काठमाडौं-भूकम्प जाने क्रम नरोकिएपछि खुला आकाशमुनि सेल्टर लिइरहेका लाखौं सर्वसाधारणको बिजोग भएको छ। वर्षापछि चिसो बढेको छ। सेल्टरमा अभिभावकसँग बसेका बालबालिका बिरामी पर्न थालेका छन्।
आइतबार राति पानी परेपछि टुँडिखेल र खुलामञ्च आसपास पाल टाँगेर बसेका हाजरौंले नसुती उज्यालो पारेका छन्। त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुर, क्रिकेट मैदान, लामा शिविर जाउलाखेल, होटल हायतको चउर, नारायण चउर, सानो गौचरण, शंखपार्क लगायतका क्षेत्रमा पाल टाँगेर बसेकाहरुको स्थिति नाजुक बनेको छ। वर्षासँगै चिसो बढेपछि साना नानीहरु बिरामी पर्न थालेका छन्।
'पानीले टेन्ड भिजायो घर जाउँ भने भूकम्पले धक्का दिइरहेको छ', टुँडिखेल टेन्टमा बस्दै आएकी मेनुका क्षेत्रीले नागरिकन्युजसँग भनिन्, 'मर्नु न बाँच्नु भइयो। खाना पनि पाइएको छैन।'

गुगल वेदर, एक्युवेदर लगायतका मौसम भविष्यवाणि गर्ने संयन्त्रहरुले नेपालमा आगामी २४ भिषण वर्षा हुने भविष्यवाणि गरेका छन्। भारतीय मौसम पूर्वानुमान विभागले पनि यस्तै भविष्यवाणि गरेको छ। वर्षा भएमा उद्दार कार्यमा कठिनाइ हुनेछ।

भिषण वर्षाको सम्भावना