होली पर्व: हराउँदै मौलिक संस्कृति
०२ चैत्र २०७८
•
४ मिनेट पाठ
होली पर्व: हराउँदै मौलिक संस्कृति
होली पर्वलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्छ। पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएतापनि अहिले भने होली पर्वको नाममा परम्रागत मौलिकपन, संस्कृति हराउँदै आधुनिकताको नाममा देखासिकी र वनावटीपन  बढेको गुनासो गरिएको छ।




समय अनुसार होलीको महत्व बढेकोले आधुनिकतासँगै यसको मौलिकतालाई ख्याल गर्नुपर्ने आवाज पनि उठेको छ। यो पर्व कतिपय अवस्थामा मित्रताको ठाउँमा झै झगडाको कारण बनेको छ भने सामाजिक एकताको ठाउँमा अहङ्कारपन देखिएको छ। यसले होली पर्व मनाउने नाममा सामाजिक सद्भावमा पनि नराम्रो असर सिर्जना हुन थालेको छ।

गाउँघरमा बढ्दो पश्चिमी आधुनिकताको प्रभावले फागुपूर्णिमा पर्वको परम्परागत महत्व, रौनकता हराउँदै जान थालेको गुनासो बढेको छ। आधुनिकताको बढ्दो प्रभाव र पाश्चात्य ढङ्गका रीतिरिवाज, संस्कृतिले नेपाली मौलिक संस्कृति होली पर्वको मौलिकता नै हराउन पुगेको छ।

हिजोआज होली पर्व मनाउने निहुँमा समाजमा उच्छृङ्खलता बढ्दै गएको बताउँछिन्, पाल्पा रामपुरका ज्येष्ठ महिला सदस्य सरस्वती डोटेल। 'होली मनाउने निहुँमा समाजमा तडकभडक बढेको छ, जथाभावी रुपमा ईच्छा विपरीत रङ्ग लगाउने, लोला हान्ने, अण्डा हान्ने जस्ता प्रवृत्ति समाजमा व्याप्त हुँदै गएको छ, संस्कृित मनाउने निहुँमा तडकभडक हुनुहुँदैन, यस्ता विकृति गर्नेमाथि सम्बन्धित निकायले कारबाही गर्नुपर्छ”, उनले भनिन्।

बाल्यकालमा सामाजिक कार्यका लागि संस्कृतिलाई निरन्तरता दिँदै होली खेल्ने गरेको उनले बताइन्। उनी भन्छिन्, 'पहिला होली खेलेर जम्मा गरेको चामल, पैसा गाउँमा उपचार गर्न नपाएका गरिब परिवार, विद्यालयमा कापी कलम किन्न नसक्ने, शिक्षण शुल्क बुझाउन नसक्नेलाई सहयोस्वरुप सबै मिलेर रङग रमाइलोसहित होली खेल्ने गथ्र्यौ', होली मनाउने शैली परिवर्तन भए पनि मूल्यमान्यता परिवर्तन नभएको सर्जक बादल घिमिरे बताउँछन्।

समयानुसार संस्कृतिमा केही परिवर्तन हुँदै गए पनि होलीको महत्व झन् बढ्दै गएको उनको भनाइ छ। 'संस्कृति मनाउने क्रममा समयानुसार नयाँ नयाँ प्रविधि भित्रियो, त्यसैलाई अवलम्बन गरेर मनाउन थालियो, पुरानो मौलिकताको तुलनामा केही परिवर्तन भए पनि होलीको महत्व सहरबजारमा उत्तिकै बढ्दै गएको छ', सर्जक घिमिरेले भने।

खैजडीँ र मादलको तालमा ठट्यौली गीत गाउँदै होली खेल्ने गरे पनि अहिले भने यसरी खेल्ने चलन गाउँमा नभएको सर्जक घिमिरेले अनुभव सुनाए। होली खेल्ने क्रममा गाउँमा एकै घरमा दुई समूह भेट भएमा रातभर दोहोरीमा होली गाउने र नाच्ने, अन्तिममा जसले जित्यो, उसैले चामल पैसा लिएर जाने चलन पनि थियो। होली मनाउने क्रममा समाजमा विकृति विसङ्गति बढेको पाकापुस्ताको ठम्याइ छ भने युवापुस्ताले भने समयानुसार प्रविधिको भरपुर प्रयोग गरेर चाडपर्वलाई उत्सवका रुपमा मनाउनुपर्ने बताउँछन्।

रङ्ग दलेर साथीभाइ, आफन्त, घरपरिवारसँग रमाइलो गरी अहिले भित्रिएका आधुनिक प्रविधिको सही सदुपयोग गर्दै मनाउनुपर्ने युवा दीपेन्द्र भट्टराईको भनाइ छ। पहिलेका होलीमा गाउँघरमा खैजडीँ, मादल बजाएर गीत गाएर नाच्ने चलन थियो। अहिले ठूला–ठूला साउण्ड सिस्टम, युट्युब, मेमोरीकार्डको माध्यमबाट नाच्ने चलन छ। यसले गर्दा पनि परम्परागत शैलीमा गाउँने र नाच्ने चलन गाउँघरमा हिजोआज देख्न पाइदैन।

होली आउनु एक दुई दिन अगाडि नै खँैजडी, मादल, झ्यालीलगायतका विभिन्न परम्परागत बाद्यबादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाइने गरिन्थ्यो। अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ। रेकर्ड गरिएका क्यासेट गीत, मेमोरी, पेनडाईभलगायत विभिन्न प्रविधिको प्रयोग गरी रङग रमाइलोका लागि मात्र नाच्ने गरिन्छ।

यस पर्वलाई विशेष गरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङग खेलेर धुमधामका साथ मनाइन्छ। परम्परागत संस्कृतिको महत्व, महिमाको प्रचारप्रसार नहुँदा पनि मौलिक संस्कृति धरापमा परेका छन्। होलीको दिन समूहमा वनभोज जाने चलन बढ्दै गएको छ। खानपान पनि खर्चिलो गरेर होली मनाउने देखासिकी उत्तिकै बढेको पाइन्छ। कतिपय ठाउँमा होली मनाउने क्रममा मादकपदार्थ सेवन गरेर होहल्ला गर्ने भेटिन्छन्।

लोक संस्कृितको क्षेत्रमा रम्ने र रमाउनेलाई सम्बन्धित निकायले हौसला, उत्प्रेरणा दिने, कला सीपको प्रवद्र्धन गरेको खण्डमा मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ। नयाँ पुस्तालाई पनि मौलिक संस्कृतिको बारेमा खोज अनुसन्धानमा लाग्ने वातावरण सम्बन्धित स्थानीय तहले गर्न सक्यो भने मौलिक संस्कृतिको जगेर्ना गर्न सकिन्छ।

यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ। होली रङ्गको चाड हो। होलीको दिन मानिसले एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक अर्कालाई रङ्गिन बनाउछन्। होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ। होली खेल्ने दिन भन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ।

साना–साना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन्। युवायुवती गीत गाउँदै–नाच्दै होली खेल्छन्। होली पर्व घरपरिवार–साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुपूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका बालबालिका, युवायुवती तथा प्रौढहरुका समूह हातमा रङ र रङगीन झोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र हो–हल्ला गर्दै आपसी रिसइबीलाई विर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रुपमा लिइन्छ। रासस
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४१ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस