काठमाडौं-महाभूकम्पले देशभर जनधनको ठूलो नोक्सान पुर्याएपछि यसको उद्धार र जोखिम न्यूनीकरणमा विभिन्न सुरक्षा निकाय जोडतोडले सक्रिय छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी घाइतेको उद्धार, भग्नावशेष उत्खनन् र व्यवस्थापन, जोखिम न्यूनीकरणजस्ता भूमिकामा आफ्नो ज्यानै नभनी अहोरात्र खटिइरहेका छन्। यसक्रममा उनीहरूले भग्नावशेषमा पुरिएका थुप्रैको ज्यान बचाइदिएका छन्।
सैनिक प्रतिष्ठान, खरिपाटी, भक्तपुरका प्रमुख सहायकरथी शशिचन्द्रबहादुर सिंह तिनैमध्ये एक सुरक्षाकर्मी हुन् जसले जीवितै उद्धार गरेर भक्तपुरबासीको कृतज्ञता बटुल्यो।
सिंहकै नेतृत्वमा भक्तपुर क्षेत्रबाट मात्र भग्नावशेषमा गम्भीर अवस्थामा अड्केका ६८ र सामान्य अवस्थामा रहेका सयौंको उद्धार भयो। भग्नावशेषबाट ९२ शव निकालिए।
भक्तपुरमा महाभूकम्पका कारण मृत्यु हुनेको संख्या २ सय ८५ पुगिसकेको छ। भक्तपुर नगरपालिका क्षेत्रमा उद्धार कार्यको नेतृत्व सिंह नेतृत्वकै गणले पाएको थियो। उद्धार र जोखिम न्यूनीकरणकै क्रममा सोमबार चाँगुनारायण–११ पुगेका सिंहले भने, ‘स्थानीयको सहयोगमा उद्धार र जोखिम न्यूनीकरणका काम तीव्र गतिमा जारी छ।'
भूकम्पपछिको अवस्थामा भक्तपुरका विभिन्न ठाउँ पुगेर उद्धारमा रातदिन खटिएका विपद व्यवस्थापन १ नम्बर गण, सुन्दरीजलका सैनिक अनुभव :
उपेन्द्र पुडासैनी, मेजर
भूकम्प आउँदा चाँगुनारायण–११, पाल्टिरडाँछी, ब्रह्मखेलघरस्थित घरमै थिएँ, बिदा मनाउँदै। जमिन हल्लनासाथ गाउँमा कोलाहल मच्चियो। जताततैबाट घर भत्किएको बुङबुङ धुलो उड्न थाल्यो। मैले आफ्नो ड्युटी सम्भि्कएँ र तुरुन्तै अफिस लागेँ। किनकि, मेरो मुख्य जिम्मेवारी नै विपद व्यवस्थापन थियो।
ड्युटीमा खटिएपछि मात्र मैले ४ जना आफन्त गुमाएको खबर पाएँ। तर घर फर्कन मिलेन। भक्तपुर क्षेत्रमा धेरै क्षति भएको खबर आयो। १ सय ६० जनाको टोली लिएर म भक्तपुरतिर लागँे। भूकम्पका झट्का आइरहेका थिए। भक्तपुर पुग्नेबित्तिकै मूलढोकाबाट काम सुरु गरँे। दत्तात्रयलगायत अन्य क्षेत्रमा पनि विभिन्न टोली खटाएँ।
नजिकै भत्केको घरमा चार जना बच्चा पुरिएछन्। डोजर लगाएर निकाल्दा एउटालाई त दुई घन्टामै सकुशल निकाल्न सफल भएँ। दुई मृत अवस्थामा भेटिए। अर्का एक जनाको स्थिति पत्ता लागेन।
साँझ चार/पाँच बजेतिर हामीले हराइरहेको बच्चा खोज्न सुरु गर्यौं्। पाँच तलाको पुरानो घर, भित्तातिर पाँच/सात मिटर खुला ठाउँ थियो। बच्चा दोस्रो तलामा पुरिएको भन्ने थाहा भयो।
घरको पूर्वी र पश्चिमतिरको भित्ता धराप भएर अडिएको थियो। भूकम्पको धक्का आइरहेकै थियो। आफू पनि सुरक्षित हुनु चुनौती थियो।
पाँच/छ घन्टा लगातार काम गर्दा पनि बच्चा भेटिएन। शनिबार राति ११ बजे फेरि ठूलो भूकम्प गयो। ‘हामी तपाईंहरूसँग छौं' भनेर सम्झाउन थाल्यौं। सबै आत्तिएका थिए। त्यहाँका जनतालाई सुरक्षित ठाउँमा बसायौँ।
बच्चाका आमाबुबा जसरी पनि बच्चा निकालिदिनुस् भनेर कराइरहेका थिए। त्यस दिन केही काम हुन सकेन। सल्लाघारीको तीनकुने फर्केर खाली चौरमा रात काट्यौं।
अर्को दिन बिहान साढे पाँच बजे नै त्यहाँ पुगेर बच्चा खोज्न थाल्यौं। करिब साढे सात बजेतिर एक्कासि भित्र बच्चा रोएको सुनियो। बच्चा सकुुशल रहेको पत्ता पाएपछि उद्धारमा अझ उर्जा थपियो।

अझ बढी संयमित भएर काम अघि बढायौं। करिब १० बजेतिर त्यो बच्चालाई सकुशल निकाल्न सफल भयौं। बच्चा निकालेर उसका आमाबुबालाई जिम्मा लगाउँदा गर्व महसुस भयो।
उद्धारक्रममा म आफैं पनि तीन ठाउँमा जोखिममा परेँ। जीवन नै रहन्न कि जस्तो लागेको थियो। १२ र १३ गते धेरै चुनौती थियो। भक्तपुरका गल्ली धेरै खतरनाक थिए। बल्लबल्ल छिरिने ती गल्लीमा पाँच/साततले पुराना घर धराप बनेका थिए, आधा भत्किएर अडिएका।
च्यामासिंहबाट दत्तात्रेय जाने बाटो, सुकुलढोका र मूलढोका क्षेत्रमा यस्तै अवस्थाबाट जोगिन पुगँे। स–साना धक्काले पनि इँटा, काठका टुक्रा, जस्ता र भित्ता नै खसेर आफैँ परिने हो कि भन्ने डर थियो।
आइतबार दिउँसो ठूलो भूकम्प आउँदा च्यामासिंहकै गल्लीमा थिएँ। एक्कासि जमिन र वरपरका घर हल्लन थाले। इँटाहरू खस्न थाले। भागेर गल्लीबाहिर आयौं। आउँदा–नआउँदै केही घर भत्किए।
‘यहाँनिर दराज छ, यहाँनिर मेरो पैसा छ, निकालिदिनुपर्यों भन्दै धेरै आउन थाले। अहिले पनि यस्तै आपतमा परेकालाई सघाउँदै भक्तपुरका विभिन्न गल्ली घुमिरहेका छौं।
शेरबहादुर शाही, उपसेनानी
भूकम्प आउनेबित्तिकै मेरो नेतृत्वमा एउटा टोली भक्तपुर, मूलखर्कमा खटियो। धेरै घर भत्किए पनि मानवीय क्षति थिएन त्यहाँ। त्यहाँबाट मानवीय क्षति भएको ठाउँ भक्तपुर आयौं।
तौलासी इलाकामा धेरै पुराना घर भत्किएका थिए। धेरै मान्छे पुरिएका थिए। उद्धारको काम सुरु गर्यौंद। कम्पन भइरहेको थियो, घरहरू हल्लिरहेका थिए। पुरिएका मान्छेलाई जिउँदै उद्धार गर्न सकिन्छ कि भनेर लागिरह्यौं।
तौलासी–२, समाजसुधार विद्यालय अगाडि भग्नावशेषबाट पाँचवटा शव निकाल्यौं। दुई महिला, तीन पुरुष। भर्याुङबाट झर्दैगर्दा च्यापिएका थिए। ७५ वर्षकी वृद्धा खाटमा सुतिरहेको अवस्था पुरिएकी थिइन्। पहिलो झट्कामै भत्किएका थिए त्यहाँका संरचना। धेरैका अन्नपात निकालिदिएँ। नआत्तिन सल्लाह दिएँ।
विकास केसी, सिपाही
भूकम्प आएकै दिनबाट उद्धारमा खटिएँ। भक्तपुर, च्यामासिंह पुग्दा मान्छे रोहिरहेका थिए। एकै घरका दुई परेका रहेछन्। उनीहरूलाई जिउँदै निकाल्न सकिएन। दत्तात्रयमा यस्तै अवस्था भयो। त्यहाँबाट पनि केही शव निकालेँ।
एउटा भत्किएको घरभित्र बच्चा अड्केको रहेछ। टेबुलमुनि रहेको चारमहिने शिशु उद्धार गर्दा निकै खुसी लाग्यो, सबैले धन्यवाद दिए।
भक्तपुरको त्यस क्षेत्रमा धेरै धराप थिए। सानो बाटो, भाग्न पनि नसकिने। दस जना दौडन पनि नसकिने। दुईतिरका घरले च्यापिएला भन्ने डर। च्यामासिंहको भित्रपट्टि एक गोलो घर थियो। त्यो घरमा मान्छे अड्केको थाहा पाएँ। बाहिर केही नभएको, भित्रपट्टि सबै घर भत्किएको रहेछ। त्यहाँबाट दुइटा लास निकालेँ।
बिहानदेखि बेलुकासम्म खटिएका छौं। प्लास्टर घरबाट उद्धार गर्न अलि गाह्रो, माटाका घरमा भन्दा। अवस्था हेरेर एकदेखि दुई दिन लगाएर पनि उद्धार गर्यौंत।
गाईबस्तु धेरै पुरिएका थिए। पोख्रेलगाउँमा तीनवटा सिनो निकालेँ। दुर्गन्ध फैलिएर त्यहाँ जानै नसक्ने अवस्था थियो। भागाभाग नै भयो। कतिले वान्ता गरे। पशु कार्यालयबाट केमिकल मागेर फिनेल, चुना लगाएर बल्लबल्ल निकालेँ। कति लासबाट गन्ध आइरहेका थिए। ड्युटी नै यही हो भनेर खटियौं। जोखिम न्यूनीकरण गर्न चर्केका, भत्कन लागेका घर भत्काउँदैछौं। चाँगुनारायणलगायत ठाउँका धेरै घर भत्कासक्यौं। भक्तपुरमा उद्धार कार्य लगभग सकिएको छ। अहिले धराप पन्छाउने काम भइरहेको छ।
नौ वर्ष भयो सेनामा जागिर खाएको। आफ्नो घर काभ्रेमा उस्तै क्षति छ, मेरै घर पनि भत्केको छ। परिवारलाई भेट्न जान पनि सकिएको छैन। घरबाट फोन आउँछ। जाने इच्छा त छ तर यो अवस्थामा तेरोमेरो भन्नु भएन। धेरै नेपाली पीडित छन्। हाम्रो दाहित्व नै विपदमा सबै जनताको उद्धार गर्नु हो।
तेजबहादुर बस्नेत, जम्दार
भूकम्प आउँदा सुन्दरीजलमै थिएँ। जमिन थर्किन थालेपछि बाहिर एकै ठाउँ जम्मा भयौं। सेनानी उपेन्द्र पुडासैनीको नेतृत्वमा दुई गुल्म खटिए। तत्काल भक्तपुर आएर कमलविनायक, ख्वप, चाँगुनारायण, ब्यासी, च्यामसिंहलगायत क्षेत्रमा उद्धारमा लाग्यौं। त्यहाँ घर भत्केको, मान्छे पुरिएको खबर थियो। पराकम्पनले उद्धारमा असर गर्दै थियो। निरन्तर आइरहेको भूकम्पबाट बच्न सुरक्षित ठाउँमा बस्नुपर्योग।
एकै ठाउँ दर्जनौं घर भत्किएका थिए। ती घरमा मान्छे पुरिएका थिए। ब्यासी, च्यामसिंह क्षेत्रमा धेरै प्रभाव परेको थियो। त्यहीँ केन्द्रित भयौँ। भग्नावशेषमा आफ्ना विभिन्न सामान, धन, सुनचाँदी पुरिएको गुनासो गर्न थाले स्थानीय। ‘सात तोला सुन, १२ तोला चाँदी, २ लाख पैसासमेत भेटेर सम्बन्धितलाई बुझायौं। स्थानीयले पनि सहयोग गरे। सबैले हाम्रो प्रशंसा गरे। सेनामा लागेको २० वर्षमा यति ठूलो विपद सहनुपरेको थिएन।
यसअघि उनी सुनकोसीमा गएको पहिरोमा पनि खटिएको थिएँ। ताल फुटाउने काम पनि गरेँ। प्राकृतिक विपद सामना गर्नुको विकल्प छैन। यही बेला हो, हामीले गरेर देखाउने।

बालकलाई जिउँदै निकालेँ

मान्छे च्यापिएको अवस्थामा भेट्दा

सिनो गनाइरहेको थियो

सात तोला सुन, २ लाख पैसा खोजेर दियौं