हाम्रो समाजमा छोरीको बिबाह गर्दा कन्यादन गरिन्छ। के छोरी दान गर्ने वस्तु हो र? यो प्रश्न प्रसिद्ध शान्ति कार्यकर्ता, युद्ध प्रभावित महिला संघकी संस्थापक एवं अध्यक्ष विशाका धर्मदासाले गरिन्। श्रीलंकाकी नागरिक विशाकाको बुझाईमा छोरी दानको वस्तु होइन। छोरी परीवार, समाज र देशकै गौरव हो। त्यही भएर छोरीको बिबाह गर्दा आमा बुवाले आफनो कन्यालाई दान नगरि पाणी ग्रहण गर्नुपर्छ।
महिला र किशोरीविरुद्धको बढ्दो हिंसालाई सम्बोधन गर्ने उदेश्यले नेपालमा मंगलबार(आज)देखि सुरु हुने दुइ दिने दक्षिण एसियाली सम्मेलनमा भाग लिन सोमबार नेपाल आएकी विशाकाले पत्रकार सम्मेलनमा यस्तो प्रश्न गरेकी हुन्। उनको अनुभवमा बिबाह भनेको केटा र केटिले समान सम्बन्ध अपनाउनु हो। ‘हाम्रो धर्ममै छोरीको बिबाह गर्दा आमाबुवाले काँखमा राखेर दुलाहालाई छोरी हातमा दिएर कन्या दान गर्छन्,’ विशाकाले भनिन्, ‘छोरी दानको वस्तु हौइन। दुइ समान व्यक्तिबीचको बिबाहलाई पानी ग्रहण गर्नु भन्नु पर्छ।’ उनले थपिन्, ‘जसमा दुल्हा र दुलहीले हात जोडेर समबन्ध स्वीकार गर्छन्। हामी दुई दिने सम्मेलनमा महिला हिंसाका विभिन्न प्रकृतिबारे छलफल गरी समाधानको निचोड निकालेर साउथ एसियाली देशका सरकार समक्ष दस्तावेज बनाएर पेस गर्ने छौं।’
उनले हाल विश्वमा फैलिरहेको कोभिड महामारी, द्वन्द्व, जलवायु परिवर्तनलगाएतका विभिन्न आपत विपतमा महिला तथा किशोरीहरुमाथि हिंसाको प्रकृति, स्वरुपनै फेरिएर नयाँ स्वरुप लिएको तर त्यस अनुसारको कानून, नियमन बनिनसकेकोले पनि हालको अवस्थामा महिलामाथि हुने हिंसाका घटनाहरु बढ्दै गएको जनाइन्।
वुमन एनजीओ फेडरेसन (डब्लुएनएफ), राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकारी आयोग , एभ्री वुमन, स्वाम नेपाल र डब्लुडब्लुजेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल, भारत, श्रीलंका, पाकिस्तान,बंगलादेशका प्रसिद्ध अधिकार कर्मीहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
पूर्वसीड कमिटी सदस्य र हेल्प एज ट्रस्टीकी प्रमुख फरदौसआरा बेगमका अनुसार महिला हिंसा हुनुनै मानवअधिकार उल्ङ्घन हुनु हो। बंगलादेशकी नागरिक बेगमले मानवअधिकार उल्ङ्घन गरेर कुनै पनि समाज र देशको उभो कहिल्यै नलाग्ने स्पष्ट पारिन्। ‘महिला हिंसा बढी भएको र मानवअधिकार उल्ङ्घन बढी भएको कुनै पनि देश अघि बढ्दैन,’ बेगमले भनिन‘दुई दिने सम्मेलनमा हामीले यस्ता समस्यालाई कसरी रोक लगाउन सकिन्छ भन्ने उपायबारे मन्थन गर्ने छौं।’
अर्की भारतीय लैंङ्गिक अधिकारकर्मी तथा लेखक मीरा खन्नाले सम्मेलनले महिलामाथि हुने हिंसाको समाधानको उपाय निकाल्ने विश्वास व्यक्त गरिन्। उनले सबैले आफनो घरबाटै पहिलो महिलामाथि हुने भाषिक हिंसालाईनै रोक्नु पर्ने जिकिर गरिन्। उनले हाम्रो पितृसतात्मक समाजमा अझै पनि भु्रण हत्या, बालिकालाई विद्यालय नपढाउने,षेण युक्त खाना नदिने,बिना अनुमति विवाह गरिदिने,दाइजो कुप्रथाको विगविग बढ्रदै जाने,रेप, बोक्सी लगाएतका थुप्रै प्रकृतिका हिंसाहरु कायमै रहनु बडो दुःखद भएको जनाइन्।
‘भाषा, परम्परा धर्ममा अझै पितृसता सोच कायम छ,’ मीराले अनुभव सुनाइन्‘मैले मेरो छोरीको अनुमति लिएर उनको विवाह गरे र विवाहामा महिला पंडित राखे। धर्मले व्यवस्था गरेको महिलामाथि हिंसा हुने सबै परम्पार तोडेर छोरी र ज्वाईलाई पानी ग्रहण गरे।’ उनले थप प्रष्ट्याइन्‘ अर्थात मैले छोरीलाई कन्यादान गरिन। छोरी र ज्वाँईले हात जोडेर एकअर्कालाई समान हैसियतमा सम्बन्धन स्वीकार गरेर पानी ग्रहण गरे।’
संयुक्त राष्ट्रसंघिय जनसंख्या कोषका अनुसार ४८ प्रतिशत नेपाली महिलाले आफ्नो जीवनको कुनै न कुनै क्षणमा हिंसा भोगेको जनाएको छ। यसैगरी विश्व स्वास्थ्य संगठनले जनाए अनुसार प्रत्येक तीन जना महिलामध्ये एक जना हिंसाबाट प्रभावित छन्। राष्ट्रिय महिला आयोगकी प्रमुख कमला पराजुलीले हिंसाका प्रवृति र स्वरुपहरु फेरिन्दै गएको तर नेपालमा त्यस अनुसारको कानुन नबनेकोले पनि हिंसा बढेको जनाइन्। ‘महिला भित्र पनि बालिका, किशोरी, एकल महिला, अपाङ, पिछडा वर्ग, अल्पविकसित समुहमा महिलाहरु हिंसाबाट बढी प्रभावित छन्,’ प्रमुख पराजुलिले यर्थात सुनाइन् ‘विश्वरुपमा बढी रहेको जलबायु परिवर्तन समस्या,कोभिड,लगाएतका आपतविपतमा महिलामाथि हुने हिंसाका प्रवृति फेरिएका छन्।’ उनले थपिन्, ‘जस्तै विधुतिय, डिजिटल, लिभिङटुगेदर, याैन क्षेत्रमा काम र्ने महिलालगाएतमाथि हुने हिंसाका घटना दर्ता हुन्छन्। तर यी विषयमा कानुन नबनेकोले समेट्न सकिएको छैन। यी क्षेत्रमा हुने महिलामाथिको हिंसा हामीले समेट्न सेका छैनौ.। दुई दिने सम्मलेनबाट यी विषय वस्तुहरुले पनि प्रवेश पाउने छन्।’
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिलि थापाले आयोगले महिलामाथि हुने सबै प्रकारको हिंसालाई अन्तराष्ट्रिय रुपमै अन्त गर्ने जोड दिएको जनाइन्। महिला अधिकार क्षेत्रमा काम गर्ने साउथ ऐसिया वुमीन इन मेडिया (स्वाम नेपाल) की अध्यक्ष निर्मला शर्माले दुइ दिने सम्मेलनमा प्रख्यात भारतीय विद्धान्, पर्यावरणविद् र लैंगिक अधिकारकर्मी डा.बन्दना शिवा मुख्य वक्ता रहेको जनाइन्। ‘सम्मेलन अवधिभर विश्वमा देखिएका महिला हिंसाका नयाँ प्रवृतिका हिंसाबारे मन्थन गरि समाधानको उपाय र कानुनी उपचारबारे निष्कर्ष निकाल्ने छ,’ उनले भनिन्। सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका प्रसिद्ध अधिकारकर्मीहरुले महिला हिंसाबारे कार्यपत्र प्रस्तुत गर्नु हुने छ।’