एक छाक खाएर गुजारा गर्दै बारपाकका भूकम्पपीडित
२४ वैशाख २०७२
•
७ मिनेट पाठ
एक छाक खाएर गुजारा गर्दै बारपाकका भूकम्पपीडित
बारपाक (गोर्खा)–भूकम्प प्रभावित क्षेत्रमा यतिबेला राहत सामग्रीको खोसाखोस छ। पीडितहरु सक्दो धेरै खाद्यान्न र आवश्यक सरसामान माग गर्दै राहत वितरण केन्द्रहरुमा धाउने गरेका छन्।राहत बोकेका गाडी बाटोमै अबरोध गरेर पनि राहत लिएका छन्।




तर, भूकम्पको केन्द्रबिन्दु गोर्खाको बारपाक गाउँको अवस्था बेग्लै छ। यहाँका पीडित राहत माग्न भन्दा भत्केका घरमा पुरिएका सामान खोस्रेर तत्कालको खाँचो टार्न सक्रिय छन्। हुनेले नहुनेलाई पैँचो दिएर छाक चलेको छ। दिनको एकछाक खाएर पनि यहाँका पीडितले धैर्यता साँधेका छन्।

teknarayan

भत्केको घरमा पुरिएको धान निकाल्दै प्रहरी

बारपाक गाउँको मध्य भागमा रहेको खेल मैदानमा दैनिक सरदर पाँचपटक हेलिकप्टर आउजाउ गर्छ। धेरैलाई लाग्छ बारपाकमा राहत सामान खसेको खस्यै छ। तर यथार्थ के हो भने बारपाक गाउँमा भूकम्पको तेह्रौं दिन बितिसक्दासम्म चामलको एक दाना पनि बाँडिएको छैन। बारपाक गाविसकै प्रभावित गाउँहरु मान्द्रे र पोखरेका स्थानीयले दिनभर हिडेर बालुवाबाट राहत बुझेका छन्। तर हजार घर भएको बारपाक गाउँमा अहिलेसम्म राहत चामल बाँडिएको छैन।

बारपाकका लागि आएको २५ केजीका १६ बोरा चामल पाँचदिनदेखि गाउँकै सैनिक क्याम्प अगाडी अलपत्र छ। 'हजार घरलाई यो चामल प्रसाद पनि पुग्दैन,' गाउँका अगुवा हरिबहादुर घलेले भने, 'थप चामल आएपछि बाँड्ने भनेर थन्क्याएर राखिएको छ।' उनले गाउँलेहरु समस्या दबाएर धैर्य भएर बसेका बताए।

प्रधानमन्त्री सुशील कोइराला पुगेको दिन मंगलबार माथिल्लो गाउँ लाप्राकका लागि भन्दै ३१ बोरा चामल बारपाक झारिएको थियो। 'लाप्राकमा मौशम खराब भएर यहाँ झारिएको हो,' नेपाली सेनाको बारपाक अपरेटिङ बेस क्याम्पका प्रमुख सेनानी सुनिल सिंह राठौरले नागरिकन्युजसँग भने 'अर्कोदिन लाप्राकबाट पीडितहरुको टोली आएर सबै चामल लगेका छन्।' राठौरले बारपाकका स्थानीयको धैर्यता देखेर चकित परेको बताए। 'अन्यत्र सामान खोसाखोस भएको सुनिए पनि बारपाकको अवस्था त्यस्तो छैन', उनले भने, 'गाउँलेले आफै सामान जुटाएर गुजारा चलाएका छन्।'
teknarayan1

भत्केको घरबाट निकालिएको धान

सुरुमा आएको ४ सय ५० त्रिपाल, चिउरा, चाउचाउ र बिस्कुट बाहेक बारपाक गाउँमा अन्य राहत वितरण नभएको बारपाक स्वास्थ्य चौकीका इन्चार्ज अनिल कुमार शाहले बताए। 'नेपाली सेना र भारतीय सेनाले औषधि उपचारको पुरै जिम्मा लिएको छ,' शाहले भने 'हाम्रो चौकीमा पीडितका लागि भनेर एक पत्ता औषधि आएको छैन।'स्थानीय मीनबहादुर गुरुङका अनुसार गाउँमा दिनको दुई बजे खाने नियम बसेको छ। 'एक छाक खाएर गुजारा चलाउने धेरै छन्,' उनले भने 'टोलका घरहरु मिलेर एकै ठाउँ पकाएर दिउसो दुई बजे एकछाक भात खाएर दिन बित्छ।'

पूर्ण सुनारले राहतका नाममा एकघरले दुईवटा बिष्कुट र चाउचाउ–चिउरा मिसाएर एकमाना पाएको बताए। 'एक बिहान बच्चाहरुलाई पुग्ने खाजा पनि भएन त्यो,' उनले भने, 'बारपाकमा प्रसस्त राहत आएको भनेर बाहिर देख्नलाई मात्रै हो।' अर्का जयबहादुर घलेको पनि पीडा उस्तै छ। 'मैले त चामल मात्रै हैन बिष्कुट, चाउचाउ र पाल पनि पाएको छैन।'

बारपाकका लागि भनेर सडक मार्गबाट जाने राहत सामग्री बालुवा बजारभन्दा अगाडि पुगेको छैन। बालुवा बजारदेखि उता पहिरोले सडक अबरुद्ध छ। भारी बोकेर बारपाक पुग्न दिनभर हिडेर पनि संभव छैन। 'सडक मार्गबाट बारपाकमा राहत सामान ल्याउन अहिले संभव छैन,' प्रमुख सेनानी राठौरले भने 'हेलिकप्टर बाहेक यहाँ सामान झार्ने अर्को बिकल्प छैन।'

हेलिकप्टरमा भिआइपी र विदेशी पत्रकार

बारपाकमा भारतीय सेनाको हेलिकप्टरले दैनिक सेवा दिएको छ। पोखरा विमानस्थलमा आधा दर्जन भारतीय सैनिक हेलिकप्टर छन्। ती सबै हेलिकप्टर मुख्यतः गोर्खाकै लागि परिचालन गरिएका छन्। सुरुका दिनमा घाईते ओसार्न, उद्धार टोलि र प्राथमिक राहत पुर्‍याउन अधिक उडान हुने हेलिकप्टर अचेल दिनभरजसो पोखरा विमानस्थलमै 'होल्ड'मा बस्छन्।

'भारतीय हेलीमा बढी त विदेशी पत्रकार ओर्लन्छन्' एक सैनिक अधिकारीले नागरिकन्युजसँग भने 'नेपाली सेनाको हेलीमा नेता र भिआईपीहरु हुन्छन्।' उनले फर्कदा बिरामी र गाउँलेहरु हेलिकप्टरमा पोखरा पुग्ने गरेका बताए। सेना, प्रहरीका लागि चाहिने खाद्यान्न, औषधि र अन्य बन्दोबस्तीका सामान हेलिकप्टरबाट ओर्लन्छ।

नेता, विदेशी पत्रकार, सेनाका उच्च अधिकारी, उच्च तहका कर्मचारी सवार हुने हेलिकप्टरमा अचेल स्थानीयको चासो छैन। 'बारपाकमा राहत सामान झरेको झर्यै छ भनेर अरुका आँखा पाकेका छन्,' स्थानीयको गुनासो छ 'हामीले एकदाना चामल पाएको छैन।'
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस