काठमाडौं-विनाशकारी महाभूकम्पले बास खोसेपछि सिन्धुपाल्चोक, ज्यामिरेका भुवन तामाङ तीन घन्टा हिँडेर मेलम्ची प्रहरी चौकीमा राहत माग्न पुगे।
'हाम्रो खाने–बस्ने केही छैन, भएको राहत दिनुपर्योभ,' भुवनले प्रहरी चौकीमा गएर हात जोडे।
गाउँमै खुला आकाशमुनि दुई दिन जसोतसो कटाएका तामाङ झरीमा परिवारको बिजोग सहन नसकेर राहतको आश गर्दै मेलम्ची झरेका थिए। चौकीमा केही बोरा चामल, टेन्टलगायत सामग्री थियो, तर त्यहाँका अधिकारीले दिन मानेनन्।
'अहिले दिन मिल्दैन,' उनीहरूको जबाफ उद्धृत गर्दै भुवनले आइतबार नागरिकसँग भने, 'राजनीतिक दलहरूको बैठक बसेर कहाँ दिने, कसलाई दिने भनेर भन्नुपर्छ, गाविसको स्वीकृति पनि चाहिन्छ।'
प्रहरी चौकीबाट यस्तो जबाफ आएपछि भुवन निराश हुँदै रित्तो हात घर फर्किए। उनले गोठमा प्रयोग भएका च्यात्तिएका बोरा, मान्द्रो र प्लास्टिक हालेर अस्थायी थातको बन्दोबस्त गरेका छन्। घरमा भएको अन्न घरसँगै माटोमा पुरिएपछि खानलाई एक दाना बचेको छैन। भुइँचालो गएको नवौं दिनसम्म उनले दुई किलो चामलबाहेक राहतका नाममा अर्थोक केही पाएका छैनन्।
'चौकीभित्र सय बोरा चामल र दर्जनौं त्रिपाल थिए,' भुवनले भने, 'भूकम्पपीडितलाई तुरुन्तै वितरण गरेको भए मजस्ता थुप्रैले बेलैमा ओत लाग्न पाउने थियौं, भोकभोकै रात काट्नुपर्ने थिएन। अरू बेला कत्ति न नियम–कानुन पालना गरेर बसेजस्तो विपतको समयमा राजनीतिक दलको बैठक बस्नुपर्छ, गाविस सचिवको सिफारिस चाहिन्छ भन्दै हाम्रो समस्या सुनुवाइ भएन।'
यो भुवनको मात्र समस्या होइन। प्रभावित जिल्लामा राहत वितरणका नाममा अनावश्यक प्रशासनिक समस्या खडा गरिएको छ जसले पीडित परिवारलाई खानबस्न केही नहुँदा राहत सामग्री भने गोदाममा थन्किने अवस्था छ।
विपत बेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भइरहको स्वतस्फुर्त राहत संकलनलाई सरल ढंगमा पीडित पक्षसम्म पुर्या्उनुपर्नेमा सरकारले जटिल प्रशासनिक संयन्त्रको अड्चन खडा गरेको स्थानीय बताउँछन्।
प्रशासनिक संयन्त्रबाट राहत वितरणमा समस्या र ढिलाइ हुँदै गएपछि सिन्धुपाल्चोक, बराम्चीका जयचन्द्र कुमार लामा व्यक्तिगत रूपमा उद्धार र राहत माग गर्दै राजधानी आइपुगेका छन्। स्थानीय समस्या लिएर जिल्ला प्रशासन कार्यालय जाँदा प्रमुख जिल्ला अधिकारीसँग भेटै नभएको उनले गुनासो गरे।
'गाउँको बेहाल छ, खानेबस्ने समस्या छ, राहत दिने कोही छैन,' उनले भने, 'समस्या लिएर प्रमुख जिल्ला अधिकारीलाई भेट्न खोज्दा भेट्नै सकिएन, उहाँको मोबाइल पनि स्विचअफ थियो।'
सरकारी संयन्त्र बलियो नभएकाले प्रभावित जिल्लाका माथिल्लो दुर्गम भेगमा राहत सामग्री मात्र होइन, सरकारी प्रतिनिधि नै पुग्न नसकेको उनले बताए। 'राज्यको आँखा नपुगेका त्यस्ता दुर्गम ठाउँका भूकम्पपीडित भोकभोकै बस्नुपर्ने अवस्था छ,' उनले भने, 'यस्तो बेला हामी आफैं राहत खोज्दै आउँदा पनि अनेक प्रशासनिक समस्या झिकेर झुलाउनु राम्रो होइन।'
'सरकारले प्रशासनिक झमेला सिर्जना नगरी सहज ढंगमा राहत बाँड्न सकेको भए हामी यस्तो विपतको घडीमा घरपरिवार छाडेर राहत खोज्न काठमाडौंसम्म आउनुपर्थेन,' उनले भने।
उनका अनुसार बराम्ची गाविसमा भुइँचालो आएको नवौं दिन आइतबार मात्र सेनाको हेलिकप्टरले चामलका केही बोरा माथिबाट झारेको थियो। उनको ५ नम्बर वडामा पाँच बोरा चामल झरेको उनले जानकारी पाएका छन्।
'गाउँमा धेरै घर ध्वस्त छन्, सग्ला घर पनि बस्नै नसकिने गरी चर्केका छन्,' लामाले भने, 'हामीले अहिलेसम्म न त्रिपाल पाएका छौं, न खानेकुरा। बल्लतल्ल आज नवौं दिनमा चामल झारियो भन्ने सुने, हाम्रो वडामा पाँच बोरा झारियो रे, त्यति चामल कसले खाने, कसले हेर्ने?'
निरन्तर समाजसेवी विकास संघ नेपालमा कार्यरत लामाको समूहले प्रभावित क्षेत्रका लागि काठमाडौंबाट केही राहत जुटाएको छ। त्यसमा २ सय पाल, १ सय ५० बोरा चामल, मेटि्रक्स, लत्ताकपडा लगायत छन्। यही राहत वितरण गर्न सोमबार उनी बराम्ची जाँदै छन्। आफ्नै पहलमा राजधानीसम्म धाएर संकलन गरेका यी राहत सामग्री गाउँमा वितरण गर्न पनि उनलाई सजिलो भने छैन। उनले प्रभावित घरमा खुरुखुरु राहत दिन पाउँदैनन्। सबभन्दा पहिला प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने हुन्छ।
'कार्यालयमै भेटिए त ठिक छ, नभए कहाँ खोज्दै हिँड्नु?' उनले भने, 'भेटिने हो कि होइन!'
राहत खोज्ने क्रममा प्रशासनबाट निराशा भोगेका भुवन र जयचन्द्रको अनुभवमा स्थानीय तहमा काम गर्ने कर्मचारी तथा सुरक्षा निकायमार्फत सोझै गाउँ–गाउँमा राहत वितरण गरेको भए बढी प्रभावकारी हुन सक्थ्यो। गाविस वा प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिनुपर्ने बाध्यताले अड्चन ल्याएको उनीहरूको भनाइ छ।
'गाविस सचिव आफ्नो कार्यालयमा फेला परे पो हामीले उनको स्वीकृति ल्याउने? नभए कहाँबाट ल्याउने?' भुवनले भने, 'यस्तो संकटको घडीमा पनि राजनीतिक दलहरूको बहुपक्षीय बैठकले अनुमोदन गरेपछि मात्र राहत वितरण गर्ने प्रावधान बुझिनसक्नु छ।'
यस्तै बोझिलो प्रावधानका कारण अहिलेसम्म राहतका नाममा दुई किलो चामल मात्र पाएको भुवनले बताए। उनका अनुसार केही दिनअघि राजनीतिक दलहरूको बैठक बसेर संकलित राहत वितरण गर्ने निर्णय गरेको थियो। भुवनको वडामा ८ बोरा चामल आइपुग्यो। त्यसैमध्ये २ किलो भुवनको भागमा परेको हो।
गोरखा, खोक्लान, पालङटार लगायत क्षेत्रमा राहत वितरण गर्न पुगेकी अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालकी डाक्टर सृष्टिले गाउँगाउँमा राहत वितरण गर्दा प्रमुख जिल्ला अधिकारी र जनस्वास्थ्य कार्यालयको स्वीकृति लिनुपरेको बताइन्। 'मेडिसिन, टेन्ट, खाद्यान्न लगायत राहत लिएर गएका थियौं,' सृष्टिले भनिन्, 'राहत अपुग भएर फर्कियौं।'
प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले भने सबै ठाउँमा सबैलाई निष्पक्ष राहत वितरण होस् भनेर राजनीतिक दल र प्रशासनिक संयन्त्रको संयोजन गर्न खोजिएको बताए। 'राहत वितरणमा निष्पक्षता होस् भनेर सबै पार्टी र सरकारी संयन्त्रको संयोजन गर्ने निर्णय भएको हो,' सुवेदीले नागरिकसँग भने, 'पुग्न ढिला भएको होला तर यसले राहत वितरणमा समस्या ल्याएको छैन।'
सबै ठाउँमा सरकारी संयन्त्रबाट राहत वितरण गर्ने र अन्य संघ–संस्थाले गर्न चाहे प्रमुख जिल्ला अधिकारीले संयोजन गर्नुपर्ने सुवेदीले बताए। राहत वितरण एकै ठाउँमा नदोहोरियोस् भनेर यस्तो निर्णय गरिएको उनको भनाइ छ। प्रभावित जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा सहसचिव पुगिसकेकाले उनीहरूले राहत वितरणलाई सबैसमक्ष पुर्यालइरहेको उनले बताए।