सिन्धुपाल्चोक- 'खान नपाएर मर्न लागे सर, चौपायाको दुर्गन्धले पनि मरेतुल्य बनाएको छ'
सिन्धुपाल्चोक जल्केनी पुग्दा राजकुमार गिरी आफ्नो पीडा यसरी बताउँदै थिएँ। ठूलो सिरुबारीदेखि जल्केनी सडकमा केही राहत पाइन्छ कि भनेर ढुकेर बसेका उनले एक छाक खानसमेत नपाएको बताए। केही राहत लिन सकिन्छ कि भन्दै चौतरा जाने मुख्य सडकमा उनीजस्तै युवाहरु राहत ढुरेर बसेका छन्।त्यही बेला दुई ट्रक नेपाली सेना, एक ट्रक सशस्त्र प्रहरी र सेभ दी चिल्ड्रेनको गाडी आयो। चौतरा जान हिँडेका ती गाडीहरु उनीहरुले त्यहीँ रोके। राहत नदिएसम्म गाडी पास नगर्ने उनीहरुले प्रण गरे। 'घरघरका शव आफैं निकाल्यौं, छैटौं दिनमा सेना प्रहरी नाक थुन्दै आउँछन्। उद्धार गर्न आएको रे! खोइ गनाएको ठाउँको शव निकालेको,' राजकुमारले प्रश्न गरे। उनीहरुले सरकारलाई सेना र प्रहरीभन्दा पनि राहत पठाइदिन आग्रह गरे। 'हामीलाई सुत्नको लागि पाल चाहिएको छ। खानेकुरा चाहिएको छ,' उनले भने, 'विन्ती हामीलाई सेना प्रहरी होइन, राहत पठाइदेऊ!'
सिरुबारीको हालतजस्तै अरनी राजमार्ग आसपासका गाउँमा पनि देखियो। बलेफी, लामोसाँघु, बाह्रबिसेजस्ता राजमार्गका मुख्य बजार नै ध्वस्त भएका छन्। हजारौं घरपरिवार खुला आकाशमुनि बस्नुपरेको छ। न यहाँ सरकारको उपस्थिति देखिएको छ, न कुनै संघसंस्थाकै। खान, बस्न र ओढ्न केही नभएको लामोसाँघुका भूकम्पपीडित बिपिनकुमार चौधरीले बताए। वर्षा आउँदा भिजेर बस्नुपरेको उनले बताए।
त्यस्तै आफ्नो अवस्था निकै नाजुक भएको राजकुमार बुढाथोकीले बताए। उनले राजधानीदेखि दुई घन्टाको बाटोमा पर्ने लामो साँघुमा कोही नआउँदा खिन्न माने। 'काठमाडौंदेखि दुई घन्टामा लामोसाँघु पुग्न सकिन्छ। तर खोइ अहिलेसम्म न सरकारको उपस्थिति छ, न कुनै संघसंस्थाकै। पार्टीका नेताहरु झण्डा बोकेर आउने गरेको उनले बताए। त्यस्ता नेताहरुलाई झन्डा नभएर राहत बोकर आउन उनले आग्रह गरे। राहत पीडितले पाउनुपर्नेमा नेताहरुले आफ्ना पिछलग्गुहरुलाई बाँडेको सुन्दा उनी दुखित छन्। 'यस्तो पीडाको बेला पनि नेताहरु भोकसँग राजनीति गर्देछन्। धिक्कार छ त्यस्ता नेताहरुप्रति,' उनले भने
'धेरै गाउँको अवस्था अज्ञात'
बाह्रबिसेका प्रहरी निरीक्षक मन्जिल गुरुङका अनुसार बाह्रबिसेदेखि तातोपानीसम्मको नाका अवरुद्ध हुँदा त्यस वरपरका गाउँहरुसँगको सम्पर्क अज्ञात भएको छ । त्यस वरपर ठूलो मात्रामा हाताहात भएको हुनसक्ने अनुमान मुकारुङको छ । 'बाह्रबिसेमाथिको अवस्था नाजुक छ । हाम्रो टोली सखुवासम्म पुगेका छ । नयाँ पुलतिर एउटा टोली मुभ गरेको छ । उहाँहरुले दिएको जानकारी अनुसार त्यहाँ अझै पनि लास पुरिएको र पहिरोका कारण गाडीहरु थिचिएका छन्,' प्रहरी निरीक्षक मन्जिलले बताए ।
उनका अनुसार ६ गाविसबाटमात्र एक सय ८० जनाको शव फेला परेको छ भने शव भेटिने क्रम जारी छ ।