खोटाङ–खोटाङका भूकम्प पीडितलाई राहत वितरण सुरु गरिएको छ। भूकम्पका कारण विस्थापित भएको पाँच दिनपछि उनीहरुलाई पाल, कम्बल र राहत रकम वितरण सुरु गरिएको हो।जिल्ला दैवीप्रकोप उद्धार समितिले बुधबार नुनथलामा पुगेर राहत वितरण सुरु गरेको छ। भूकम्प पीडितलाई'क' र 'ख' वर्गमा वर्गीकरण गरेर 'क' वर्गकालाई नगद पाँच हजार र 'ख' वर्गका पीडितलाई नगद तीन हजारका साथमा पाल र कम्बल वितरण सुरु गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए।
नेपाल रेडक्रस, बाणिज्य संघ, गैससमहासंघ, यातायात व्यवसायी संघ, सुरक्षा निकाय, राजनैतिक दल लगायतको समन्वयमा राहत वितरण सुरु गरिएको हो। नेपाली सेनाले खार्पा र ऐसेलुखर्क क्षेत्रमा पनि राहत वितरण गरिरहेको छ। समितिका अनुसार हालसम्म खोटाङका ६ सय ९८ घरका ४ हजार १ सय ७५ सर्वसाधारण विस्थापित भएको जानकारी आएको छ। भूकम्पको क्षतीको विवरण आउनेक्रम जारी छ।