काठमाडौं– राष्ट्रिय भूकम्पमापन केन्द्रले बिहीबार साँझ सात बजेसम्म चार म्याग्निच्युड स्केलभन्दा माथिका दुइटा भूकम्प रेकर्ड गरेको छ।
बिहीबार बिहानै ३:४२ मा नुवाकोट केन्द्रबिन्दु पारेर गएको ४.२ म्याग्निच्युड स्केलको भूकम्पले काठमाडौं उपत्यका पनि हल्लाएको थियो। केन्द्रप्रमुख लोकविजय अधिकारीका अनुसार केन्द्रबिन्दु नजिक भएकाले उपत्यकावासीले पनि यसको धक्का महसुस गरेका थिए। दोस्रो भूकम्प पनि बिहान ७ः५६ मा नुवाकोटै केन्द्रबिन्दु भएर गएको थियो। यसको मापन ४ म्याग्निच्युड स्केल रेकर्ड भएको छ।
'१३ दिनयता सबैभन्दा कम संख्यामा भूकम्प गएको बिहीबारै हो,’ अधिकारीले नागरिकसँग भने। उनका अनुसार चारभन्दा साना भूकम्प जानेक्रम भने निरन्तर छ। तिनमा तीनदेखि चारबीचका भूकम्प धेरै छन्।
केन्द्रका अनुसार १२ गतेयता २४ गतेसम्म चार म्याग्निच्युड स्केल भन्दा ठूला १ सय ४९ वटा भूकम्प रेकर्ड भएका छन्। यीमध्ये ३८ वटा भूकम्प १२ गते दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म आएका थिए। त्यस दिन ७.६, ६.६, ५.७ म्याग्निच्युड स्केललगायत ठूला भूकम्प गएका थिए।
यसैगरी अहिलेसम्म काठमाडौं केन्द्रबिन्दु भएर चार म्याग्निच्युड स्केलभन्दा ठूला भूकम्प ८ वटा गएका छन्। यीमध्ये सबैभन्दा ठूलो ४.६ म्याग्निच्युड स्केलको भूकम्प शनिबारै गएको थियो। त्यसपछि ४.५ म्याग्निच्युड स्केलको भूकम्प १४ गते गएको थियो।
हालसम्म गएका भूकम्पमध्ये चारदेखि पाँच म्याग्निच्युड स्केलबीचका भूकम्प धेरै छन्। चार म्याग्निच्युड स्केलभन्दा साना भूकम्प हजारौंको संख्यामा गएको केन्द्रले जनाएको छ। अहिलेसम्म गोरखा, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा र काठमाडौं केन्द्रबिन्दु भएका भूकम्प गएका हुन्।