काठमाडौ -शनिबार आएको भूकम्पका कारण जनजीवन अस्तव्यस्त भएको छ। अहिलेसम्म दर्जनौ पटक भूकम्पको धक्का महसुस भएको छ। पटक पटक आइरहेका साना ठूला धक्काका कारण जनजीवन त्रसित छ। मानिसहरु खुल्ला ठाउँमा आश्रय लिइरहेका छन्। अहिलेसम्म भूकम्पका कारण के के भयो त? हामीले १० मुख्य कुरा यसरी नोट गरेका छौंः
१) अहिले सम्म ३३२६ जनाको मृत्यु भएको छ । ६ हजार ६५ जना घाइते भएका छन् ।
२) भूकम्पको केन्द्रविन्दु बापाकमा उद्धार टोली पुगेको छ । गोरखामा करिब २ सय ५० को मृत्यु भएको छ । गोरखाबाट विरामीलाई पोखरा लगिएको छ ।
३) भूकम्पका कारण धरहरा, बसन्तपुर दरवार स्क्वायर लगायतका पुरातात्वीक सम्पदा ध्वस्त भएका छन् ।
४) भारत, चीन, पाकिस्तान, जापानले उद्धार टोली नेपाल पठाएका छन् । उनिहरुले घटनस्थलमा काम गरिहेका छन् ।
५) आइतबार राती परेको पानी कारण मानिसलाई कठिन भए पनि सोमबार विहानै देखिको घामले खुला आकास मुनी आश्रय लिएका सर्वसाधारणलाई राहत महसुस भएको छ ।
६) अमेरिकाले १० लाख डलर, नर्वेले तीन करोड क्रोनर सहयोग गरेका छन् ।
७) नेपाल टेलिकमलले आफ्ना ग्राहकहरुलाई निशुल्क कल सेवा दिइरहेको छ । यस्तै अन्य भारत, अष्टे«लिया, अमेरिका, डेनमार्क लागयतका देशले पनि निशुल्क र न्युनतम शुल्कमा कल सेवा दिइरहेका छन् ।
८) भूकम्पमा फसेका मानिसको मदतको लागि गुगलले पर्सन फाइन्डर, फेसवुकले सेफ्टी चेक र भाइवरले भाइवर कल आउट सुविधा दिएका छन् ।
९) मुख्य सचिव लिलामणी पौडेलले बजार खुला राख्न आग्रह गरेका छन् । जसले गर्दा खाद्यन्न अभाव हुन नदिन सहयोग गर्ने छ ।
१०) उद्धारमा परिचालन भएका हेलिकोप्टर र विमानका कारण त्रिभुवन विमानस्थल अस्तव्यस्त भएको छ ।