सुन्दरहरैँचा नगरपालिका–७ कि १८ महिने नाबालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेलाई कडा कारबाहीको माग गर्ने आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार सुन्दरहरैँचास्थित गछिया चोकमा महिलाहरुको एउटा समूहले सडक छेउमा प्लेकार्डमा विभिन्न माग राख्दै उभिएर आन्दोलन गरेका मोरङ प्रहरीका प्रवक्ता मञ्जिल मुकारुङले बताए। उनीहरुले पक्राउ परेकाहरुलाई कडाभन्दा कडा सजाय हुनु पर्नेलगायतका माग राखेर आन्दोलन गरेका छन्। सडक छेउमा उभिएर शान्तिपूर्ण प्रदर्शन गरेकाले उनीहरूलाई धडपकड नगरिएको डिएसपी मुकारुङले जानकारी दिए।
तर, मंगलबार आन्दोलन गर्ने ११ जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना महिला र ५ जना पुरुष छन्। आन्दोलनकारीहरुले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरी गरेर आन्दोलन गर्न खोज्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।
राजमार्ग अवरुद्ध गरेर उच्छृङ्खल गतिविधि गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी मुकारुङले बताए। पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
पीडित बालिकाको न्यायका लागि संघर्ष समिति गठन भएको छ। मंगलबार प्रहरीसँगको छलफलपछि संघर्ष समितिले बाटो अवरुद्ध नगरी शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएको थियो। संघर्ष समितिसँग प्रहरी प्रशासनको सहमति भए पनि एउटा समूहले राजमार्गको सडक जाम हुने गरी आन्दोलन गर्दै उत्छृङ््खल गतिविधि गर्न थालेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।