‘भरपर्दा' सरकारी अस्पताल
१९ वैशाख २०७२
•
१३ मिनेट पाठ
‘भरपर्दा' सरकारी अस्पताल
काठमाडौं-वीर अस्पतालका निर्देशक डा. स्वयमप्रकाश पण्डित सोमबारसम्म घरायसी बिदामा थिए। शनिबार त्रिभुवन पार्कको नयाँवर्षे भेला सकाएर घर फर्किंदै थिए। गुर्जुधारा पुग्नै लाग्दा एक्कासि जमिन हल्लिन थाल्यो।एकाएक उनको विचार मोडियो। उनले आफ्नो जिम्मेवारी र अस्पतालको जीर्ण भवन सम्भि्कए। उनको गाडी घर नपुगी सोझै वीर अस्पतालतर्फ मोडियोे। फर्केर कलंकी हुँदै टेकु आइपुग्दा उनले भूकम्पको थप धक्का सामना गर्नुपर्योल। उनी नरोकिइ सुन्धारासम्म पुगे। देब्रेपट्टि धरहरातिरबाट बुङबुङती धुलो उडिरहेको थियो। गाडी झ्याप्प रोकियो। प्रहरीले जान दिएन।
गाडी त्यहीँ छोडेर उनी सरासर वीरअस्पतालतिर लागे। अस्पतालको आँगन र सडक दर्जनौं घाइतेले भरिइसकेको थियो। वार्डमा भर्ना गरिएका बिरामीसमेत अस्पताल छाडेर आँगनमा निस्किसकेका थिए। शनिबारको दिन अस्पतालमा ओपिडी चल्दैन, नियमित ड्युटीमा रहेका रेजिडेन्ट डाक्टर र केही स्वास्थ्यकर्मी उपचारमा जुटेका थिए तर घाइतेको चापलाई थेग्नसक्ने अवस्था थिएन। घाइते ओइरिएको ओइरियै थिए।

goverment h1
चिकित्सकीय सेवामा कार्यरत कमैमात्रले सामना गरेको यो बिरामीको हुललाई कसरी व्यवस्थापन गर्ने कुनै तयारी हुन पाएन। ‘सुरुमा त मैले केही सोच्नै सकिन, जताततै रगताम्य घाइते छट्पटाइरहेका थिए,' डा. पण्डितले नागरिकसँग भने, ‘पछि विभागीय प्रमुख सबैलाई बोलाउन आग्रह गरेँ।' बरु बिरामी र घाइते टुँडिखेल जान चाहन्थे तर पुरानो भवनमा जानै मानेनन्।
विस्तारै वरपरका चिकित्सक र स्वस्थ्यकर्मी आउन थाले। सबैभन्दा पहिला गम्भीर शल्यक्रियाका लागि एनेस्थेसिया, भेन्टिलेटर र सर्जनको टिम आवश्यक पर्थ्यो। यस्ता टिमलाई खबर गर्दै गए उनले।
स्थानीय र विभिन्न संघ–संस्थाका युवाले स्वतःस्फूर्त रूपमा घाइतेको वर्गीकरण र व्यवस्थापनमा सघाए। देशकै पुरानो अस्पताल वीरमा लगातार गइरहेको भूकम्पको बीचमा शल्यकक्षमा सेवा दिनसक्ने अवस्था रहेन। सँगैको ट्रमा सेन्टरमा एउटामात्रै शल्यक्रिया सञ्चालन भइरहेको थियो। 
‘हामीले हतारहतार बाहिर रहेका बिरामीलाई भवन राम्रो छ भन्दै ट्रमामा लान थाल्यांै,' उनले भने, ‘तत्काल शल्यक्रिया नगरी नहुने आठजनालाई सोही रात ट्रमाकै शल्यक्रिया कक्षमा सेवा दियौं।'
गत माघ १८ गतेदेखि जेनतेन सञ्चालनमा आएको आधुनिक मोडलमा निर्मित र बलियो मानिएको २ सय शऒ्ढयाको ट्रमामा मुस्किलले २२ शऒ्ढया र ६ मध्ये एकमात्र शल्यक्रिया कक्ष सञ्चालनमा थियो। त्यही दिन झन्डै सातसय घाइते आए। सामान्य घाइतेको रेकर्ड राख्नुभन्दा उपचार गर्दै बाटैबाट फर्काइयो।
दोस्रो दिन अपरेसन गर्नुपर्ने बिरामीको सूची ज्यादै लामो भइसकेको थियो। दोहोरिरहेको धक्काले भवन हल्लाइरहेको थियो। अस्पताल प्रशासनले ट्रमाका सञ्चालनमा नआएका बाँकी ५ वटा शल्यक्रिया कक्ष तत्काल सञ्चालन तयारी गर्न थाल्यो।

governmenth3
‘ओटीलाइट, एनेस्थेसिया मेसिन, भेन्टिलेटर रातारात जोहो गर्न थालियो, त्यसपछि मात्र अपराह्नदेखि थप पाँच ओटी सञ्चालनमा ल्यायौं,' उनले भने, ‘दुईसय विशेषज्ञ र तीनसयभन्दा बढी रेजिडेन्ट डाक्टर हामीसँग थिए। त्यसको पूर्ण क्षमता उपचारमा लाग्यो।'
वीरमा आएका घाइतेलाई अवस्था हेरेर हरियो, पहँेलो र रातो क्षेत्रमा राखियो। जसले क्रमशः खतरामुक्त, खतरायुक्त र गम्भीर अवस्थाका बिरामीको संकेत बन्यो। बिरामीले अवस्थाअनुसार उपचारमा प्रथामिकता पाउँदै गए। ‘यसले अस्पताल ल्याइपुर्या एपछि हुने मृत्यु घटाउन निकै मद्दत गर्यो ,' डा. पण्डितले भने।
चिकित्सक र स्वस्थ्यकर्मीको समूहमात्र होइन, अविच्छिन्न स्वस्थ्य सेवाका लागि अस्पतालको सिंगो टिम उत्तिकै साथ रह्यो। पानीको अभाव आर्मी र प्रहरीले पूरा गरिदिए। बिरामी र चिकित्सकलाई समेत विभिन्न गैरसरकारी संस्थाका स्वयंसेवकले खाना खुवाए।
‘अस्पतालमा आवश्यक पर्ने चामल र तरकारीसमेत आयो, ट्रमाको भवन नभएको भए यो विपतमा वीरको साख जोगिन्नथ्यो,' पण्डितले शुक्रबार भने, ‘अहिले ट्रमाको पूरै शऒ्ढया सञ्चालनमा आयो।' शुक्रबारसम्म ट्रमामा ५८ वटा मेजर अपरेसन भइसकेको छ। हजारभन्दा बढी बिरामीले सेवा पाइसके। 
...
अर्को ठूलो अस्पताल त्रिवि शिक्षण अस्पतालको अवस्था पनि महाभूकम्पको पहिलो दिनमा उस्तै थियो। ड्युटीमा न्यून चिकित्सक र नर्समात्र थिए। भूकम्पको पहिलो धक्का शान्त भएको केहीबेरमै दर्जनौं घाइते अस्पताल आइसकेका थिए।
अस्पतालका निर्देशक डा. दीपक महरा भने धापासीस्थित घरमै थिए। घरपरिवारलाई सम्हालेर विभागीय प्रमुखलाई फोन गर्दै उनी अस्पताल पुग्दा अस्पताल परिसरमा एमबिबिएस विद्यार्थी, रेजिडेन्ट डाक्टरलगायत अन्य फ्याकल्टीका विद्यार्थी बिरामीको सेवामा जुटिसकेका थिए।
उनले तत्काल एनेस्थेसियोलोजिस्ट र सर्जन बोलाए। शिक्षणले पनि घाइतेलाई अवस्थाका आधारमा हरियो, पहेँलो र रातोमा वर्गीकरण गर्योश। कम जोखिम भएकालाई अस्पतालको चौरमै राख्यो। त्यसपछिकालाई अस्पताल टिकट काउन्टरअगाडि र गम्भीर घाइतेलाई काउन्टरभित्रको प्यासेजमा राखेर उपचार थालियो।
‘जनशक्ति र ठाउँको अभाव बिस्तारै व्यवस्थापन गर्दै गयौं,' उनले भने, ‘तर गम्भीर घाइतेलाई रगत भएन। अस्पतालमा रहेको ब्लड बैंकमा २५ देखि ३० पोकाभन्दा रगत थिएन। कयौं घाइते तत्काल रगत नपाएर मर्ने अवस्थामा थिए। अस्पताल प्रशासनले पुराना रक्तदाताको लिस्ट निकाल्यो र भटाभट फोन गरेर बोलायो। भोलिपल्ट (आइतबार) रक्तदातको भीड थेगिनसक्नु भयो।'
डा. महराका अनुसार त्यसपछि ५ देखि ६ सय पिन्ट रगत जम्मा भयो। आइतबार बिहानै उनले सम्पूर्ण विभागीय प्रमुखको बैठक बोलाए। नियमित ओपिडी र शल्यक्रिया बन्द गराए। सबै ओटीमा भूकम्पका घाइतेको उपचार सुरु गरे।
फिजिसियन, गाइनोजस्ता विधाका चिकित्सकले बिरामीको गम्भीर अवस्थालाई हेर्दै तत्काल शल्यक्रिया गर्नुपर्नेको सूची बनाए। शल्यक्रियाका लागि ढिलाइ गरे पनि फरक नपर्नेका लागि पर्खाइमा राखे। भूकम्पअगावै अपरेसनको पर्खाइमा रहेकालाई डिस्चार्ज गरियो। अपरेसन गरेर केही दिनपछि डिस्चार्जको लिस्टमा रहेकालाई पनि अस्पतालले डिस्चार्ज गर्योन।
‘यसले गर्दा थुप्रै बेड खाली भए, त्यसपछि भटाभट अपरेसन सुरु भयो, पहिलो रात नै २४ वटा मेजर अपरेसन भए,' उनले भने, ‘शुक्रबारसम्म १ सय ५० वटा यस्ता अपरेसन भइसके र ५५ अझै बाँकी छन्।'
धेरै विषयको पढाइ हुने चिकित्साशास्त्र अध्ययन संस्थानमा स्वास्थ्य विषय नै पढेका सयौं स्वयंसेवक खटिए। ती स्वयंसेवकले प्रयोगशाला जाँच, दिसापिसाब नमूना संकलन, ड्रेसिङ र खान/बस्नको प्रबन्ध मिलाए।
महराका अनुसार दोस्रो दिनदेखि नै स्वयंसेवक दर्ता थालिएकोमा तेस्रो दिन ‘पुग्यो' भन्ने अवस्था आयो। शुक्रबारसम्म यसरी नै सञ्चालन भइरहेको छ।
...
अर्को तेस्रो ठूलो अस्पताल पाटनका निर्देशक डा. पवन शर्मा चप्पल लगाएरै साइकलबाट अस्पताल पुगेका थिए। बाटैमा अस्पतालमा थेगिनसक्नु बिरामीको चाप आएको जानकारी उनले पाएका थिए। सकेसम्म उपचार सेवा दिनू भन्दै उनी अस्पतालतिर लागे।
उनी पुग्दा भित्र भएका बिरामीसमेत भवन भत्किने डरले बाहिर निस्केका थिए। उनले अस्पताल परिसरमै ४० शऒ्ढया राखेर उपचार सुरु गराए।
‘शल्यक्रिया गर्नुपर्नेबाहेक अन्यलाई अस्पताल परिसरकै बेडमा सुत्केरी गराउन थाल्यौं,' उनले भने, ‘भोलिपल्टदेखि पूर्णरुपमा टिम परिचालन गरेर सेवा सुरु गर्यौं ।' महाभूकम्पको भोलिपल्टदेखि अस्पतालले नजिकैको फुटबल मैदानमा अर्को आपतकालीन फिल्ड अस्पताल बनाएर सेवा दियो।
अस्पतालले शुक्रबारसम्म एक हजारभन्दा बढीलाई सेवा दिइसकेको छ। ५० जनाको मेजर शल्यक्रिया गरिसकेको छ भने अझै १ सय ५० शल्यक्रियाको पर्खाइमा छन्।
...
बढी राजनीतीकरण, कमजोर व्यवस्थापन र चिकित्सकले कम समय दिने कारणले जर्जर बनेका सरकारी अस्पताल विपतका बेला भने प्रभावकारी सेवामा जुटे। केन्द्रीय अस्पतालमात्र होइन, दुर्गम जिल्लाका कमजोर पूर्वाधार भएका सरकारी अस्पतालसमेत विपत्तिका बेला ठूला भरोसा बने।
केही वर्षअगाडि सञ्चालनमा आएको निजामती कर्मचारी अस्पताल एक्लैले २२ सयभन्दा बढीलाई उपचार सेवा पुर्या्एको सरकारको तथ्यांक छ। अघिपछि सर्वसाधारणको पहुँचमा नभएका नेपाल आर्मी र नेपाल प्रहरी अस्पताल पनि सयौं घाइतेका भरोसा बने।
भक्तपुर जिल्ला अस्पतालले २ हजार २ सय ५८, नुवाकोट जिल्ला अस्पतालले २ हजार ५ सय, सिन्धुपाल्चोक जिल्ला अस्पतालले १ हजार २ सय र रसुवा जिल्ला अस्पतालले ७ सय ५० घाइतेको उपचार गराएको सरकारी तथ्यांक छ। बढी प्रभावित ११ जिल्लाका अस्पतालमा सरकारले केन्द्रबाट विशेषज्ञसहितको टोलीसमेत पठाएर सरकारी स्वास्थ सेवालाई विपतका बेला प्रभावकारी बनाएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस