघाटन गरिएको थियो। प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए। कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यस वर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए।
प्रतियोगिताका विजयी साँस्कृतिक टोलीहरुलाई शुक्रबार साँझ नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो। प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. २० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, तँ १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार – नगद रु. १५ हजारकाका साथै पछिमा १ थान, सिछ्या १ थान, तँ १ थान, तृतीय पुरस्कार – नगद रु. १० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, दुई वटा सान्त्वना पुरस्कार – नगद रु. पाँच/पाँच हजारका साथै पछिमा १/१ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १/१ थान प्रदान गरिएको थियो। उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले एक समारोहवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
प्रतियोगितामा ७ जनाको टोली निर्णायक मण्डलको रुपमा थिए। उनीहरु मञ्चका साथै नगर परिक्रमाका क्रममा पनि विभिन्न तीन ठाउँहरुमा वसेर मूल्यांकन गरेका थिए। बोल र तालमा ३०, प्रष्टतामा २०, भेषभूषामा १०, हाउभाउ र प्रस्तुतिमा १०, समयको परिपालनामा पाँच र अनुशाशनमा पाँच गरी मञ्चमा कुल ८० र बाहिर नगर परिक्रमा गर्दा २० गरी कुल एक सय नम्वर राखेर मूल्यांकनको नियम बनाइएको थियो। टोलीमा पछिमा, बासुरी, हार्मोनियम, तँ प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं १ स्थित नास हैमा बाजा खलः प्रथम, भक्तपुर नगरपालिका वडा नं ५ स्थ्ति खिछेँ दाफा भजन खलः द्वितीय, भक्तपुर नगरपालिका वडा नं ९ स्थित तचपाल मको गल्ली बाजा समूह तृतीय र भक्तपुर नगरपालिका वडा नं ७ स्थित सिद्धिगणेश बांसुरी बाजा समूह तथा भक्तपुर नगरपालिका वडा नं ६ स्थित श्री चोछें छुमा गणेश बांसुरी बाजा खलले सान्त्वना स्थान हासिल गर्न सफल भएको थियो।
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।
भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।
इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्याउने महत्वपूर्ण कदम बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...