काठमाडौं—महाभूकम्पमा परेका पीडितलाई उद्धार कार्यमा सक्रिय विभिन्न संघसंस्थाको रकम खोसेर राज्यको ढुकुटीमा जम्मा गरिने भएको छ। त्यस्ता संघसंस्थाले बैंकहरुमा जम्मा पारेको रकम ट्रान्सफर गरी प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा पार्न नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर गरेको छ।

राष्ट्र बैैंकको सर्कुलर
'महाभूकम्पले राष्ट्रलाई परेको संकटका कारण पीडित सर्वसाधारणलाई राहत उपलब्ध गराउन विभिन्न संघसंस्थाले खाता खोली राहत संकलन गर्ने गरेको सम्बन्धमा यसरी खोलिएका संघसंस्थाका खाताहरु इयरमार्क गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्र रकमान्तर हुने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ', राष्ट्र बैकको सर्कुलरमा भनिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री रामशरण महतले गरेको प्रस्तावमा सरकारले यो निर्णय गरेको हो। सरकारको ढिलासुस्ती र मन्त्रीहरुको भ्रस्ट छविका कारण पछिल्लो समयमा नागरिकस्तरबाट सरकारी राहत कोषमा पैसा जम्मा हुने रकम कम्रशः घट्दै गएको सन्दर्भमा यो निर्णय आएको छ। सरकारी कोषमा ४ दिनमा नागरिक स्तरबाट १५ करोड रुपैयाँ मात्र जम्मा हुनुले यही संकेत गर्दछ। पछिल्लो समय नागरिक पहलमै सहयोग सामग्री पीडित समक्ष पुर्याउनेहरु बढ्दै छन्।
राष्ट्र बैंकको निर्णयले उद्धारमा सक्रिय निजी तथा संघसंस्थाहरुले बैंक खातामा राखेको रकम दैनिक रुपमा प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा हुनेछ। राष्ट्रबैकका कार्यकारी निर्देशक मोहनकुमार श्रेष्ठले हस्ताक्षर गरेको सर्कुलरमा राहत संकलनका लागि खाता खोल्नेहरुको विवरण र खाता नम्बर दैनिक रुपमा राष्ट्र बैंकलाई पठाउन निर्देशन दिइएको छ।
सरकारसँग प्रकोप व्यवस्थापनप्रति अलिकति तत्परता थियो भने शनिबारदेखि लाखौं जनताले खुला आकासमुनि रात बिताउनु पर्दैनथ्यो। भूकम्प लगत्तै टुँडिखेलमा पाल हाल्न नसक्ने सरकारले अमुक कानुनको हवाला दिएर अहिले सिटामोल किन्नेहरुको पैसा खोस्नु भूकम्पपीडितहरुप्रति घोर अन्याय हो। सरकारको यो निर्णयले अहोरात्र खटेर व्यक्तिगत तथा निजी स्तरबाट भूकम्प पीडितको घाउमा मल्हम लगाइरहेकाहरुलाई हतोत्सी पार्नेछ। महाभूकम्पपछि उद्धार र राहतमा असफल देखिएको सरकारको यो निर्णय हतास भएर आएको देखिन्छ।
कल्याणकारी राज्यको भावनाअनुरुप सरकारी क्रियाकलाप भएका भए पक्कै पनि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषलाई रकम जुटाउन यस्तो अलोकप्रिय निर्णय गर्नुपर्ने अवस्था आउने थिएन। प्रधानमन्त्री कोषले अहिलेसम्म जनताको मन जित्नै एउटा काम गर्न सकेन। दाताहरुको गुनासो छः प्रधानमन्त्री उद्धार कोषमा जम्मा गर्यो मन्त्रीले हेलिकोप्टर उडाएर पैसा सिध्याउँछन्, पाउनुपर्नेका हातमा राहत पुग्दैन, भ्रस्ट्रचारको खतरा उच्च छ। यो स्थिति आइसक्दा पनि सरकारका मन्त्रीहरु राज्यसँग नागरिकको मन जोड्ने काम गर्नुको सट्टा अझ भ्रस्ट्राचारको मार्गप्रशस्त गर्नतर्फ लागिरहेका छन्।
कल्याणकारी कार्यमा सरकारी तत्परता चुस्त देखिएको भए प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषप्रति नागरिकको भरोसा यो हदसम्म गिर्दैनथ्यो। 'संकटग्रस्त' अवस्थाको हवाला दिएर रकम हत्याउन चाहने सरकारी निर्णय स्वभाविक मान्न सकिँदैन। यसले पीडितका लागि आउन लागेको रकम रोकिने खतरा बढाउनेछ। एकातिर सरकार केही नदिने, भूकम्पको भयले लुकेर बस्ने अर्कोतिर जो दाताहरु छन्, उद्धारमा सक्रिय छन् उनीहरुको हात बाँध्ने सरकारी निर्णय आपत्तिजनक छ। यो भूकम्पपीडितप्रति राज्यले छर्केको नुनचुक हो।
प्रधानमन्त्री सुशील कोइरालाज्यू भूकम्प पीडितलाई उद्धार गर्न तपाइँको सरकारका कुन मन्त्रीले कुन ठाउँमा नेतृत्व लिए? भ्रस्ट्रचारको गन्धले ढुङ्ढुङ्ती गन्हाएका मन्त्रीको कुटिल चाललाई सरकारको निर्देशन नबनाइयोस्। भूकम्प पीडितमाथि नुनचुक नथपियोस्। प्रधानमन्त्री समक्ष मेरो आग्रह छ: गन्हाएका मन्त्रीहरुको मात्र हैन सिन्धुपाल्चोकका जनताको आवाज पनि सुन्नुहोस्! उपल्लो गोरखाका जनतालाई पनि सोध्नुहोस् : उद्धारकर्ताको रकम खोस्दा के असर पर्छ?

राज्यलाई नागरिकसँग जोड