उपत्यकामा त्रिपाल अभाव
२० वैशाख २०७२
•
११ मिनेट पाठ
उपत्यकामा त्रिपाल अभाव
काठमाडौं- भूकम्प पीडितहरूलाई राहत दिन वा सहयोग गर्न चाहनेको संख्या हरेक दिन बढ्दै गएको छ, तर राहत वितरण गर्ने स्थान, प्रभावित परिवार र आवश्यक राहत सामग्रीबारे कसैलाई जानकारी छैन। राहत वितरण गर्न चाहने व्यक्ति, समूह र संघ–संस्था नै यसबारे अन्योलमा छन्।यही अन्योलबीच जथाभाबी वितरण गरिएका राहत सामग्री सुगम क्षेत्रमा मात्र केन्द्रित भएको र दुर्गमका सर्वसाधारणले नपाएको स्थलगत खटिएका सरकारी पदाधिकारीले बताएका छन्। उनीहरूका अनुसार कतै धेरै त कतै अपुगको अवस्था छ।




सरकार तर्फबाट उद्धार र राहत वितरणमा खटिएका पदाधिकारी भन्छन्, 'यी दुई विषयबारे जानकारी नभई बाँडिएको राहत पीडित परिवारमा नपुग्न सक्छ।' उनीहरूले प्रमुख जिल्ला अधिकारी अध्यक्षताको जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत जानकारी लिएर मात्र राहत बाँड्न अनुरोध गरेका छन्।

'प्रभावित क्षेत्र, पीडित परिवारको संख्या र आवश्यक सामग्रीबारे राम्ररी जानकारी लिएर मात्र राहत बाँडनुपर्छ,' सरकारका तर्फबाट भक्तपुर जिल्लाको उद्धार तथा राहत व्यवस्थापनमा खटिएका सचिव डा. कृष्णचन्द्र पौडेलले नागरिकसँग भने।

आफूले वितरण गर्न चाहेको राहत सामग्री समितिलाई उपलब्ध गराउन सकिने वा प्रशासनलाई जानकारी दिएर सम्बन्धित क्षेत्रमा वितरण गर्न सकिने उनले बताए। पौडेलले सबै सूचना लिएर मात्र राहत वितरण गर्न सर्वसाधारणलाई पनि आग्रह गरेका छन्। 'यसरी वितरण गरिएको राहत मात्र वास्तविक पीडितको हातमा पर्छ,' उनले भने।

उता, ललितपुरमा खटिएका सचिव राजेन्द्र सुवेदीले पनि जथाभाबी राहत नबाँड्न आग्रह गरेका छन्। उनका अनुसार ललितपुरमा जिल्ला र गाविसस्तरीय सर्वदलीय समितिहरू बनेका छन्। समितिले निर्धारण गरेका क्षेत्रमा राहत वितरण गर्न सकिन्छ। 'पीडितहरूलाई कस्तो राहत चाहिएको छ र कति चाहिएको छ भन्ने थाहा नपाई वितरण गर्दा एकातिर नपुग्ने र अर्कातिर धेरै हुने समस्या आउन सक्छ,' उनले भने। सुवेदीले सकभर राहत सामग्री समितिलाई हस्तान्तरण गर्ने, नभए समितिमा सूचीकृत गरेर राहत बाँड्न आग्रह गरे।

भक्तपुर खटिएका सचिव पौडेलका अनुसार भक्तपुरको दरबार स्क्वायर, गोलमडी, चासिखेल, गुन्डु, तौलाछेँ, जेला, लाताछेँ, ब्यासी, चाँगुनारायण लगायत ठाउँ बढी प्रभावित छन्। नगरपालिकाका अधिकांश वडामा क्षति छ। यी क्षेत्रका अधिकांश घर ध्वस्त छन्। भक्तपुरमा १० हजार ४ सय ३७ घरमा पूर्ण क्षति भएको छ भने ४ हजार १ सय ६० मा आंशिक र दुई हजार घरमा सामान्य क्षति पुगेको छ।

'भक्तपुरमा खाद्यान्नभन्दा त्रिपाल र टेन्टको आवश्यकता छ,' उनले भने। केही स्थानमा खाद्यान्न र पानीसमेत आवश्यक भएको पौडेलले जानकारी दिए। उनका अनुसार भक्तपुरमा अहिलेसम्म चार हजार त्रिपाल वितरण भइसकेको छ। तत्काल २५ सय त्रिपालको आवश्यकता छ।

'कोही त्रिपाल सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्,' पौडेलले सहयोगी संघ–संस्था र व्यक्तिसँग आग्रह गरे।

ललितपुर खटिएका सुवेदीले पनि खाद्यान्नभन्दा त्रिपाल र टेन्टको माग बढी भएको जानकारी दिए। 'हामीलाई धेरैभन्दा धेरै टेन्टको आवश्यकता छ,' उनले भने। सुवेदीले टेन्ट उपलब्ध गराउन सबैलाई आग्रह गरे।

'सरकारलाई त्रिपालको मागबारे सबै जानकारी गराइसकेका छौं। अहिले केेन्द्रमा पनि त्रिपालको अभाव छ। बजारमा पनि पाइएको छैन। केन्द्रीय दैविक प्रकोप उद्धार समितिले किन्ने प्रक्रिया सुरु गरेको छ,' उनले भने। सुवेदीका अनुसार ललितपुरमा अहिलेसम्म ५ हजार ६ सय ७३ त्रिपाल वितरण भइसकेेको छ। अझै १८ हजार त्रिपालको माग छ।

ललितपुरका जिल्ला संयोजकमा खटिएका सहसचिव रामआधार साहले व्यक्ति, संघ–संस्था र समूहले वितरण गरेको राहत जिल्लाका सुगम क्षेत्रमा केन्द्रित भएको जानकारी दिए। उनले ललितपुरका तीन र दुई नम्बर निर्वाचन क्षेत्रमा मात्र यस्तो राहत वितरण भएको बताए।

'पुग्न र बाँड्न सजिलो ठाउँ हरेर वितरण गरिएको छ। यसले कतै धेरै कतै अपुग जस्तो देखिन्छ,' उनले भने, 'त्यसैले सरकारले जिल्ला समितिमार्फत राहत वितरण गर्न आग्रह गरेको हो।'

साहका अनुसार चापागाउँ, झरुवारासी, लेले, चौघरे, माल्टठा, प्यूटार गाविस सबैभन्दा बढी प्रभावित छन्। त्यसपछिका प्रभावित गाविसमा देवीचौर, नल्लु, भूखेल, भट्टेडाँडा, शंखु, इकुडोल, आस्राङ, गिम्दी, ठूला दुर्लुङ पर्छन्। तर, संघ–संस्था र व्यक्तिका राहत सामग्री सुगमका गाविस र गाउँमा मात्र केन्द्रित छन्।

काठमाडौंको अवस्था पनि झन्डै झन्डै त्यस्तै छ। व्यक्तिगत, निजी र संघ–संस्थाको राहत सुगममा केन्द्रित छ। 'राहत बाँड्न साँखु पुगेका छन् तर त्योभन्दा माथि गएका छैनन्, गोंगबु पुगेका छन्, त्यहीँ धर्मस्थली पुगेका छैनन्,' काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले भने, 'सजिलो ठाँउमा पुगेको छ, गाह्रो ठाउँमा कोही गएका छैनन्।'

उनका अनुसार काठमाडौंका साँखु, पताप, धर्मस्थली, गोलढुंगा, रामकोट, सीतापाइला, माछापोखरी, बालाजु, गोंगबु, सतुंगल, बसन्तपुर दरबार स्क्वायर लगायत क्षेत्र सबैभन्दा बढी प्रभावित छन्। अहिले सबै क्षेत्रमा गरी करिब ३० हजार त्रिपाल वितरण गरिएको छ। अझै त्रिपालको माग उत्तिकै छ। खाद्यान्नको व्यवस्था भने भइसकेको छ।

'हामीले शनिबारबाट किरिया खर्चबाट ४० हजार रुपैयाँ पनि बाँडन सुरु गर्यौंख,' साँखुको पूर्वमा रहेको पतापमा राहत वितरण गरेर फर्किदै गरेका अर्यालले भने।

भक्तपुरमा खटिएका सचिव पौडेलले जिल्लाका विभिन्न स्थानमा चिनियाँ र भारतीय संघ–संस्थाले पीडित परिवारलाई साँझ–बिहानको खानाको व्यवस्था गरिरहेको जानकारी दिए। भक्तपुरको महेश्वरीमा चिनियाँ संस्था दैनिक दुईपटक १७ सय जनालाई खाना खुवाइरहेको छ। 'सामग्रीहरूको आपूर्ति ती संस्थाले गरेका छन्। मेस सञ्चालनको काम पीडितहरूले नै गरिरहेका छन्,' उनले भने।

त्यस्तै, सिद्धि मेमोरियल हस्पिटल नजिकैको भेलुखेलमा पंजाबीले शुक्रबारदेखि मेस सञ्चालन गरिरहेका छन्। यिनले पनि सयौंको संख्यामा दैनिक खाना खुवाइरहेका छन्। 'त्यसैले जिल्लामा अहिले तत्काल खाद्यान्नको अभाव छैन, अहिले चाहिएको त्रिपाल नै हो,' पौडेलले भने।

उनले धेरै क्षति भएको स्थानमा शिविर स्थापना गर्न पहल भइरहेको जानकारी दिए। भत्किएका संरचना सफा गरेर शिविर तयार गर्ने र त्यसमा सोलार बत्ती, टुकी र मोबाइल चार्ज गर्न आवश्यक ब्याट्री खरिद गर्ने प्रक्रिया अघि बढाउने पौडेलले जानकारी दिए।

साहका अनुसार ललितपुरको खोकनामा पनि नयाँ दिल्लीस्थित गुरुद्वारासँग समन्वय गरेर पंजाबीले खानाको मेस सञ्चालन गरिरहेका छन्। दैनिक करिब पाँच हजार विस्थापितलाई साँझ–बिहान खाना खुवाइरहेका छन्। पाँच दिनदेखि नियमित खानाको व्यवस्था छ। 'सबै सुविधा अलि सुगम ठाउँमा मात्र छ,' उनले भने, 'राहत दिन चाहने व्यक्ति, संघ–संस्था र समूहले जिल्ला प्रशासनलाई जानकारी दिएर मात्र राहत वितरण गर्दा कहीँ नपुग्ने र कहीँ धेरै हुने समस्या कम हुन्छ।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस