काठमाडौं-बूढानीलकण्ठ नगरपालिका–१७, गाम्चा। डकर्मीको गाउँ भन्दा फरक पर्दैन। यस गाउँका ९० प्रतिशतको पेसा नै घर बनाउने हो। उपत्यकाका तीनवटै जिल्लाका अधिकांश घर निर्माणमा उनीहरू संलग्न छन्।उनीहरूले बनाएका कैयौं घर यतिबेला सग्लै छन्, तर आफ्नै घर भने गत शनिबारको भूकम्प ध्वस्त बनायो। अहिले उनीहरू खुला आकासमा बास बस्न बाध्य भएका छन्।
चक्रपथ–बूढानीलकण्ठ सडक खण्डबाट करिब दुई किलोमिटर उत्तर शिवपुर पहाडको फेदीमा छ गाम्चा।
‘एउटा टेन्टमा दुई लाइन गरेर पाँच परिवारका ६० जना सुतिरहेका छौं,’ गाम्चाका ३५ वर्षीय डकर्मी बाबुकाजी श्रेष्ठले भने, ‘शनिबार रातिदेखि नै बेहालको जिन्दगी बाँचिरहेका छौं। रासन पनि घरमै पुरिएको छ। टेन्ट पनि पुग्दो छैन।’

करिब १५ वर्षदेखि डकर्मी काम गर्दै आएका श्रेष्ठको घर काँचो इँटाबाट बनेको थियो। भूकम्पले त्यसलाई पूर्ण रूपले ध्वस्त पारेको छ। ‘अहिलेसम्म सरकारको कोही आएको छैन, व्यक्ति–व्यक्तिहरूले दिएको सहयोगले बाँचेका छौं,’ चौरमा बस्दै आएका श्रेष्ठले भने। उनको परिवार नै आठ जनाको छ।
बाबुकाजीसहित सबै पीडितलाई भत्किएको घरको संरचना कसले हटाइदिने र कहाँ गएर बस्ने भन्ने चिन्ता छ। ध्वस्त भएको पुरानो बस्ती छिर्न पनि डरलाग्दो देखिन्छ। हिँड्ने सुरक्षित बाटो पनि छैन। सर्वसाधारण गाउँको चारैतिर छरिएका बसेका छन्। चारपाँच ठाउँमा टेन्ट राखिएको छ। उनीहरू बोरा ओछ्याएर जसोतसो सुत्ने व्यवस्था गरेका छन्।
‘शौचालय पनि छैन। दिसापिसाब गर्न खोलानदी किनार, पाखामा जानुपर्छ,' बाबुकाजीले भने, ‘कुनै पनि बेला रोगव्याधी फैलन सक्छ, ससाना केटाकेटीलाई टाढा लगेर दिसापिसाब गराउन सकिएको छैन।’
गाम्चाका घर बनाउने ठेकेदार लक्ष्मण श्रेष्ठका अनुसार त्यहाँका करिब १ सय ७० घरमध्ये ७० वटा घर बस्न नमिल्ने गरी ध्वस्त भएका छन्। भत्कने धेरै कच्ची थिए। अहिले झन्डै एक हजार सर्वसाधारण खुला आकासमुनि बसिरहेका छन्। ‘तत्काललाई टेन्टको ठूलो समस्या छ,' उनले भने, ‘पर्याप्त रासन पनि छैन।'
लक्ष्मण महाभूकम्प गएको दिनदेखि नै गाउँका पीडितको सुरक्षित बसोबासका लागि दौडिरहेका छन्। ‘चिनेजानेका मान्छेसँग सम्पर्क गरेर राहत सामग्री जुटाइरहेका छांै, जसले जे सहयोग गर्छु भन्छ त्यही लिएर आइरहेको छु,’ उनले भने, ‘यसरी कति दिनसम्म बाँच्नुपर्ने हो। सरकारको उपस्थिति आठ दिनसम्म पनि देखिएको छैन।’

उनी शुक्रबार सुपथ मूल्यमा रासन किन्न थापाथलीस्थित खाद्य संस्थान पुगेका थिए। त्यहाँबाट उनलाई नेसनल ट्रेडिङमा जान भनियो। ‘हामीले व्यक्तिलाई बेच्न मिल्दैन। यहाँबाट जिल्लामा पठाउने भनेपछि म खाली हात फर्किएर आएँ,’ उनले सुनाए।
लक्ष्मणका अनुसार अहिले क्षति भएका घर के गर्ने भन्न समस्या छ। ‘ध्वस्त भएका घर के गर्ने अन्योलमा छौं। ती घर कसले हटाइदिने? कहाँ बस्ने र कसरी बस्ने भन्ने चिन्ता प्रमुख भएको छ। बस्न नमिल्ने र मिल्ने घरहरू कसले पहिचान गरिदिने भन्ने समस्या पनि त्यत्तिकै छ,’ उनले भने।
झट्ट हेर्दा वरपरि पक्की घर भए पनि पुरानो गाम्चाका अधिकांश घर माटोको गारोले बनेका छन्। माटो, काठ र काँचो इँटाले बनाइएका अधिकांश घर ध्वस्त छन्।
नक्साअनुसार घर बनाउँदै आफ्नो पेसालाई निरन्तरता दिएका यहाँ डकर्मीले कहिल्यै भूकम्प प्रतिरोधात्क घर बनाउने तालिम लिन पाएनन्। ‘हामी सधंै इन्जिनियरले बनाएको नक्साअनुसार काम त गर्यौं , तर आफ्नै घर कसरी भूकम्पबाट सुरक्षित बनाउने भनेर चासो लिएनौं। आज त्यसको प्रतिफल भोगिरहेका छौं,’ लक्ष्मणले भने।
....
बूढानीलकण्ठ–१७ कै कौडोल गाउँ। गाम्चाबाट करिब तीन किलोमिटर उत्तर शिवपुरी फेदीस्थित पहाडमा रहेको यो सानो गाउँको अवस्था झनै दयनीय देखिन्छ। यो गाउँमा मजदुरी गरेर गुजारा चलाउनेको बाहुल्य छ। अहिले उनीहरू खुला आकासमुनि छन्।
कौडोल गाउँमा भएका ३४ वटै घर ध्वस्त छन्। ती घरका बालबालिका, बूढाबूढी बिहीबारसम्म खुला आकासमा थिए। शुक्रबारबाट भने छाप्रोमा बस्न थालेका छन्। तर, राम्ररी ओत दिने पालको अभाव छ।
गाउँका सबै घर कच्ची र माटोको गारोले बनेका थिए। ती घर बस्न नमिल्ने र पुनर्निर्माण समेत गर्न नमिल्ने गरी ध्वस्त छन्। मानवीय क्षति भने भएको छैन।
‘ज्यालादारी गरेर खान्छौं। घर ध्वस्त भएपछि काममा जान पनि पाइएको छैन,’ आठ जनाको परिवारसहित छाप्रोमा बस्दै आएकी देविका नगरकोटीले भनिन्।
अर्का पीडित श्यामकुमार नगरकोटीले अहिलेको मुख्य आवश्यकता पाल रहेको बताए। ‘बिहीबारसम्म खुला आकाशमा थियौं। शुक्रबारबाट छाप्रा बनायौं,' उनले भने, ‘सुरक्षित टेन्ट र रासन भइदिए धेरै राहत हुन्थ्यो।'
गाम्चा र कौडोल गाउँ काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्छन्। यस क्षेत्रका सभासद गगन थापा व्यक्तिगत रूपमा राहत लिएर ती गाउँमा पनि पुगेका छन्। थापा दुईपटक पुगे पनि त्यहाँ पर्याप्त टेन्ट, नियमित रासन अभाव छ। कहिलेसम्म ध्वस्त संरचना हेरेर बस्ने र भरपर्दो बसोबास कहिले हुने चिन्तामा छन् पीडितहरू।