काठमाडौं-मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन मौसम पूर्ण रुपले सफा नहुने जनाएको छ । महाशाखाका अनुसार विशेषगरी मध्याह्नदेखि साँझ आठ बजेसम्म पानी पर्ने सम्भावना धेरै छ ।
भूकम्पबाट विस्थापित समुदायलाई सम्भावित वर्षाबाट सुरक्षित रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाका मौसमविद वरुण पौडेलले बिहीबारसम्म पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना धेरै भएको जानकारी दिए।पहाडी क्षेत्रमा दिउँसो तीन बजेदेखि साँझ आठ बजेसम्म वर्षा हुने सम्भावना छ । नियमित वर्षा भने हुँदैन । ‘यसबीचमा एकदुई घन्टा वर्षा हुने सम्भावना धेरै छ,’ उनले भने । पौडेलले कम्तीमा पनि दुई घन्टासम्म पानी रोक्ने टेन्ट वा त्रिपाल प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।
उनका अनुसार प्रारम्भिक मौसममा क्षणिक वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना पनि त्यत्तिकै हुन्छ । टेन्ट र त्रिपालमा बसेका सर्वसाधारणलाई चट्याङले सामान्य अवस्थामा त्यति क्षति नपुत्र्याए हावाहुरीले असर गर्ने सम्भावना बढी हुन्छ । त्यसैले त्रिपाल वा टेन्ट गाड्दा अलि बलियो किला ठोक्न र बलियो पोल गाड्न पौडेलले आग्रह गरे । साथै, टेन्ट र त्रिपालको छानोलाई भिरालो बनाइयो भने हावाहुरीको प्रभाव कम हुने पौडेलको भनाइ छ ।
उनले भने, ‘स्थानीय तहमा विकास भएको बादलका कारण पानी परिरहेको छ । ठाउँठाउँमा बाक्लो बादल देखिएको छ । सबैभन्दा बढी प्रभाव यसले पहाडी क्षेत्रलाई पारिरहेको छ ।’ उनका अनुसार दिउँसो पानी पर्ने क्रम बिहीबारदेखि कम हुनसक्छ । प्रारम्भिक मनसुन पछिल्लो तीनचार दिनदेखि मात्र सक्रिय हुन थालेको हो । यसअघिका केही साता वायुमण्डलमा वायु गति नभएका कारण मौसम त्यति सक्रिय भएको थिएन । बादल लाग्ने तर पानी पर्ने क्रम चलिरहेको थियो ।