काठमाडौं-माथि पहाडबाट लगातार पहिरो गइरहेको थियो। बन्दुकबाट छुटेको गोलीजस्तै स्पिडमा आएका ढुंगालाई छेल्दै बस्नुपर्थ्यो। त्यही बेला अर्को पीडा थपियो। सिन्धुपाल्चोक, भोटेकोसीको पानी एकाएक बढ्दै गयो। बाढीले बगाउने हो कि पहिरोले पुर्ने हो, दुवैलाई छल्न नसक्ने अवस्थामा थिए, सुशील पौडेल। भूकम्पको धक्काबाट बच्न भाग्दाभग्दै पहिरोको ढुंगा उनको खुट्टामाथि बजि्रयो। उनी हिँड्न सक्ने अवस्थामै रहेनन्।भूकम्पको फन्दामा परेका पौडेल पाँच दिनपछि काठमाडौं वीर अस्पतालमा आएपछि अलिकति मुस्कुराए। भार प्रेषण केन्द्र, स्युचाटारमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर पौडलेले मृत्युसँग लडेको अनुभव सुनाउँदै भने, ‘मृत्युलाई पलपल कुरेर बसियो।'
शनिबार बिदा मनाउने र सिन्धुपाल्चोकको भैरवकुण्ड पावर हाउस घुम्ने योजना थियो उनको। योजनाअनुसार शुक्रबारको ड्युटी सकाए। अरू प्रोजेक्टमा काम गर्ने साथीहरूको आफ्नो गाडी थियो। त्यही गाडी चढेर छ जना शुक्रबार नै सिन्धुपाल्चोकतिर लागे।
शनिबार बिहानै उनी साथीहरूसँग तातोपानीमा नुहाउन गए। नुहाएर फ्रेस हँुदै बाटोमा पर्ने भैरवकुण्ड हाइड्रो पावर घुम्न गए। सबै काम सकेर नौकिलो भन्ने ठाउँको होटलमा पुग्दा ११ बजेको थियो। खाना तयार थियो। खान खाईवरी होटलको आँगनमा हात पुछ्दै उभिएका थिए। एक्कासि जमिन हल्लियो। होटल थर्थराउन थाल्यो। ठूल्ठुला पहाडको फेदमा थियो होटल। वरपरबाट ढुंगा बुरुरु झर्न थाले। हेर्दाहेर्दै पहिरोले गाडी पुरिसकेको थियो। ‘साथीले भनेको मानेर गाडीमै बसेर कुर्न थालेको भए हामी त्यहीँ पुरिने रहेछौं,' उनले सुनाए।
गाउँलेहरू हारगुहार गर्दै चिच्याउन थाले। ढुंगा झर्नेक्रम रोकिएको थिएन। अलिकति तल झर्दा भोटेकोसी बगरमा पुगिन्थ्यो। भूकम्पपछिको पहिरोबाट बच्न त्यही बगर उपयुक्त थियो।
होटलमा जम्मा भएका सबै जना ज्यान जोगाउन त्यही बगरमा दौडिए। दौडँदादौडँदै झरिरहेको ढुंगो पौडेलको देब्रे खुट्टामा बजि्रयो। खुट्टा लतार्दै कसोकसो तल पुगे। सम्झे— ढुंगा टाउकोमा लागेको भए!
गाउँलेहरू हारगुहार मागिरहेका थिए। सबै बगरमै थुप्रिन आइपुगे। यो ठाउँ राजमार्गको दायाँबायाँ छरिएर रहेको बस्ती हो। त्यहाँका झन्डै ९० प्रतिशत घर भत्किएको पौडेल सुनाउँछन्। कोदारी नाका भएकाले यो क्षेत्र पहिलेदेखिको चलेको ठाउँ हो।
भूकम्पले सबैभन्दा धेरै प्रभाव पारेको उनीहरूभन्दा माथिको लिपी भन्ने ठाउँ थियो। त्यहाँ कुनै पनि घर र मान्छे सद्दे छैनन् भन्ने खबर उनीहरूले पाइहाले।
त्यस बेलासम्म हाइवेमा गुडिरहेका र राखिएका गाडीहरू पुरिइसकेका थिए। गाडीमा भएका ड्राइभर, खलासी, अन्य यात्रु पहिरोमै छोपिए।
त्यसरी पहिरोमा पर्नेहरू शनिबारको दिन बिदा मनाउन जानेहरू धेरै थिए। तातोपानीमा नुहाउने, रमाइलो गर्ने नेपाली–विदेशीको समूह थियो। हाइवेछेउका घरहरू अहिले ध्वस्त छन्। त्यसभन्दा तलका केही मात्रामा बचेका छन्।
भोटेकोसीपारि जाँदा अझ सुरक्षित भइन्थ्यो। कोही नदीपारि जान थाले। ‘हामीसँग गएका तीन जना साथीहरू पनि पारि लागे,' पौडेलले सुनाए।
भूकम्प अलि मत्थर भएजस्तो भयो। खतरा मोलेर भए पनि साथीले बोकेर उनलाई पावर हाउस पुर्या ए। लार्चामा रहेको उक्त पावर हाउस वरिपरि गाडीहरू पार्किङमा थिए। तिनीहरूका सिसा पनि सद्दे थिएनन्। भैरवकुण्ड पावर हाउसको पाइप फुटेर पानीको फोहोरा छुटिरहेको थियो। नजिकैको चौकी ध्वस्त थियो। ड्युटीमा रहेका एक हवल्दार, इन्स्पेक्टर पनि घाइते थिए। उनीहरू हतियार थन्काएर सुरक्षित ठाउँ खोज्दै थिए। त्यहाँभन्दा १५ मिनेटअगाडि सुक्खा बन्दरगाह छ। चीनको सहयोगमा बन्दै गरेको उक्त बन्दरगाहतिर उनीहरू अघि बढे। उनी भने कतै जान सकेनन्।
केही समयपछि भोटेकोसी बढेर आयो। पावर हाउस क्षति भएर बन्द भएपछि पानी खोलातिर सोझिएको रहेछ। भूकम्पको त्रासमा रहेका उनीहरूलाई फेरि अर्को डर थपियो। ‘माथि रहेको भोटेकोसीको ड्याम कतिखेर फुट्छ भन्ने भयो,' पौडेलले त्यो क्षणलाई सम्भि्कए, ‘माथि जाऊँ पहिरोको डर, तल बसूँ बाढी आएर बगाउला भन्ने डर।'
पावर हाउस नजिकै सडकमा पुलिसको भ्यान थियो। पुलिसहरू गाडी छोडेर भागेका थिए। ‘हामीलाई सबैभन्दा सुरक्षित ठाउँ त्यही लाग्यो,' उनले भने। उनका पाँच जना साथीहरू भ्यानको अगाडि बसे। पाँच–सात जना स्थानीय पछाडि बसे।
भूकम्प गएपछि सबैभन्दा ठूलो समस्या सञ्चार सम्पर्क हुन सकेन। मोबाइलको टावर टिप्नै छोड्यो।
आइतबार बिहान अपरेटर रमेश र अर्का एक जना छुटेका साथीहरूलाई खोज्न गए। पौडेल र नवीन त्यहीँ बसे। खोलापारि गएका तीन जना काठको घरमा सेल्टर लिएर बसेका रहेछन्। उनीहरूलाई लिएर गाडी भएकै ठाउँमा आए।
निरन्तर गइरहेको पहिरोबाट बच्न सुरक्षित ठाउँ खोज्नु नै पहिलो प्राथमिकता थियो। उनीहरूले पनि सुक्खा बन्दरगाह गएर सेल्टर लिने निर्णय गरे। त्यहाँ दुई सयभन्दा धेरै मान्छेले सेल्टर लिएर बसेका थिए। पुलिसहरू पनि त्यहीँ थिए।
बन्दरगाहमा चारवटा ठूल्ठुला विल्डिङ रहेछन्। चीनको सहयोगमा बनेको उक्त बन्दरगाह सञ्चालनमा हुन भने सकेको थिएन। ‘चिनियाँहरूले यहाँ सुरक्षित हुनुहुन्छ, नआत्तिई बस्नुस् भन्थे,' पौडेलले सुनाए, ‘१० रिक्टर स्केलसम्म थेग्छ यसले, मजाले बस भन्थे।'
त्यहाँ घर भत्कने भन्दा पनि पहाडबाट आइरहेको पहिरोको डर थियो। पहिरो निरन्तर बगिरहेको थियो।
त्यस दिन साढे १ बजेतिर फेरि ठूलो भूकम्प गयो। हिँड्न सक्नेहरू पैदल काठमाडौंतिर हिँडे। कति त हिँड्दाहिँड्दै बाटैमै पहिरोमा परे भन्ने पौडेलले सुनेका थिए।
अर्को दिन आएको भूकम्पले थर्किएका पहाड झर्न थाले। ‘बसे पनि पहिरोले भवनै लान्छ किन भन्न डर, त्यहाँबाट भागे पनि मरिने डर। मृत्युलाई पलपल कुरेर बसेजस्तै भयो,' पौडेलले ती दिन सम्भि्कए।
स्थानीय र केही सक्नेहरू त्यहाँभन्दा माथि रहेको सुरक्षित खेतटारीतिर लागे। ड्राइपोटको वाल चर्केको थियो। सञ्चारको समस्या छँदै थियो। आइतबारै उनका साथी नवीनसहित अन्य समूहका हिँड्न सक्नेहरू काठमाडौं हिँडे।
आइतबार आकाशमा संयुक्त राष्ट्रसंघको एक हेलिकोप्टर उडेको उनले देखे। उद्धारमा आएको भन्ठानेर अलिकति आशा पनि जागेको थियो।
आउन सक्ने भनेर हिँडेका सयौं मान्छे अर्को दिनको ठूलो भूकम्पमा परे। उनीहरू बाटोमै पहिरोमा परेको खबर आएको उनीहरूले पाए। पछि देख्नेहरूले भनेका थिए— बाह्रबीसेदेखि सुक्खा बन्दरगाहसम्म १२० जनाको लास बाटोमै छ।
आइतबार त्यही ठाउँमा भूकम्पबाट बाँचेका अन्य मान्छे पनि थपिन थाले। उनीहरू काठमाडौंबाट काम र घुमफिरका लागि त्यहाँ पुगेका रहेछन्। ‘सबैभन्दा पहिला तातोपानी भन्सार कार्यरत समूह ज्यान जोगाउँदै आइपुग्यो,' पौडेलले भने, ‘कहाँ ज्यान जोगाउन सकिन्छ भनेर हिँडेका झन्डै १५ जनाको समूह थियो।'
भूकम्प आएपछि यो समूहले काठमाडौं भन्सार विभागमा सूचना गरेछन्, हामी अलपत्र पर्यौंझ भनेर। काठमाडौंबाट खबर गयो, ‘तपाईंहरू ट्राइपोर्ट गएर बस्नुस्, हेलिकोप्टर पठाइदिन्छौं।' तर, हेलिकोप्टर गएन।
त्यही दिन भूगर्भसम्बन्धी काम गर्ने अर्को समूह पनि त्यहीँ पुग्यो। पाँच जनाको टोलीले गाडी, विभिन्न उपकरण लिएर गएका रहेछन्। सबै क्षति भएको उनीहरूले सुनाए।
पौडेलकै अगाडि सुक्खा बन्दरगाहका एक कर्मचारीको ज्यान गयो। खाना खाँदै गर्दा माथिबाट आएको ढुंगाले उनलाई ठहरै पारेको उनी सुनाउँछन्।
सोमबार आकाशमा धेरै हेलिकोप्टर उडे। त्यहाँ बसेकाले हेलिकोप्टर बसाल्ने अनेक प्रयत्न गरे। झन्डा हल्याए। चिच्याए। तर, सबै व्यर्थ भयो।
घाइते भएर गम्भीर भएका चिनियाँलाई बचाउन उनका साथीहरू लागिरहेका थिए। घाइते चिनियाँ सिकिस्त हँुदै गए। सोमबार प्रहरीको सञ्चार सेट भेेटिन्छ कि भनेर भग्नावशेषबाट खोजतलास गरे। भाग्यले भेटियो पनि। एन्टेना रूखमा पनि थियो। एक हवल्दार चढे, र झिकेर ल्याए। चिनियाँले जेनेरेटर चलाएर सेट सञ्चालन गरे। प्रहरीले आफ्नै सिस्टममा सम्पर्क गरे। उनीहरूको खास उद्देश्य घाइते चिनियाँको उद्धार गर्नु थियो। ‘हेलिकोप्टर पठाउनुपर्योे, जे जति खर्च लाग्छ चिनियाँले दिन्छ,' सूचना पठाएको पौडेलले सुने।
‘सोमबारसम्मको प्रयास व्यर्थै भयो,' पौडेल भन्छन्, ‘कसैगरी हाम्रो अवस्थाबारे थाहा दिन सकेनौं।' राति चिनियाँहरू धेरै रिसाए। चलेको जेनेरेटरसमेत बन्द गरिदिए। एक चिनियाँ रोइरहेका थिए। हेलिकोप्टर त आउँथे तर के गर्नु सबै कोदारीतिर जान्थे।
मंगलबारसम्ममा खाना अभाव हुँदै गयो। पहिरोले गर्दा पानी आउन बन्द भएको थियो। शौचालयको व्यवस्था थिएन। गाउँमा लुटपाट सुरु भएको थियो। महिलाको गरगहना लुटियो भन्ने सुनिथ्यो।
सद्दे मान्छे एकपछि अर्को गर्दै बाटो लाग्दै थिए। काठमाडौंमा उनका दाइहरू पनि कसरी उद्धार गर्न सकिन्छ भनेर लागिरहेका थिए। शनिबारको भूकम्पपछि बेपत्ता आफन्तको पीडाले काठमाडौंमा उनीहरूलाई बेचैन बनाएको थियो। कहाँ कुन अवस्थामा हो, कसैलाई केही थाहा थिएन।
उनलाई खोज्दै बाह्रबीसेसम्म पुगे उनीहरू। त्यहाँबाट उता जान सक्ने अवस्था नै थिएन। बाटोमा चार–पाँच सय मान्छे फसेको आशंका थियो। ‘यहाँबाट केही हुन सक्दैन। तपाईंहरूले काठमाडैंबाटै पहल गर्नुपर्छ,' प्रहरीले भनिदियो।
आइतबार हिँडेका उनका साथी नवीनको टोली काठमाडौं आएपछि आफन्तकहाँ सूचना पुग्यो। त्यसपछि उनीहरू उद्धारमा लागिपरे।
बुधबार सूचना आयो, ‘त्यहाँ हेलिकोप्टर आयो तर बस्न सकेन। बस्ने ठाउँ बनाउनुपर्योर।' भैरवकुण्ड युवा क्लबका साथीहरू, पुलिस र अन्य मिलेर रूख काटेर हेलिप्याड बनाए।
केही समयपछि सेनाको सानो हेलिकोप्टर बस्यो। पौडेललाई साथ दिइरहेका साथी थिए, वीरबहादुर। ‘उसले मलाई हत्तपत्त हेलिकप्टरमा लग्यो। तर, उसले चिनियाँ घाइतेलाई मात्र हाल्यो। अर्को हेलिकप्टर आउँछ त्यसैमा जानु भनेर सेनाले भन्यो,' पौडेलले सुनाए।
त्यसपछि उनलाई ठूलो पीडा भयो। त्यसपछि पनि धेरै हेलिकोप्टर आए तर अरू ठाउँ बसेर जान्थे। उनीहरूभन्दा तलको स्टेसन सिरचौर भन्नेमा बस्थे/जान्थे। त्यस दिन पौडेलकै आँखाअगाडि पाँच–सातपटक आए। गए।
माथि दुगुना भन्ने डाँडातिर रेडियो टिप्छ रे भनेर कतिपय त्यतै गए, तर सम्पर्क हुन सकेन। रेडियो सुनेर काठमाडौंमा भएको घटनाबारे तल सूचना आउँथ्यो। त्यो सूचनाले अझ हतोत्साही बनाउँथ्यो उनलाई।
चिनियाँ लिएर गएको तीन घन्टामा अर्को हेलिकोप्टर गयो। यो पनि सिरचौरमा गएर बस्यो। ‘यो पनि हाम्रो लागि होइन रहेछ भन्ने लाग्यो,' उनले भने। तर केही समयपछि फेरि उडेर त्यहीँ बस्यो।
बस्नासाथ हेलिकोप्टर भित्रबाट आवाज आयो— सुशील पौडेल। साथीले बाकेर भित्र लग्यो। ‘जिन्दगीमा सबैभन्दा खुसी भएको क्षण त्यही थियो होला सायद,' पौडेलले हँसिलो मुहारमा भन्छन्, ‘बल्ल पुनर्जन्म पाएझैं भयो।'
हेलिकोप्टर चढ्नेबित्तिकै उनी धरधरी रोएका थिए। सायद, खुसीको आँसु थियो त्यो।
उनीजस्तै अरू २० जना घाइतेलाई सोही हेलिकोप्टरले उद्धार गर्योी। चौतारा आएर चार जना गम्भीर घाइतेलाई हाल्यो र काठमाडौं ल्यायो। वीर अस्पतालको ट्रमा सेन्टरमा पौडेलले खुट्टाको उपचार गराए। जीवनको कहालीलाग्दो क्षण गुजारेका उनी अहिले घर फर्किएका छन्।