काठमाडौं- विनाशकारी महाभूकम्पमा परी मृत्यु हुनेको संख्या धादिङमा तीन संख्याभन्दा बढी पुगेको छ । भूुकम्पले ध्वस्त धादिङका दर्जनभन्दा बढी गाविसमा सम्पर्क हुन नसकेकाले मृतक संख्या बढ्न सक्ने स्थानीयले बताएका छन ।
उत्तरी धादिङका लापा, धार्लाङ, सेर्तुन, रि, टिप्लङलगायत गाविस अझै सम्पर्कबाहिर रहेका र ती गाविसमा व्यापक मात्रामा धनजनको क्षति हुनसक्ने धादिङका एमाले नेता तथा सभासद गंगालाल तुुलाधरले टेलिफोनबाट जानकारी दिए । 'सुविधा भएका गाविसमा त उदार तथा राहत वितरण हुन सकेको छैन, तुलाधरले भने, दुर्गम क्षेत्रको उदार कार्य ज्यादै सकसपुर्ण भएको छ ।,
उद्धारका लागि धादिङ पुगेको भारतीय एमआई १७ हेलिकप्टर उत्तरी गाउँहरुमा जाँदा जोखिम हुने भन्दै फर्किएको छ । उद्धार कार्यमा सरकारले तदारुकता देखाउन नसक्दा गाउँगाउँमा महामारी फैलन सक्ने संकेत देखिएको छ । 'पुरिएका शव र गाईवस्तु कुहिन थालेका छन, तुलाधरले भने, अब केही दिनभित्र उदार नभए महामारी फैलन सक्छ ।'