काठमाडौ -मंगलबार साँझ पौने आठ बजेसम्म ११ वटा चार रेक्टर स्केलभन्दा ठूला भूकम्प गएका छन् । यीमध्ये सिन्धुपाल्चोक केन्द्रविन्दु रहेका भूकम्प मात्र ६ वटा छन् । यसमध्ये पनि सबैभन्दा ठूलो ४.९ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु पनि सिन्धुपाल्चोक नै हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघिको चौबीस घन्टामा भने १३ वटा मात्र भूकम्प गएका थिए । पहिलो दिन १२ घन्टामा यस्ता भूकम्प ३८ वटा गएका थिए ।
शनिबारको पहिलो शक्तिशाली भूकम्पपछि चार रेक्टर स्केलभन्दा ठूलो भूकम्प सय वटा गएका छन् । यी भूकम्प ८० घन्टाभित्र गएका हुन् ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘भूकम्पको संख्या र म्याग्निच्युट घटिरहेको छ ।’ उनले चार रेक्टर स्केलभन्दा साना भूकम्प भने एक हजारभन्दा बढी गएको जानकारी दिए ।
‘भूकम्पको प्रकृति हेर्दा ठूला भूकम्प कम हुँदै गएको देखिन्छ,’ अधिकारीले भने, ‘सामान्य अवस्थामा फर्कन लागेको हो कि भन्ने आभास भएको छ । यो हरेक दिन कमजोर हुँदै गएको छ ।’ तर पनि सर्वसाधारणलाई सचेत भएर घर बस्न उनले सुझाव दिए ।
अधिकारीले अहिलेका भूकम्प प्रभावित क्षेत्रका सर्वसाधारणले छ महिनासम्म पनि ससाना भूकम्पको झट्का महसुस गर्न सक्ने बताए । ‘अहिले गएका भूकम्पले गर्दा काठमाडौं बारम्बार हल्लिने सम्भावना बढेको छ,’ उनले भने, ‘यो क्रम छ महिनासम्म चलिरहन सक्छ ।’
अधिकारीका अनुसार शनिबारको ७.९ र आइतबारको ६.९ रेक्टर स्केलका ठूला भूकम्पका कारण ससाना भूकम्प आइरहेका छन् ।
युरोएसियन र इन्डियन प्लेटोबीच घर्षण हुँदा निस्किएको ऊर्जाले यी भूकम्प आइरहेका छन् । चट्टानहरु एकआपसमा ठोक्किएर निस्केको ऊर्जा बिस्तारै कम हुँदै गएको छ । त्यसैले भूकम्पको शक्ति पनि घट्दै गएको छ । घर्षणका बेला धेरै चट्टान टुक्रन्छन् । टुक्रिएर ठाउँ मिल्नका लागि समय लाग्छ र त्यो नमिल्दासम्म ससाना झट्का आइरहन्छन् । इन्डियन प्लेटोले हरेक वर्ष २ सेन्टिमिटरका दरले नेपालतिर ठेलिरहेको छ । त्यो युरोएसियनमा गएर ठोक्किइरहेको छ ।