काठमाडौं-अस्पतालमा पाइला हाल्ने ठाउँ छैन। अस्पताल कम्पाउन्ड, प्यासेज र अस्पताल अगाडिका सडकमा समेत दर्जनौं घाइते छन्। ठूला सरकारी अस्पताल मात्र होइन, साना क्लिनिक र अघिपछि बिरामी नभेटिने निजी अस्पतालमा समेत पाइला हाल्ने ठाउँ छैन।सार्वजनिक विदा परेकाले अस्पताल प्रशासनले सबै विभागीय प्रमुखमार्फत् अधिकांश स्वास्थ्यकर्मीलाई बोलाएका थिए। अस्पतालका समयमा उपचार नपाएर ज्यान नजाओस् भनेर अस्पतालले सकेसम्म व्यवस्थापन गरिरहेका थिए।
तैपनि कतिपय आइसियु चाहिने वा भेन्टिलेटरमा राखिहाल्नुपर्ने बिरामीको उपचारमा ठूलो समस्या देखिएको छ। अस्पतालहरूले घाइतेको अवस्थाका आधारमा सर्टलिस्टिङ गर्ने कार्यसँगै आकस्मिक भएकाहरूलाई शल्यक्रियासमेत जारी राखेको जनाएका छन्।
अस्पतालमा घाइतेसँगै शव व्यवस्थापन पनि समस्या बनेको थियो। वीरमा मात्र शनिबार साँझसम्म ८५ जनाको मृत्यु भएको थियो भने ७ सयभन्दा बढीको उपचार भइरहेको अस्पतालका निर्देशक डा.स्वयंप्रकाश पण्डितले बताए।
त्यसैगरी, अर्को ठूलो अस्पताल त्रिवि शिक्षणमा साँझसम्म १ सयभन्दा बढीको ज्यान गइसकेको थियो। अस्पतालमा सामान्य र गम्भीर गरी ८ सयभन्दा बढीको उपचार भएको अस्पतालका निर्देशक डा. दिपक महराले बताए। महराले अधिकांश बिरामी हाडजोर्नीको भएकाले केही सामानको अभाव भएको बताए। साना अस्पतालमा समेत सयौं घाइते र दर्जनौं शव छन्।
अर्को ठूलो अस्पताल पाटनले समेत कम्पाउन्ड र आकस्मिक कक्षमा उपचार दिइरहेको छ। त्यतिले सम्भव नभएपछि नजिकैको फुटबल मैदानमा स्याटलाइट अस्पताल खडा गरेर सेवा दिएको अस्पतालका निर्देशक डा.पबन शर्माले बताए।
दिनभर अस्पताल आइपुगेका हजारौंका संख्याका घाइतेलाई वरिष्ठ चिकित्सक, मेडिकल अफिसर, मेडिकल शिक्षाका विभिन्न समूहका विद्यार्थीसमेत उपचारमा खटिएका थिए। त्रिवि शिक्षण अस्पतालका डिज्यास्टर म्यानेजमेन्ट कमिटीका संयोजक डा.प्रदिप वैद्यले आइसियु चाहिने र शल्यक्रिया तत्काल आवश्यक पर्ने बिरामी व्यवस्थापन गर्न केही कठिनाइ भएको बताए।
‘हाम्रोमा मेडिकल विद्यार्थी धेरै भएकाले सामान्य उपचार चाहिनेको व्यवस्थापन गर्न गाह्रो भएन,' उनले भने।
वीरमा पनि सबै शल्यक्रिया सुचारु राखेर आकस्मिक अप्रेसनसमेत भइरहेको डा.पण्डितले बताए। उनले सबै विभागका प्रमुख कन्सलटेन्टलाई बोलाएर त्यसैअनुसार अधिकांश वरिष्ठ, रेजिडेन्ट सबै सेवामा खटिएको बताए।
घाइतेमध्ये अधिकांशको हातखुट्टामा चोटपटक एवं भाँचिएका छन्। तीबाहेक भवनमा पुरिएकामा पेट र छातीमा चोटपटकपछि रगत जम्ने केस बढी भएको डा.पण्डितले बताए। उनले तत्काल शल्यक्रिया आवश्यक नपर्नेलाई भर्ना गरेर राख्ने र आवश्यक पर्नेलाई रातभरि शल्यक्रिया जारी राख्ने पण्डितले बताए। उनले शल्यक्रियाका लागि अर्थो जनरल सर्जरी, एनेस्थेसियाका पूर्ण टिम खटिइरहेको बताए।
सबैभन्दा ठूलो सरकारी अस्पताल वीरमा सुरुमा सैनिक मञ्चको गेट भत्किएर बाटो अवरोध र ज्यान जोगाउन सहरबाट निस्किएकाहरूको भीडले अस्पताल वरपर एम्बुलेन्स हिड्नेसमेत बाटो रोएिको थियो। पछि युवा तथा स्वयमसेवकले सहिदगेटदेखि नै एम्बुलेन्सबाहेकका सवारी रोकेर उपचारका लागि सघाएका थिए।
ठूलो सरकार अस्पताल वीर, त्रिवि शिक्षण, निजामती अस्पताल, पाटन, नेपाल प्रहरी, नेपाली सेनासहित ठूला अस्पतालमा हजारौंका संख्यामा घाइतेका उपचार भइरहेको छ। निजी क्षेत्रका ग्रान्डी, नर्भिक, ओम, बिएन्डबी, नेपाल मेडिकल कलेज, काठमाडौ मेडिकल कलेजमा बिरामीको उपचार भइरहेको छ।
स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित २० जिल्लालाई स्वास्थ्य आपतकालीन जिल्ला घोषणा गरेर घाइतेको उपचारसहित भूकम्पका कारण विस्थापित बस्ने क्षेत्रमा समेत महामारी फैलिन नदिन विशेष सतर्कता अपनाउने निर्णय गरेको छ।
मन्त्रालयले शनिबार नै आपतकाल घोषणपछि ती जिल्लामा हुने उपचारमा कुनै औषधि र चिकित्सक टोली अभाव हुन नदिन २४ घन्टा अनुगमन गर्न विशेष टोली खटाएको छ।
स्वास्थ्य मन्त्रालयका अधिकांश घाइतेको उपचारका क्रममा राजधानीका प्रमुख अस्पताल भरिएपछि बाहिर जिल्लाबाट ल्याउने बिरामीलाई चितवनमा उपचार गर्न लैजाने निर्णय गरेको छ। स्वास्थ्य गोरखामा उपचार समस्य भएपछि चितवनबाटै थप टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख डा.गुणराज लोहनीले बताए। उनले तनहुँ, लम्जुङ र गोरखाबाट थप उपचार आवश्यक पर्नेहरुलाई चितवनमा डाइभट गरिने बताए।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले आपतकाल लागेका जिल्लामा विदामा बसेका, तालिममा गएका सबै स्वास्थ्यकर्मी जिल्ला फर्किन निर्देशन दिएको छ।

काठमाडौं बाहिरका विरामीलाई चितवनमा