काठमाडौं- पर्याप्त हेलिकप्टर नहुँदा भूकम्पपीडितको उद्धारमा कठिनाइ भएको छ । भूकम्पबाट बढी प्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लाका ५० भन्दा बढी ठाउँबाट स्थानीयले उद्धारका लागि हेलिकप्टर पठाइदिन हारगुहार गरिरहेका छन् ।भूकम्पपीडितको उद्धारमा सेनाको एउटा एमआई १७ र चारवटा अन्य साना हेलिकप्टर प्रयोग गरिएका छन् । भूकम्प आएपछि घाइते तथा पुरिएकाको उद्धारमा प्रयोग गर्न भारतले छवटा एमआई १७ हेलिकप्टर उपलब्ध गराएको छ । यसका अलावा केही निजी क्षेत्रका हेलिकप्टर पनि घाइतेको उद्धारमा लगाइएको छ ।
'अहिले भूकम्पपीडितको उद्धार तथा राहत वितरणमा १२ वटा हेलिकप्टर प्रयोग भएका छन्,' विमानस्थल समन्वय केन्द्रमा रहेका सेनाका महासेनानी शरद ढकालले भने, 'अतिविशिष्ट व्यक्तिको उडानमा प्रयोग हुने सुपरपुमा हेलिकप्टर समेत भूकम्पपीडितको उद्धारमा प्रयोग गरिएको छ ।'
हेलिकप्टर अभाव भएपछि सेनाले उद्धार तथा राहत सामग्री ट्रकमा पठाउन थालेको छ । नेपाली सेनासँग रहेका २६ जहाज तथा हेलिकप्टर छन् । तीमध्ये २१ वटा हेलिकप्टर तथा जहाज विभिन्न कारण ग्राउन्डेड छन् । वर्षांैदेखि ग्राउन्डेन्ड अवस्थामा रहेका ती हेलिकप्टर बजेट अभावमा मर्मत नभएर प्रयोगमा आउन नसकेका हुन् । केही हेलिकप्टरको मर्मतसम्भारमा करोडौं रुपैयाँ खर्च गरिए पनि अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।
मौसमका कारण पनि उद्धार र राहत सामग्री पठाउन कठिनाइ भएको भनाइ सेनाको छ । 'नुवाकोट, धादिङ, काभ्रे र सिन्धुपाल्चोकमा राहत तथा उद्धार सामग्री ट्रकबाट पठाएका छौं,' महासेनानी ढकालले भने ।
सेनाका अनुसार शनिबार र त्यसपछि गएका भूकम्पबाट घर तथा पूर्वाधार भत्कँदा पुरिएकाको उद्धार, घाइतेको उपचार, राहत सामग्रीका लागि प्रभावित जिल्लाका विकट गाउँबाट हेलिकप्टरको माग भइरहेको छ । हेलिकप्टरको माग सेनासँग सबैभन्दा बढी सिन्धुपाल्चोकबाट भएको छ । हेलिकप्टरको माग गर्ने क्रम बढ्दै जाने सेनाले जनाएको छ ।
सिन्धुपाल्चोकको हाकु, मनिखर्क सेमाथाङगा, कोटगाउँ, गाम्खा, थाङ्पा फलिङ, नारायणस्थान, तिपेनी, हाम्जे, तोल्जे, चौकीडाँडा, बन्जी जम्प गर्ने स्थानको पूर्वपट्टि, थम्पालधाप, मेलम्ची मोताङ, धम्पालकोट, बरुवा, सालीकोट, टुवाचौर, बाह्रबिसे, रुम्जाटार गरी २१ ठाउँबाट पनि हेलिकप्टर माग भएको छ ।
रसुवा जिल्लाको लामटाङ, चिलिमे हाइड्रो पावर, टिमुरे, स्याफ्रुवेशी, नाङ्लेबारी, किस्पाङ, बल्चे, तहरे पौवा गाविसका वडा नं १, २, ३, र ९ तथा रसुवागढी हाइड्रो पावरबाट हेलिकप्टरको माग भएको छ । गोर्खाको लो गाविस, लाशिगाउँ, आरखेत, केराउ गाउँ, मापार्क, बारपार्क, तिपेनी, हाम्जे, तोल्जेका बासिन्दाले पुरिएका र घाइतेको उद्धारका लागि हेलिकप्टर माग गरेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार धादिङको सेर्तुङ, दार्खा, सत्यदेवी, त्रिपुरेश्वर, कटुन्जे, सल्यानकोट, आँखुखोला हाइड्रोपावर, बसेरी, आगिन चोक, धार्ना–८ घोप्टेनी प्राविबाट पनि स्थानीयले हेलिकप्टर मगाएका छन् । काभ्रेको कोसीपारि, दोलखाको च्छोरोल्पाबाट पनि हेलिकप्टर मागिएको छ ।
'प्राथमिकताका आधारमा हेलिकप्टर, उद्धार टोली र राहत सामग्री पठाउने गरेका छौं,' विमानस्थल समन्वय केन्द्रमा रहेका सेनाका महासेनानी अशोक सिग्देल क्षत्रीले भने ।
सीमित हेलिकप्टर भए पनि प्राथमिकताका आधारमा विदेशीबाट प्राप्त भएका उद्धार सामग्री र टोलीलाई प्रभावित क्षेत्रमा पठाउने गरिएको सेनाले जनाएको छ । गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोकलाई उच्च प्राथमिकतामा राखिएको छ । हालसम्म विदेशबाट प्राप्त सामग्रीमध्ये ३२ हजार केजी विभिन्न जिल्लाको प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत पठाइएको छ । औषधि, खाद्यसामग्री र अन्य वस्तु प्रभावित क्षेत्रमा पठाइएको हो ।
सेनाका अनुसार सुरुमा एक हजार पाल वितरण गरिएको थियो भने पछि सहरी विकास मन्त्रालयले ३ हजार पाल वितरण गरेको छ । अहिले चीनबाट आएको ४ हजार जति पाल वितरण गर्न बाँकी रहेको सेनाले जनायो । 'ट्रक जाने नजिकका ठाउँमा पठाउन थालेका छौं,' महासेनानी ढकालले बताए ।