काठमाडौं- शक्तिशाली भूकम्प गएको आइतबार नवौं दिन भयो। यसबीच चार म्याग्नेच्युडभन्दा ठूला भूकम्प १ सय ३२ वटा गएका छन्, जबकि पाँच वर्ष (सन् २०१० देखि २०१४ सम्म) मा यस्ता भूकम्प १ सय ३० वटा मात्र गएको रेकर्ड छ।
'सर्वसाधारण आत्तिनु स्वाभाविक हो, उनीहरूले यसपटक त स–साना झट्का पनि अनुभव गर्न थालेका छन्,' राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आइतबार नागरिकसँग भने, 'झन्डै पाँच वर्षमा गएको भूकम्प नौ दिनमै गएको छ।'
आइतबार मात्र यस्ता भूकम्प आठवटा गएका छन्। शुक्रबार यो संख्या चारमा झरेको थियो। उनले धेरै संख्यामा भूकम्प गएको अनुभव बटुलिसकेका सर्वसाधारणलाई सामान्य झट्का लाग्दा पनि भूकम्प आएजस्तो लाग्नसक्ने बताए। 'पहिले पहिले चार रेक्टर स्केल आसपासका भूकम्पको झट्का सर्वसाधारणलाई वास्तै हुँदैनथ्यो, अहिले थाहा पाउन थालेका छन्,' अधिकारीले भने।
केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०१० मा १५, २०११ मा ४२, २०१३ मा २५ र २०१४ मा ११ वटा यस्ता भूकम्प गएका थिए। २०११ मा ताप्लेजुङ र सिक्किम सिमा केेन्द्रविन्दु रहेको ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियो। सन् २०१४ डिसेम्बरमा सोलुखुम्बुमा गएको ५.९ म्याग्नेच्युडको भूकम्पको झट्का काठमाडौंमा पनि महसुस गरिएको थियो।
आइतबार चार म्याग्नेच्युडभन्दा माथिका ८ भूकम्प गएका छन्। यीमध्ये साँझ ५:२० मा गएको सबैभन्दा ठूलो ४.९ को केन्द्रविन्दु नुवाकोट थियो। शनिबार ११:५६ मा महाभूकम्प गएयता ७.६, ६.९ लगायत गरी आइतबारसम्म १ सय ३२ वटा भूकम्प गएका छन्। चारदेखि पाँच म्याग्नेच्युडका भूकम्प बढी गएका छन्। प्रमुख अधिकारीका अनुसार आइतबारपछि पाँच रेक्टर स्केलको भूकम्प शनिबार गएको थियो। यसअघि आइतबार राति १०:११ मा ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
विगतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डअनुसार शक्तिशाली भूकम्प गएको १० औं दिनपछि आउने ९० प्रतिशत धक्का कम म्याग्नेच्युडका हुन्छन्। पहिलो दिनको तुलनामा दोस्रो दिन आधा कम हुनुपर्छ। 'पहिलो भूकम्पलगत्तै एक–दुई वटा ६ रेक्टर स्केलको गइदिएको भए अझ छिटो घट्ने थियो,' उनले भने, 'अझ पनि ५ रेक्टर स्केलसम्मको जान सक्छ।'
अधिकारीका अनुसार ६ म्याग्नेच्युडको एउटा भूकम्प जानु भनेको ५ म्याग्नेच्युडका ३२ वटा जानुसरह हो। ७ को एउटा भूकम्प जानु भनेको ५ म्याग्नेच्युडका करिब एक हजार भूकम्प जानुसरह हो।
प्राविधिकका अनुसार पाँचभन्दा कमलाई साना, पाँचदेखि ६ बीचका लाई मध्यम, सातदेखि ८ लाई शक्तिशाली र आठ म्याग्नेच्युडभन्दा माथिलाई महाभुकम्प भनिन्छ। युरोएसियन र इन्डियन प्लेटोबीचको घर्षणबाट उत्पन्न ऊर्जाले भूकम्प गइरहेको छ। यो ऊर्जा साना–ठूला भूकम्पका रूपमा विस्तारै कम हुँदै गएको छ।