अहोरात्र भूकम्प नाप्दै प्राविधिक
२४ वैशाख २०७२
•
१६ मिनेट पाठ
अहोरात्र भूकम्प नाप्दै प्राविधिक
काठमाडौं-भनिन्छ, जनावर र पशुपक्षीले भूकम्प जाँदैछ भन्ने पूर्वसंकेत पाउँछन्। भूकम्प जानु केही सेकेन्डपूर्व नै चराचुरुंगी उड्न थाल्छन्, गाईबाख्रा कराउन थाल्छन्, कुकुर भुक्न थाल्छ।
राजधानीको लैनचौरस्थित खानी तथा भूगर्भ विभाग परिसरमा रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रमा पनि १४ गतेयता एउटा कुकुर निरन्तर भुकिरहेको छ। केन्द्रप्रमुखको कार्यकक्षकै छेउ बाँधिएको यो कुकुर नयाँ व्यक्ति देख्नेबित्तिकै भुक्न थाल्छ।केन्द्रले भूकम्पबारे पूर्वसूचना पाउन त्यहाँ कुकुर बाँधेको होइन। केन्द्रमा भूकम्पका धक्का, तिनको ऊर्जा र केन्द्रबिन्दु पत्ता लगाउने थुप्रै उपकरण र यन्त्र छन्। प्राविधिक पनि छन् जो अहोरात्र खटिइरहेका छन्।
केन्द्रप्रमुख लोकविजय अधिकारीलेे आफ्नै घरमा पालेको कुकुर हो त्यो। भूकम्पको दोस्रो दिन उनको परिवार कुकुरलाई छिमेकमा छाडेको खबर गरेर सुर्खेत गएका थिए। त्यही दिन राति ९ बजे उनले आफ्नो कुकुरलाई कार्यालयमै ल्याएर राखेका हुन्।




lok bijaya office ma
‘यो मेरो सधैंको चौकीदार हो। भूकम्पपछि यो अलपत्र पर्‍यो, यसको सुरक्षा मेरो पनि दायित्व हो,’ अहोरात्र भूकम्पमापनमा खटिइरहेका अधिकारीले बुधबार साँझ नागरिकसँग भने, ‘त्यसैले यहीँ लिएर आएँ। कार्यालयमा पनि यो मेरो साथी भएको छ।'
यो घटनाले नै छर्लंग पार्छ, शनिबारको ७.६ म्याग्निच्युड स्केलको शक्तिशाली भूकम्पपछि केन्द्र प्रमुख अधिकारीको दैनिकी फेरिएको छ।
भूकम्प आएको दिनदेखि घर छाडेका अधिकारी मंगलबार (एघारौं) दुई घन्टाका लागि मात्र घर गएको बताउँछन्। ‘यस्तो संकटका बेला कार्यालय छाड्ने कुरै आउँदैन,’ उनले भने, ‘हामी सबै कार्यालयमै छौं। भूकम्पको सूचना प्रवाह गरिरहेका छौं।’
शनिबार हतारहतार र त्रासमा कार्यालय छिरेका अधिकारीले आइतबार साँझ चार बजे मात्र एउटा केरा खाएको बताए। कार्यालय छिरेलगत्तै ६.६ म्याग्निच्युडको भूकम्पले अत्याएपछि केहीबेर बाहिर बस्न बाध्य भए उनी। साथमा थिए– उनकै घरमा डेरा बस्ने भाइ जो शनिबार दिनभर उनीसँगै थिए।
‘एकपटक बाहेक मैले केन्द्रको प्राविधिक कक्ष छाडिनँ तर भूकम्पका झट्का नियमित आइरहे,' उनले सुनाए।    
सामान्यतया शनिबार सरकारी कार्यालय बन्द हुन्छन्। मापनकेन्द्र पनि बन्द थियो। भूकम्पलगत्तै प्रमुखका हैसियतले उनी कार्यालय छिरे। उपकरणले तत्काल राम्ररी काम गरेनन्। त्यसपछि सुर्खेतस्थित क्षेत्रीय केन्द्रका प्राविधिकलाई डाटा अपलोड गर्न लगाएर यहाँबाट प्रोसेसिङ गरे। अनि बल्ल थाहा भयो, गोरखाको बारपाकमा ७.६ म्याग्निच्युडको भूकम्प गएको रहेछ।
त्यसपछि लगालग जान थाले भूकम्प। मध्याह्न बाह्र बजेदेखि राति बाह्र बजेसम्म चार म्याग्निच्युडमाथिका ३८ वटा भूकम्प गए। सर्वसाधारणमा त्रास बढ्दो थियो। ‘यस्तो अवस्थाको अनुभव हामी कसैलाई थिएन। त्यो दिन र क्षण मेरालागि निकै चुनौतीपूर्ण भयो,’ अधिकारीले भने।
साँझसम्म प्राविधिक उमेश गौतम, केन्द्रका अर्का फ्रान्सेली प्राविधिक एरिक सोभेच, विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटा, सिस्मोलोजिस्ट भरत कोइराला र अर्का सिस्मोलोजिस्ट रत्नमणि गुप्ता लगालग कार्यालय छिरे। 

crack building
‘अनि म ढुक्क भएँ, एउटा बलियो टिम बन्यो,’ अधिकारीले थपे, ‘हामीले सामूहिक रूपमा २४ घन्टासम्म खानपिनको पर्वाह नगरी काम गर्यौंब।’ लगातार आइरहेका भूकम्पको केन्द्रबिन्दु र म्याग्निच्युड पत्ता लगाउने काम धमाधम गर्न थाले। यी प्राविधिकले घडी त हेरे तर भूकम्पको समय पत्ता लगाउन मात्र। खाना खाने र सुत्ने समयको उनीहरूलाई कुनै पर्वाह भएन ।
‘पहिलो दिन शक्तिशाली भूकम्प गएर होला, कसैले फोन गरेनन्। सर्वसाधारण आफैँ त्रसित अवस्थामा पुगे,’ अधिकारीले भने, ‘दोस्रो दिनदेखि भने सेकेन्ड–सेकेन्डमा फोन आउन थाले। प्रत्येक झट्कामा फोन आउने र सोध्ने, कति रेक्टर? कहाँ सेन्टर? जबाफ दिँदादिँदा हैरान भइयो।’ उनको अनुभवमा सर्वसाधारण भूकम्प नाप्ने यन्त्रभन्दा पनि चर्को भइसकेका छन्। २.५ रेक्टर स्केलभन्दा माथिका धक्कामा समेत फोन गर्न थालेका छन्। हल्का धक्कापछि नै तारन्तार फोन आउन थाल्छन्।
भूकम्प जाने बढ्दो क्रमले यहाँ कार्यरत प्राविधिक अनिदो र बिरामी हुने अवस्था आएपछि फिल्डमा खटिएका प्राविधिकलाई पनि हतारहतार काठमाडौं बोलाइयो। स्टेसन स्थापना र डाटा संकलन गर्ने सिलसिलामा हुम्ला पुगेका केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईलाई रातारात काठमाडौं झिकाइयो।
‘भूकम्पको विवरण तयार पार्ने, रेकर्ड गर्ने र सूचना सार्वजनिक गर्ने काममा चुनौती थपिँदै गयो,' अधिकारीले भने, ‘त्यसैले उहाँलाई फिल्डबाट तुरुन्त बोलायौं।’ भट्टराई १४ गते हुम्लाबाट उडे र नेपालगन्जबाट त्यही दिन राति साढे दस बजे काठमाडौं ओर्लिए।
‘राति १२ बजे घरमा झोला राखेलगत्तै कार्यालय छिरेँ। त्यसको चार दिनपछि मात्र हात्तीगौंडास्थित घर गएँ,’ भट्टराईले भने। १३ दिन फिल्डमा काम गरेर आएका भट्टराई अहिलेसम्म लगातार ६ घन्टा नसुतेको बताउ“छन्। घरपरिवारसँग केही मिनेट भलाकुसारी गरेर तुरुन्त कार्यालय फर्किने क्रम जारी रह्यो।
अहिले पनि सबै प्राविधिक केन्द्रभित्रको तीनवटा कोठामा सुत्ने गरेका छन् जहा“ सबै किसिमका उपकरण र संयन्त्र जडान गरिएको छ। भुइँमा ओछ्यान लगाएर सुतिरहेका छन्। उनीहरूलाई खाना खुवाइरहेका छन्, कार्यालयका सहयोगी विष्णु नेपाल। बुधबारसम्म पनि केन्द्रमा सात जनाको समूह दिनरात खटिएको छ।
‘कार्यालयमै खान्छौं, यहीँ सुत्छौं,’ अधिकारीले कम्प्युटर र उपकरण कक्षतिर देखाउँदै भने, ‘यो क्रम कति दिन चलिरहने हो, थाहा छैन। यो संवेदनशील अवस्था पनि हो। स–साना धक्का अझै रोकिएका छैनन्।’
यहाँका प्राविधिकलाई सबैभन्दा कठिन अवस्था त्यतिबेला आयो, जति बेला सहर र ठाउँठाउँमा ठूला भूकम्प जाँदैछ भन्ने हल्ला र अफवाह फैलाइयो। यस्ता निराधार हल्लाले केन्द्रमा फोन आउने क्रम ह्वात्तै बढ्यो। यसलाई चिरफार गर्न सञ्चारमाध्यममा बोल्नुपर्ने बाध्यता बढ्यो। विशेषगरी भूकम्पको पहिलो साताको अन्तिम दिन यस्ता अफवाह धेरै फैलिए। यसरी हल्ला गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यो समस्या हटेको अधिकारीको अनुभव छ।    
एकातिर नियमित र ठूला झट्का, अर्कातिर सूचना प्रवाहको जिम्मेवारी यी प्राविधिक सबैका लागि चूनौतीपूर्ण भयो। त्यसैमा भूकम्पले चर्किएको भवनमा उनीहरू काम गरिरहेका छन्। निकै पुरानो भवन छ। गाह्रो, भित्ता र भुइँ ठा“उठा“उमा चर्किएका छन्।  
‘हामी त जोखिममा छौं–छौं, यहाँका सबै उपकरण र यन्त्र पनि जोखिममै छन्,’ विभागका उपमहानिर्देशक डा. सोमनाथ सापकोटा भन्छन्। उनका अनुसार केन्द्रका लागि छुट्टै भवन बनाउने प्रयास थालेको धेरै भइसकेको छ। तर टुंगोमा पुगिएको छैन।
‘अब यसरी काम गरेर हुँदैन,’ सापकोटा भन्छन्। यसो भनिरहँदा उनी विपतका बेला आफूहरूले सुविधा खोजेको चाहिँ होइन भन्छन्। उनी आफू पनि भूकम्पको दिनदेखि मंगलबार (हिजो) सम्म कार्यालयमै खाने र सुत्ने गरेका छन्।
‘ल हेर्नुस् है म लागेँ,’ उनले बुधबार साँझ सहकर्मी केन्द्रका प्रमुख अधिकारीलाई भन्दै थिए, ‘आज धेरै भूकम्प पनि गएको छैन।’ सधैं रातभर खटिएका उनी बुधबार भने छ बजे नै घर जाने तयारीमा थिए। अन्य प्राविधिक भने केन्द्रको प्राविधिक कक्षमै काम गरिरहेका थिए। कोही भने अस्थायी केन्द्र स्थापना गर्न फूलचोकी त कोही हेटौंडातर्फ लागेका थिए।
‘एकातिर भूकम्प गइरहेका छन्। अर्कोतर्फ अस्थायी स्टेसन स्थापनाका काम पनि भइरहेको छ। त्यसैले पनि काम मारामार छ,’ अधिकारीले भने। यति मात्र होइन, केन्द्रका प्राविधिकस“ग पछिल्ला दिनमा फोनमार्फत परामर्श लिने सर्वसाधारणको संख्या पनि बढेको छ।
‘चर्किएका घर बस्न हुन्छ कि हुँदैन? भनेर फोन गर्नेहरू त्यत्तिकै छन्। हामीले बुझेअनुसारको सुझाव दिइरहेका छौं,' अधिकारी भन्छन्।
उनको अनुभवमा नियमित झट्काले बालबालिकामा ठूलो असर परिरहेको छ। ती बालबालिका घरभित्र छिर्न मानिरहेका छैनन्। आफ्नो सन्तानलाई विश्वस्त र ढुक्क पार्न तिनका अभिभावकले केन्द्रका प्राविधिकलाई फोनमा कुरा गराइरहेका छन्।
‘छोराछोरीलाई सम्झाइदिनुपर्योक भनेर फोन गर्ने अभिभावक पनि थुप्रै छन्,’ उनले भने, ‘हामी केही हुँदैन घरभित्र ढुक्कसँग सुत। ठूलो भूकम्प आउँदैन भनेर सम्झाइरहेका छौं।’ काम भूकम्प नाप्ने र सार्वजनिक गर्ने भए पनि केन्द्रका प्राविधिक सर्वसाधारणलाई यसबारे परामर्श दिनमा पनि व्यस्त छन्।
अधिकारीका अनुसार देभभर गरी भूकम्पका तरंग नाप्ने २१ वटा साइस्मिक स्टेसन छन्। तीन स्टेसनको तथ्यांक रेडियो टेलिमेट्री पद्धतिबाट केन्द्रमा रहेको प्रमुख उपकरणमा आउ“छ। त्यो उपकरणमा आउनेबित्तिकै केन्द्र प्राविधिकका मोबाइलमा पनि भूकम्पको ‘अर्लाम' बज्छ।
त्यो उपकरणले त्यसलाई प्रोसेसिङ गरेर कम्प्युटरमा पठाइदिन्छ। यहा“का प्राविधिकले यसरी आएको तरंग कम्प्युटरमा हेरेर त्यसको म्याग्निच्युड, ठाउँ र समय पत्ता लगाउ“छन्। चार म्याग्निच्युडभन्दा माथिको भूकम्पको सूचना उनीहरूले आफ्नो वेबसाइटमा अपलोड गर्छन्। पछिल्लो समय यसरी गएका भूकम्पबारे केन्द्रले उद्योगमन्त्री, सचिव, गृहमन्त्री, गृहको दैवीप्रकोप व्यवस्थापन शाखा प्रमुख, सञ्चार सचिव, महानिर्देशक र उपमहानिर्देशकलाई समेत पठाउँछन्।
‘सरकारका सरोकारवाला निकाय र व्यक्तिहरुको चासो पनि ह्वात्तै बढेको छ,' अधिकारी भन्छन्। यसबीच मुख्यसचिव, गृहका सचिवले नियमित फोन गरिरहेका छन्।
‘सरकारी नियमअनुसार चलिरहेको केन्द्रलाई जुनसुकै दिन चौबिसै घन्टा सञ्चालन गर्ने योजना छ। कम्तीमा दुई जना प्राविधिकको उपस्थितिलाई अनिवार्य गर्ने काम पनि भइरहेको छ,' उपमप्रमुख भट्टराई भन्छन्, ‘चौबिसै घन्टा खाने र बस्ने सुविधा स्थापित गर्ने तयारी पनि छ।'  
सन् १९७८ मा पहिलोपटक फुलचोकी डा“डामा स्टेसन राखेर केन्द्रले काम सुरु गरेको हो। यसमा फ्रान्सको डिपार्टमेन्ट एनालाइसिस सर्भिलेन्स इन्भाइरोमेन्ट (डिएएसई) ले सहयोग गरिरहेकेा छ। हरेक ठूला झट्कापछि भूकम्प नाप्ने स्टेसन र उपकरण थपिँदै गएका छन्। सुर्खेतमा क्षेत्रीय मापन केन्द्र पनि स्थापना भइसकेको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस