पुरातात्त्विक सामान चौरिँदै
१८ वैशाख २०७२
•
९ मिनेट पाठ
पुरातात्त्विक सामान चौरिँदै
काठमाडौं-महाभूकम्प गएकै दिन शनिबार साँझ करिब ४ बजेतिर काष्ठमण्डप नजिकै माझुदेवलको घन्टी लिएर एक विदेशी हिँड्दै थिए। उनी केही पर पुगेको उद्धारमा खटिएको टोलीले थाहा पायो। केहीबेरमा उनलाई सो टोलीले भेट्टायो। अनि उनको झोला खोतल्यो।‘त्यो विदेशीको झोलामा घन्ट भेटियो,' उद्धारमा रहेका स्थानीय गणपतिलाल श्रेष्ठले नागरिकसँग भने, ‘सायद उसको चोर्ने मनस्थिति थिएन। त्यसपछि उनलाई पुलिसले कारबाही गर्ने त्रास दिएपछि हामीलाई बुझाए। अनि हामीले सम्झाएर पठायौं।'
झोला खोतल्दा देवलको घन्टी भेटियो। उनीहरुले आर्मीलाई जिम्मा लगाए। यस्तै घटना उनले भूकम्प गएको छैटौं दिन बिहीबार दिउँसो साढे १२ तिर यस्तै घटना दोहोरियो। करिब आधा भत्किएको नौतले दरबारको अगाडि उद्धारकर्ताकै नजिकैबाट एक व्यक्ति घन्ट नै लिएर भागे। तर उनलाई पक्रन सकिएन।
यी दुई घटनाका साक्षी मात्र उनी हुन्। तर यसरी उद्धारकर्ताको शैलीमा पुगेको र केहीबेरमा नजानिँदो पाराले यस्ता समाग्री चोरी हुनसक्ने उनले चिन्ता गरे। शनिबारदेखि उद्धारमा संलग्न रहेका उनले कतिपय सरोकारवालालाई सजग बनाए।
‘बसन्तपुर मन्दिरका देवलमा थुप्रै यस्ता ससाना घन्ट ऐतिहासिक समयदेखिका छन्,' उनले भने, ‘तर यिनको राम्रो सुरक्षा भएको/नभएकोबारे शंका छ।' श्रेष्ठले यसरी पुराना सामग्री चोरी हुने डरले विभागका महानिर्देशक भेषनारायण दाहाललाई जानकारी दिएको बताए। ‘दाहालले सक्दो प्रयास गर्ने भन्नुभएको छ,' उनले भने, ‘आजदेखि प्रहरीले बसन्तपुर छिर्ने नाकामा कडा सुरक्षासहित सर्वसाधरणलाई प्रवेश गर्नबाट रोकिरहेको छ।'
सुन्धारास्थित नेपाल टेलिकमको सुरक्षार्थ खटिएका एक नेपाली सेनाले पनि ड्युटीको समयमा भत्किएको धरहराका इँटाहरु एकएक गर्दै हेर्न आउनेले झोलामा राख्दै लाने गरेको जानकारी दिए। विसं १९८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बनाएको सो धरहरा कतिपय भत्एिकर दर्जानौंको मृत्यु भएको थियो। अहिले धरहरा आउनेको भीड अत्यधिक रहेको भेटिन्छ। आउने फोटो खिच्ने अनि फिर्ता जानेहरु थुप्रै रहेका हुन्छन्।
‘कतिपय आएको देख्छु, भुइँमा के टिप्छन् भनेको त ती पुराना इँटाका टुक्रा पो लादारैछन्,' नाम राख्न नमिल्ने बताउने ती सेनाले नागरिकसँग भने, ‘त्यस्ता इँटा लगेर के काम छ र भन्या।' देशभर भूकम्पले सयौं जनधनको क्षति तथा कयौं ठाउँमा भौतिक क्षति भइरहेको बेला यस्ता मल्लकालीन र शाहकालीन भवनबाट अमूल्य यस्ता प्राचीन मूति वा अन्य चिज हराउने डर बढिरहेको छ। बसन्तपुर दरवार क्षेत्रका २३ वटा सम्पदा कामै नलाग्ने गरी ध्वस्त भएको विवरण पुरातत्व विभागले पाएको छ। वसन्तपुरमात्र होइन पाटन दरबार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, स्वयम्भू, बौद्ध लगायत ऐतिहासिक ठ्काउमा दर्जर्नौ सम्पदा कामै नलाग्ने गरी विग्रिएको र भत्किएको पाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए।
‘हामीसँग भत्किएका सम्पदाहरुको रेखाचित्र, स्केच र त्यहाँ रहेका समानहरुको सूची रहेको छ। त्यसैले पूनः निर्माण तथा जिर्णेद्धार गर्न ५/७ वर्ष लाग्न सक्छ,' उनले नागरिकसँग भने, ‘तर अहिले रहेका सम्पत्तीहरु चोरी भएमा त पहिचान गुम्ने खतरा हुन्छ नि। त्यसैले चोरी हुन बाट बचाउनुपर्छ।'
उनका अनुसार विभागले अहिले दैनिक चोरी हुनबाट बचाउन अनुरोध र चोर्नेलाई कडा कारवाही हुनसक्ने सूचना जारी गरिरहेको छ। यसबाहेक उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सम्पदा क्षेत्रका प्रमुखहरु, लगयातलाई सुरक्षाका लागि विभागले अनुरोध गरिरहेको उनले बताए।
अहिले विश्वक विभिन्न देशमा नेपाली ऐतिहासिक मूर्ति लायतका ऐतिहासिक बहुमुल्य समानहरु विक्रि भएको समाचार आइरहन्छन्। तर विभागले ती सामाग्र नेपालमा रहेको प्रमाण नरहेका कारण आफुले चाहेर पनि सबै फिर्ता ल्याउन नसकेको उनले बताए। यथपी कतिपय भने नेपालको रहेको प्रमाण देखाएर फिर्ता पनि ल्याइएको उनले बताए।
‘अबका चोरी भएपनि केही समय लाग्ला तर फिर्ता ल्याउने प्रत्येकका प्रमाण हामीसँग छन्। यतिभन्दै सुरक्षा नभएको भन्ने होइन, कतिपय अज्ञानीले मूर्ति बेच्न सक्छन्,' उनले भने, ‘नेपालबाट विदेश पुगेका त्यस्ता मुर्ती २०१३ साल भन्दा पहिले नै विदेश पुगेका हुन्। जसमध्ये केहीको हामीले प्रमाण बुझाएपछि फिर्ता लाएका छौं।' बाहिरिएका मूर्ति फिर्ता गर्न नेपाल पनि युनेस्कोको  ‘वस्तु फिर्ता सम्बन्धी सन् १९७० को सन्धि' को सहभागी राष्ट्र भएकाले सन्धिका सदस्य राष्ट्रले चोरी भएको वस्तु आफ्नो देशको भएको प्रमाण पेस गरेमा फिर्ता पाइने प्रष्ट छ।
प्राचिन स्मारक संरक्षण ऐन २०१३ बनेपछि नेपालका कतिपय मूर्तिहरु चोरी नभएको विभागको दावी छ। ‘ऐन बनेपछि १ सय वर्ष पुराना बस्तुहरु अमूल्यवान हुने ठहर सरकारले गरेको छ। जुन किनबेच गर्न नपाउने प्रावधान ऐनले दिएको छ,' उनले भने, ‘ऐनले नै यसको चोरी भएकालाई पनि कारवाही गर्ने हक दिएको छ।'
‘कसैले साञ्चिकै यो गर्न सक्दैन न सरकार न युनेस्को, त्यसैले सबैले सँगै काम गर्नुपर्छ,' इन्टरनेसनल न्यूयोर्क टाइम्स पत्रिकासँग कुरा गर्दै युनेस्को काठमाडौं प्रमुख क्रिटियन मानहार्टले भनेका छन्, ‘यहाँ हजारौं यस्ता क्षेत्र छन्। हामीले प्रत्येकमा २४ घण्टा प्रहरी तैनाथ गर्न सक्दैनौं। उनीहरु अरु नै कामका लागि आवश्यक छन्। त्यसैले यो असम्भव छ।'
विभागका अनुसा ५८ सालसम्म अमेरिकाबाट ४, बेलायतबाट २० र अस्ट्रियाबाट एक ढुंगा तथा काठका मूर्ति प्राप्त भएका थिए।
युनेस्कोले काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्रका बढी क्षति भएका सम्पदाहरुको विवरण संकलन गर्ने आफ्नो वेवसाइडमा उल्लेख गरेको छ। ‘नेपालको भूकम्पले सस्कृतिक सम्पदाहरुको क्षति भएकोमा म स्तभ्द भएकी छु,' युनेस्कोकी महानिर्देशक इरिना बोकोभाले भनेकी छन्, ‘युनेस्कोले नेपालको यस्तो समयमा सम्पदाहरुको सुरक्षाका लागि आफ्ना विज्ञहरु परिचालन गरिसकेको छ। अहिले युनेस्कोलेे भत्किएका क्षेत्रको गहन क्षतिको मूल्याङकनका लागि अन्तराष्ट्रिय टोलीहरु खटाउने तयारी गरिरहेको छ।'
जसअनुसार उनीहरुको सल्लाह सुझाव र सहयोग गरेर नेपाली सरोकारवालाल ताथ स्थानिय समुदायले सम्पदा बचाउन र संरक्षण गर्न सहयोग पुग्ने उनले बताएकी छन्।


अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस