महामारी झन् फैलिँदै
१० वैशाख २०७२
•
६ मिनेट पाठ
महामारी झन् फैलिँदै
काठमाडौं-सरकारले जाजरकोटको मौसमी फ्लु महामारी नियन्त्रणका लागि सबै उपाय अपनाएको दाबी गरिरहे पनि बिरामी संख्या झन्झन् बढ्दै गएको छ। प्रभावित क्षेत्रमा तीन दिनयता उपचारनिम्ति आएका बिरामी संख्याले महामारी फैलिँदै गएको देखाएको हो। बिहीबार थप दुईसहित मौसमी फ्लुबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।जिल्ला जनस्वास्थ्य कार्यालयले जाजरकोटका १५ स्थानमा सञ्चालन गरेका १७ उपचार केन्द्रको रिपोर्टअनुसार वैशाख ७ यता ८ हजार २ सय ५५ बिरामी परीक्षण गरिएकामा ५ सय ७३ जनामा फ्लु संक्रमण भेटिएको छ।
ती उपचार केन्द्रमा २८ चिकित्सकसहित ९० स्वास्थ्यकर्मी खटिएका छन्। रोग नियन्त्रणको संकेत नदेखिएपछि मुख्यसचिव लीलामणि पौडेल तथा स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठसहितको टोली बिहीबारै जाजरकोट लागेको छ।
एक महिनादेखि महामारी फैलिएका गाविसको तथ्यांक हेर्दा मौसमी फ्लुको संक्रमण डरलाग्दो गरी बढेको पाइएको छ। सबैभन्दा बढी प्रभावित अर्छानी, पैंक, सकला, पजारु, टालेगाउँ, नायकवाडा, लिम्सा रोकाया, धिमे र मझकोट गाविसमा ७ गते १ सय ३४ शंकास्पद बिरामी भेटिएकामा भोलिपल्ट १ सय ९२ र पर्सिपल्ट ९ गते २ सय ७५ बिरामी भेटिएका थिए। सबै उपचार केन्द्रको तथ्यांक आउन बाँकी रहेकाले बिरामी संख्या अझ बढी हुने सम्बद्ध अधिकारी बताउँछन्।
श्वासप्रश्वास वा अन्य प्रकारको सम्पर्कबाट सजिलै सर्ने मौसमी फ्लुमा यति संख्याले पनि हजारौंलाई रोग सार्न सक्छ।
स्थानीय स्तरमा मास्क प्रयोग निकै कम भएकाले स्वस्थ मानिसमा पनि संक्रमणको जोखिम उच्च रहेको चिकित्सक भनाइ छ। उनीहरूका अनुसार फ्लुको ‘इन्क्युबेसन पिरियड' (सरेपछि लक्षण देखिन लाग्ने समय) ५ देखि ७ दिन हुन्छ। ‘राम्रो सावधानी नअपनाइए अहिले फ्लु नभएकालाई पनि सर्ने जोखिम छ,' एक चिकित्सकले भने, ‘मौसम तातेन र केही दिन वर्षा भयो भने बिरामीको दर थेग्नै नसक्ने गरी बढ्नसक्छ।'
इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले भने बिरामी संख्या घट्दै गएको बताए। ‘उपचार अभियान र तापक्रममा भइरहेको वृद्धिले रोगदर घटाएको छ,' उनले बिहीबार नागरिकसँग भने, ‘बिरामी त आइरहेका छन्, तर फ्लु संक्रमित घट्दैछन्।'
महाशाखाकै अर्का विज्ञ डा. जितेन्द्रमान श्रेष्ठले भने महामारी नियन्त्रणका लागि अपनाइएको तरिकाकै कारण रोगदर घट्न नसकेको टिप्पणी गरे। ‘स्रोतमै नियन्त्रण नगरेसम्म रोग निमिट्यान्न हुन्न, बिरामी घट्यो भनेर स्वास्थ्यकर्मी फर्केपछि फेरि उस्तै हुनसक्छ,' उनले नागरिकसँग भने, ‘फ्लुको स्रोत समुदायमै हुने ट्रान्समिसन हो।'
उनले रोग फैलिने क्रम रोक्न जनचेतना बढाउनुपर्नेमा जोड दिए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले पनि स्वास्थ्य समस्याका लागि प्रभावकारी उपचार भइरहे पनि आर्थिक तथा सामाजिक विकाससँग जोडिएका विषयमा एकीकृत प्रयास आवश्यक भएको बताए।
‘बिरामी भएपछिको उपचार स्वास्थ्यले दिने हो,' उनले भने, ‘रोगको स्थायी र दीर्घकालीन निराकरणका लागि त आर्थिक तथा सामाजिक स्थितिमै सुधार ल्याउनुपर्छ।'
चिकित्सकले उच्च ज्वरो, घाँटी दुख्ने, जिउ दुख्नेजस्ता लक्षण भेटिएका बिरामीलाई फ्लु संक्रमित समूहमा राख्ने गरेका छन्। बिरामीको सम्पर्कबाट आएकालाई सम्भावित र सय डिग्रीभन्दा बढी ज्वरो भएका, नाकबाट पानी बगेका, घाँटी दुख्ने वा खोकी लागेकालाई शंकास्पद समूहमा राख्छन्।
रोग पुष्टि गर्न भने प्रयोगशाला परीक्षण नै हुनुपर्छ। जाजरकोटबाट हालसम्म १८ नमूना ल्याइएका मध्ये ८ जनामा मात्र मौसमी फ्लु (स्वाइनफ्लु भनिने ‘एच१एन१') पुष्टि भएको छ। यही आधारमा अन्य बिरामीमा पनि शंकास्पद लक्षण देखिनेबित्तिकै ‘स्वाइनफ्लु' केन्द्रित उपचार गरिँदै आएको छ।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस