सिन्धुपाल्चोक- महाभूकम्पले तहसनहस पारेको एक साता बितिसक्दा पनि सिन्धुपाल्चोकका विकट भेगमा राहत, उद्धार र स्वास्थ्य सेवा पुग्न सकेको छैन। राजधानीमा जस्तो प्रविधि र जनशक्ति नहुँदा हप्ताभर लगाएर पनि यहाँका ग्रामीण भेगमा एकतले कच्ची घरले पुरिएका शव निकाल्न हम्मे परेको छ। मानिस र पशुका शवको दुर्गन्ध बढ्दो छ। आहारको पर्खाइमा भौंतारिएका पीडितहरु सरकार र सहयोगी टोली आउलान् भनेर बाटो कुरेका छन्।'अस्थायी छाप्रोको बसाई र अस्वस्थ खानपानले बिरामी पर्ने समस्या थपिएको छ।' जिल्ला विकास समिति सिन्धुपाल्चोकका इन्जिनियर शेरबहादुर राईका अनुसार समयमा राहत सामग्री नपाउँदा पीडितहरु आक्रोसित छन्।
पीडितले चौतारा जाने सडकमा राहत सामग्रीका ट्रक रोकेर विरोध गरेका छन्। जल्केनीमा सडक अवरोध गरेर राहत सामग्री बोकेका ट्रक अगाडि पीडित स्थानीय लम्पसार परेका राईले बताए। नेपाली सेना र प्रहरीले स्थानीयको अवरोध हटाएर अघि बढ्नुपरेको थियो। यस्ता अवरोध र आक्रोश बढ्दो छ।
मेलम्ची बजारबाट उकालो लाग्ने राहत सामग्री बोकेका सवारी भूकम्पपीडितको निसानामा पर्ने गरेका छन्। 'व्यक्तिगत खर्चले ल्याएका सामान पनि खोसिने अवस्था छ,' सूर्यकोटका रमेश तिमिल्सिनाले भने, 'गाउँमा भोकमरीले मान्छे छट्पटाएका छन्।' गाउँले अगुवाहरुकै सक्रियतामा आफ्नै खर्चले ल्याएको राहत सामग्रीले केही दिनको भोकमरी टारेको उनले सुनाए।
चिकित्सक टोली विकट भेगमा पुग्न हम्मे छ। 'जता हेर्योु घाइते र बिरामीहरु छन्,' बाहुनेपाटीका स्थानीय हेमबहादुर कार्कीले नागरिकन्युजसँग भने, 'सुगम भेगमै घाइतेहरुको चाप छ, दुर्गम हेर्ने कसले हो?' सामान्य उपचार र औषधि पनि नपाएर घाउ पाक्ने र संक्रमण बढ्ने समस्या रहेको सुनाए।
सरकारका प्रतिनिधि र नेताहरुलाई पीडितले भेट्न र दुःख सुनाउन चाहेका छन्। 'बाबु हो न आत्याओ हामी छम् भन्दिए पनि कति आधार हुन्थ्यो,' बाडेगाउँकी सावित्रा शर्माले भनिन्, 'अहिलेसम्म हामीलाई सोधपुछ गर्न कोही आएन।'
भिडियो हेर्नुस्: