गाउँ छिर्दै सहयोगी हात
२१ वैशाख २०७२
•
८ मिनेट पाठ
गाउँ छिर्दै सहयोगी हात
काठमाडौं-वसन्तपुर दरबार क्षेत्रको सरसफाइमा उनले लामो समय काम गरे। त्यहाँ पार्किङ र कन्सर्ट रोक्नुपर्छ भन्ने अभियानमा पनि लागिरहे। उनले माया गरेको त्यही बसन्तपुर क्षेत्र जब भुइँचालाले क्षतिग्रस्त भयो, उनी जुटिहाले उद्धार र व्यवस्थापनमा।youth on work in Kathmandu durbar sq area 1

झोछेँका स्थानीय गणपतिलाल श्रेष्ठले यसका लागि आफूजस्तै युवाको सञ्जाल बनाएका छन्, जो वसन्तपुर लगायत क्षेत्रमा भग्नावशेषमुनि च्यापिएका व्यक्तिको उद्धार, राहत वितरण र भत्किएका इटा, ढुंगा व्यवस्थापनमा दिनरात खटियो। त्यहाँको स्थिति सामान्य बनेपछि यही टोली वसन्तपुर बाहिरका स्थानमा पनि उद्धार कार्यमा जुट्न थालेको छ।
‘भुइँचालोले देशका धेरै भाग प्रभावित भएकाले हामीले एक ठाउँमा मात्र सीमित रहन उचित ठानेनौं,' गणपतिले नागरिकसँग भने, ‘वसन्तपुरको अवस्था सामान्य बन्दै गएपछि हामी विकटका बेसहारालाई सहारा दिने अभियानमा लागेका छौं।'
कुनै संघ–संस्थामा आबद्ध नरहेको यो स्वतन्त्र समूहले वसन्तपुर सँगसँगै स्वयम्भू, असन, ओमबहाल, टेकु, साँखु, ललितपुरको बुंगमतीका साथै काभ्रेका क्षतिग्रस्त स्थानमा पनि उद्धारकर्मी खटाएको छ, आफ्नै साथीहरू मध्येबाट। सोमबार उनीहरू काठमाडौंबाट करिब ७० किलोमिटर दुरीमा रहेको नुवाकोट, कल्याणपुर–१ मा औषधि लिएर गए। यी सबै अभियानमा गणपति भ्याएसम्म आफैं पुगिरहेका छन्।
‘यहाँ २५ देखि ३० वटा घर क्षति भएका छन्, करिब ६ जनाको मृत्यु भएको जानकारी पाएका छौं,' गणपतिले सोमबार साँझ कल्याणपुरबाट टेलिफोनमा नागरिकसँग भने, ‘विदेशबाट आएका केही औषधि लिएर चिकित्सक र नर्ससहित यहाँ आएका हौं।' औषधिसहित तीन गाडी र १० वटा मोटरसाइकलमा नुवाकोट पुगेको समूहमा ३५ जना छन्।
गणपति सयोजकत्वको यो समूह मात्र होइन, यस्ता दर्जनौं युवा समूह क्रियाशील छ, जो सहरबाट गाउँ पसिरहेको छ, भूकम्पपीडितहरूको घाउमा मलम लगाउन। सामाजिक सञ्जाल फेसबुक र टि्वटरमा छलफल गरेर पनि धेरै युवा प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण गर्न पुगेका छन्।
वसन्तपुरका उज्ज्वलभक्त माथेमा पनि आफ्ना केही विदेशी साथीसँग खोकना पुगेका छन्, त्यहाँका गाउँलेको सेवा गर्न। उनी सोमबार मात्र हङकङबाट काठमाडौं आएका हुन्। ‘मेरो परिवार सुरक्षित छ, तर धेरै जना असुरक्षित देखेर मेले आफूलाई थाम्नै सकिनँ,' आइतबारसम्म दरबार क्षेत्रबाट शव हटाउने, मन्दिरका काठदाउरा र इटा पन्छाउन व्यस्त उनले भने, ‘अब केही टाढा पुग्ने योजना गरिरहेका छौं।' यो अभियानमा उज्ज्वल एक्ला छैनन्। गणपतिजस्तै उनीसँग पनि २० जनाको समूह सक्रिय छ।
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर वैशाख १२ गते ७.९ म्याग्निच्युडको भूकम्प गएयता सरकारले १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। काठमाडौं उपत्यकाबाहिरका प्रभावित जिल्लामा अझै सरकारी राहत पुग्न सकेको छैन। युवा समूह स्वस्फुर्त ढंगले उद्धार अभियानमा सक्रिया भइसक्दा पनि सरकारको कर्मचारी संयन्त्रले प्रभावकारी काम गर्न सकेको छैन। बरु सुरक्षा निकायहरूले आफ्नो प्रभावकारी उपस्थितिको अनुभूति गराएका छन्। सुरक्षा निकायहरू सबैतिर पुग्न सम्भव नहुने अहिलेको परिस्थितिमा सहरका क्रियाशील युवा समूहलाई नै संयोजन गरेर गाउँगाउँ पुर्यामउन सके प्रभावकारी हुन सक्ने देखिएको छ।

sahyogi hat
‘सरकारले संयोजन गर्ने हो भने अहिले काठमाडौंमा सक्रिय युवा समूहलाई गाउँगाउँ पठाउन सकिन्छ,' विवेकशील नेपालीका अध्यक्ष उज्ज्वल थापाले नागरिकसँग भने, ‘हामी भूकम्प गएकै दिनदेखि आफ्नै तालले हिँडिरहेका छौं। सरकारले नै अनुरोध गरेको भए झन् बढी सहयोग गर्न सकिन्थ्यो। कतिपय पीडितहरूको ठाउँ हामी पत्ता लगाउन सक्दैनौं। यसले सही ठाउँमा पुग्न ढिला हुन्छ।'
उनका अनुसार करिब एक हजार स्वयंसेवक गोरखा, धादिङ, सिन्धुपाल्चोक लगायत प्रभावित जिल्लामा काम गरिरहेका छन्। ती समूहले सुरुमा काठमाडौंलाई केन्द्र बनाएका थिए। भूकम्पको तेस्रो दिनबाट उनीहरू बाहिर जान थालेका हुन्। सरकारले आधिकारिक जानकारी नदिँदा सञ्चारमाध्यममा आएका सूचनाका आधारमा सबै गाउँतिर लागेको उनले बताए।
युवाहरू स्वस्फुर्त गाउँ छिरे पनि सरकारले भने त्यसलाई समन्वय गरेर व्यवस्थित ढंगले परिचालन गर्न सकेको छैन। ‘सरकारले सूचना नै जारी गरेर युवाहरूलाई अनुरोध गरेको छैन, तर आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेको छ,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने, ‘उनीहरू स्वयंसेवकका रूपमा विभिन्न गाउँ गइराखेका छन्् जुन निकै राम्रो कुरा हो।'
भूकम्पले गाउँमा माटो र ढुंगाले बनेका ९९ प्रतिशत घर भत्किएको उनले जानकारी दिए। यीमध्ये, कतिपय ठाउँमा घर भत्किएका छन्। त्यसमा पुरिएका सामान निकाल्न पीडितहरूलाई अप्ठ्यारो परेको छ। यो अवस्थामा स्वयंसेवकले महत्वपूर्ण भूमिका खेल्न सक्ने ढकालले बताए।
प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्वदेशी तथा विदेशी स्वयंसेवकले सेवा दिन सक्ने व्यवस्था रहेको उनले बताए। ‘सरकारले हरेक कुरा भन्न भ्याएको छैन। हामी सबै प्रभावित छौं,' उनले भने, ‘त्यसैलै सक्दो सहयोग गर्नु नै प्राथमिकतामा छ। रेडक्रस, लायन्स क्लबजस्ता अन्तर्राष्ट्रिय संस्थाले पनि आफ्नो रुचिअनुसार काम गरिरहेका छन्।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस