काठमाडौं- महाभूकम्पमा परेका घरको जोखिमको अवस्था बुझ्न नेपाल इन्जिनियर एसोसिएसनले तीन दिनमा तीन हजारभन्दा बढी घर परीक्षण गरेको छ। एसोसिएसनले दैनिक दर्जन समूह खटाएर काठमाडौं उपत्यकाका घरलाई हरियो, पहेँले र रातोमा वर्गीकरण गरेको हो।घरको जोखिमअनुसार बस्न लायकलाई हरियो, सतर्क रहनुपर्नेलाई पहेँलो र बस्नै नमिल्नेलाई रातो रङ लगाएको छ। एसोसिएसनले शनिबारदेखि निःशुल्क परामर्श सुरु गरेको हो।
एसोसिएसनका केन्द्रीय सदस्य विश्वराज काफ्लेका अनुसार तीन दिनमा काठमाडौंमा १२ सय ८५, ललितपुरमा ९ सय ६ र भक्तपुरमा ९ सय वटा घर परीक्षण भएको छ। त्यसैगरी काठमाडौंमा ४३ प्रतिशत बस्न लायक, सतर्क रहनुपर्ने २९ प्रतिशत र बस्नै नमिल्ने २८ प्रतिशत घर रहेको एसोसिएसनको तथ्यांक छ। ललितपुरमा भने बस्न लायक, सतर्क रहनुपर्ने र बस्नै नमिल्ने घर क्रमशः २९, ३२ र ३९ प्रतिशत छन्। भक्तपुरमा बस्न लायक, सतर्क रहनुपर्ने र बस्नै नमिल्ने क्रमशः २८, ३२ र ४० प्रतिशत छन्।
एसोसिएसनले ५०१०२५१, ५०१०२५२ र ९८४१२६००२६ नम्बरमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म घर देखाउन चाहनेको जानकारी लिएर यो सेवा प्रदान गरिरहेको छ। काफ्लेका अनुसार शुक्रबार ६ सय, शनिबार १ हजार र आइतबार १४ सय घरमा इन्जिनियरले सेवा दिएका छन्।
'हामीसँग १५ सय इन्जिनियरको १ सय ६० वटा समूह छ,' उनले भने, 'हामीले इन्जिनियरका विद्यार्थी, भर्खर पास भएका जस्तालाई पनि स्वयंसेवकका रुपमा बोलाएका छौं।' ६ जनाको विज्ञ समूहले सार्वजनिक सरोकारका भवन, अस्पताल, व्यापारिक कम्प्लेक्स, सिनेमा हल, अपार्टमेन्ट र निजी घरको अवस्था अध्ययन गरिरहेको एसोसिएसनले जनाएको छ। 'प्रभावितहरुलाई राहत दिनका लागि हामीले यस्तो सुविधा दिएका हौं,' उनले भने, 'सर्वसाधारण आफ्नो घरबारे थाहा पाएपछि केही ढुक्क भएर बस्न सक्छन्।'
पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा दिइरहेको उनले जानकारी दिए। भूकम्प प्रभावित सबै जिल्लाको अध्ययन गर्ने एसोसिएसनको योजना छ। 'हामीले भोलिदेखि गोरखामा पनि एउटा समूह पठाउँदैछौं,' काफ्लेले भने, 'काठमाडौंमा अझै माग बढिरहेको छ। हामीले जबसम्म सकिन्छ, निःशुल्क परामर्श दिनेछौं।'
उनका अनुसार एसोसिएसनको हेलमेट र परिचयपत्रसहित समूह घरबासीले फोन गरेको २४ घन्टाभित्र पुग्ने प्रक्रिया मिलाइएको छ। स्ट्रक्चर, जियो टेक्निकिल र आर्किटेक्ट इन्जिनियरको नेतृत्वमा टोली बनेको छ।