भूकम्पमा यस्ता घर भत्किए
१७ वैशाख २०७२
•
९ मिनेट पाठ
भूकम्पमा यस्ता घर भत्किए
काठमाडौ-उपत्यकामा कतै पक्की घर ढलेका छन्, त्यस्तै देखिने पक्की घर कतै सग्लै छन्। अनि अर्को बस्ती पुग्यो, कच्ची घर पनि ढलेका छैनन्। कुनै ठाउँमा कच्ची घर एउटा पनि बाँकी देखिँदैनन्। महाभूकम्पपछिको दृश्य नियाल्दै हिँडेका सर्वसाधारणको मनमा यस्ता जिज्ञासा आएको हुनुपर्छ। अझ घरधनीलाई लाग्न सक्छ, आफूले खर्च फुकाएर बनाएको पक्की घर ढलेको छ, जबकि छिमेकीले थोरै खर्चमा बनाएको घर सग्लो छ। आखिर किन यस्तो हुन्छ?यसको वास्तविक जवाफ न भग्नावशेष हेर्न हिँडेका सर्वसाधारणलाई थाहा छ न त्यो घरधनीलाई। थाहा छ त ती व्यक्तिलाई जसले काठमाडौंको जमिनको व्याख्या गर्न सक्छन्। र, अर्को त्यस्तो व्यक्तिलाई जसले घरको नक्सा, बनावट, निर्माण सामग्रीबारे अध्ययन गरेको छ।
सर्वसाधारणका यिनै जिज्ञासा पछ्याउँदै भूगर्भविद विशालनाथ उप्रेती महाभूकम्पको दोस्रो दिनदेखि त्यस्ता भग्नावशेषको स्थलगत अध्ययनमा निस्किए। उनी बालुवाटार, गोंगबु बसपार्क, माछापोखरी, कौशलटार, बल्खुका ध्वस्त संरचना हेरे। उनले तिनको अवस्था र प्रयोग गरिएका निर्माण सामग्री पनि मोटामोटी अध्ययन गरे।
‘सर्वसाधारण र ठेकेदारलाई काठमाडांैको जमिन र निर्माण विधि तथा निर्माण सामग्रीको ज्ञान नै रहेनछ,’ उनले नागरिकसँग निष्कर्ष सुनाए।
उप्रेती सबैभन्दा पहिले बालुवाटारको एउटा क्षतिग्रस्त साततले घर हेर्न पुगेका थिए। उनलाई छेवैका घरधनीले भनेछन्, ‘जग बलियो छैन, धेरै अग्लो घर नबनाउनुस् भनेर मैले बारम्बार भनेको थिएँ।’
साततले घरको पिलर चकनाचुर भएको थियो। ‘त्यो घरको पिलरमा डन्डी कम प्रयोग भएको रहेछ। पिलर बिममा हाल्ने रिङको मोटाइ पनि पातलो थियो,' उनले भने।
उनी घर हेर्न कालिमाटी–बल्खु सडक खण्डबाट टेकु दोभानको पुरानो बाटो पुगे। त्यहाँ पनि एक/दुई वर्ष पहिले बनेको देखिने साततले घर लडेको थियो। पिलरमा चारवटा मोटो डन्डी हालिएको रहेछ। पिलर र बिम बाँध्न लिखुरे रिङ प्रयोग भएको रहेछ, त्यो पनि एक–एक फुटको अन्तरमा।
‘यस्तो छामेर हेरेको त क्रंक्रिट पनि फुसफुस निस्कियो। बालुवा, रोडा र सिमेन्ट मिलाउँदा पानी धेरै हालेकाले त्यस्तो भएको हो,’ उप्रेतीले भने।
नजिकको अर्को तीनतले घरको माथिल्लो तला पूरै धसिएको थियो। त्यसको ढलानमा चारवटा चार लाइनका रड मात्र थिए। ‘घर बनाउने विधि र निर्माण सामग्रीको सही प्रयोग नभएर घर भत्किएका हुन्। यसमा घरधनी, इन्जिनियर वा ओभरसियर र ठेकेदारको कमजोरी देखिन्छ,’ उनले भने।
निर्माण सामग्रीको सही प्रयोग र विधि नपछ्याउँदा थुप्रै घर भत्किएका छन्। घर भत्किनुमा यो मात्र कारण भने होइन। अरू थुप्रै कारण छन्। तीमध्ये अर्को प्रमुख कारण हो घर बनेको ठाउँ।
उप्रेतीले घुमेको बालाजु बाइपास र माछापोखरी क्षेत्रमा धेरै घर भत्किएका छन्। घरको पूरै भाग सग्लो देखिन्छ। तर, ती पल्टिएका छन्। ढलेका छन्।
बालाजुको नापतौल विभाग दक्षिणपट्टि तीनवटा घर पल्टिएका छन्। त्यहाँ अरू पनि पल्टिएको भूगर्भविद उप्रेतीले सुनाए। ‘जमिन र माटोको अवस्थाका कारण घर सग्लै रहे पनि पल्टिएका छन्,' उनले भने।
उनका अनुसार जमिन हल्लिएपछि तरलीकरण हुन्छ। त्यसमा घरको जग टिक्न सक्दैन र पल्टिन्छ। कालिमाटी वा कमजोर जमिनमा यस्तो समस्या आउँछ। उनले बल्खु र कौशलटार क्षेत्रमा यसरी लडेका घर प्रशस्त देखिएको जानकारी दिए।
‘काठमाडौंका कतिपय ठाउँको जमिन दहीको कतारोजस्तो छ। यस्तो जमिनमा कुनै अध्ययन नै नगरी ठूल्ठूला घरको नक्सा बनाउने इन्जिनियरहरूको पनि गल्ती छ,’ उप्रेतीले भने।

उनका अनुसार कौशलटारमा तीनवटा घर पनि त्यस्तै देखिन्छन्। ‘घर बाहिरबाट हेर्दा तगडा देखिन्छन्। जमिन धस्सिएको छ। जमिन दलदल भएर घर ढलेको देखिन्छ,’ उनले भने।    
यी त उनले निर्माण विधि, सामग्री र जमिनका कारण भत्किएका घरको उदाहरण दिए। यस्तै कतिपय घर भिरालो जमिनकै कारण पनि भत्किएका छन्। बल्खुबाट दुई सय मिटर बागमतीपट्टि तलतिरको गल्लीमा दुइटा घर पल्टिएका छन्। यसरी पल्टिने घरको संख्या पनि धेरै छ।

उनले माटोका घर भने आयु पूरा भएर भास्सिएको जानकारी दिए। सन् १९९० देखिका घरको आयु पूरा हुनु स्वाभाविक पनि हो। यस्ता घर ललितपुरको हरिसिद्धि, लुभु र खोकना क्षेत्रमा ध्वस्त भएका छन । ‘कतिपय माटोका पुराना घर पनि सग्ला छन्। ती घर जग र जमिन बलियो भएकाले जोगिएका हुन्,’ उप्रेतीले भने।

आर्किटेक्ट इन्जिनियर तथा भूकम्प जोखिम न्यूनीकरणसम्बन्धी तालिम दिँदै आएका विजय उपाध्यायले भूकम्पमा कुनै पनि भौतिक संरचना भत्किनुका पछाडि थुप्रै कारण हुने बताए।
उनका अनुसार भूकम्पको प्रकृति (दायाँ–बायाँ, तल–माथि कसरी हल्लाएको छ), जमिन कति तीव्रता र दिशामा हल्लियो, संरचना निर्माण गर्दा सामग्री र विधिको प्रयोग कसरी भयो भन्ने कुरामा भौतिक संरचना भत्कने नभत्कने भर पर्छ। ‘हामी सबै कुरा ख्याल नगरी एक, दुई कुरा उल्लेख गरेर घर बलियो वा कमजोर भन्छौं, यो गलत हो,’ उनले भने।

उपाध्यायले अहिले एकदमै बलियो भनिएका घर लडेको र कमजोर घर सग्लो रहेको बताए। ‘भूकम्पको आफ्नो नियम छ। हामीले त्यो पालना नगरेकाले यतिधेरै संरचना क्षति भएको हो,’ उनले भने।
उपाध्याय भन्छन, ‘हामी सबैलाई थाहा भएकै हो, उपत्यका पहिला दह थियो। पानी फालेर बनेको यो दहको जमिन कमजोर छ र यसमा मलिलो माटो छ। यसमा माटो र बालुवाको मिश्रण छ।’
उनका अनुसार काठमाडौं उपत्यकाका पुराना सहर यहाँ बग्ने नदीका बगरमा छन्। माथिल्लो बगरका सहर र त्यहाँका संरचना जमिनका कारण बलिया छन्। तल्लो बगरमा बनेका संरचना कमजोर मानिन्छन् । ‘माथिल्लो बगरमा खोलाको धारले समेत काट्न नसकेको जमिन छ,’उपाध्यायले भने।
उनका अनुसार कमजोर मलिलो माटोमा घर बन्न थाले। समथर भूभाग सबैलाई मन पर्योर। कमजोर जमिनमा धमाधम घर बन्न थाल्यो। त्यसैको प्रभाव अहिले देखिएको हो।
महाभूकम्पपछि भूउपग्रहको तस्बिरलाई आधार मानेर तयार गरिएको एउटा विदेशी अध्ययनअनुसार काठमाडौंमा दुई सयभन्दा बढी घर ध्वस्त छन् र एक हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस