काठमाडौं-महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकदेखि सय किलोमिटर हवाई दुरीमा रहेका अधिकांश पक्की पुल सुरक्षित रहेको प्रारम्भिक अध्ययनले देखाएको छ। यसबीचमा रहेका ३ सय ६३ वटा पुल अधिकांश सुरक्षित रहेको प्रारम्भिक अध्ययनको निष्कर्ष छ।बारपाकलाई केन्द्र मानेर चारैतिरको सय किलोमिटर क्षेत्रलाई भूकम्पको प्रभावित क्षेत्र मानेर पुलको अवस्था अध्ययन गरिएको हो।
सडक विभाग, पुल महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर नरेशमान शाक्यले भूकम्प प्रभावित क्षेत्रमा अनुमान गरिएभन्दा निकै कम क्षति भएको जानकारी दिए। ‘हामीले आजसम्म मुख्य–मुख्य राजमार्गका पुल हेर्यौंत,' उनले भने, ‘तिनमा खासै क्षति देखिएन, अब हामीले मंगलबारदेखि भित्री सडकमा भएका पुलको क्षति अध्ययन गर्छौं।'
शाक्यले पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ र मुग्लिङ–नारायणगढ खण्डका पुल सुरक्षित रहेको जानकारी दिए। ‘काठमाडौंको बालकोट जाने पुलमा हल्का क्षति भएको पाइएको छ,' उनले भने।
शाक्यले यसो भनिरहँदा एउटा टोलीले शुक्रबार अरनिको राजमार्गको अध्ययन गरिरहेको थियो। टोलीले अरनिको राजमार्ग दोलालघाटदेखि तातोपानी र दोलखाको चरिकोट हुँदै जिरी जाने बाटोमा पर्ने पुल निरीक्षण गरिरहेको छ। ‘यसको प्रतिवेदन शनिबार सा“झसम्म आउला,' उनले भने।
विभागको टोलीले महाभूकम्प गएको दोस्रो दिनबाट पुल अध्ययन सुरु गरेको थियो। ‘पहिलो चरणमा मुख्यमुख्य राजमार्गका निर्माण हेर्यौं। अब थुनिएका बाटो सफा गर्दै अन्य जिल्लाका भित्री सडकका पुल पनि निरीक्षण गर्छौं,' शाक्यले भने।
टोलीले आँबुखैरेनीमा पर्ने मर्स्याङ्दी नदी र रुवा खोलाको पुल पनि निरीक्षण गरिसकेको छ। तिनमा कुनै किसिमको क्षति नपाइएको शाक्यले जानकारी दिए। ‘गोरखा पुग्ने कुनै पुल खराब छैनन्,' उनले भने।
शाक्यले मुख्य राजमार्गबाहेकका थुनिएका सहायक मार्ग सफा गरेर मंगलबारदेखि पुल निरीक्षण थाल्ने बताए। ‘अरनिको राजमार्गको तातोपानी पुग्ने सडक खण्डको ट्र्याक खुलेको छ। शनिबार साँझसम्म त्यहाँका पुलको अवस्था थाहा हुन्छ,' उनले भने।
शाक्यका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध छन्, सडक क्षतविक्षत छन् तर त्यहाँका भौतिक संरचनामा अनुमान गरेअनुरुप क्षति छैन।
टोलीले भूकम्प प्रभावित गोरखा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट र काभ्रेपलान्चोकका पुल निरीक्षण गर्ने कार्यक्रम बनाएको छ।
पहिलो चरणमा विभागले १६ जना प्राविधिक परिचालन गरेको थियो। दोस्रो चरणमा तीन दिन तालिम दिएर १२ जना प्राविधिक परिचालन गर्ने तयारी भइरहेको शाक्यले जानकारी दिए। ‘यो टोलीलाई तीन दिन तालिम दिएर प्रभावित क्षेत्रका राजमार्ग र पुलको क्षति हेर्न पठाउने योजना बनाएका छौं,' उनले भने, ‘सबैतिरको प्रतिवेदन आएपछि त्यहीअनुसार क्षति भएका पुल तत्काल मर्मतसम्भार गर्छौं।'
यसैगरी दोलखास्थित नागरिक संवाददाता रमेश खतिवडाका अनुसार सिंगटीभन्दा वर पिखुतीबजार लामिडाँडाबाट जुगु जानेबाटोको तामाकोसीमा रहेको झेालुंगे पुलमा क्षति पुगेको छ। त्यसको जग भत्किएको छ।
कांग्रेस जिल्ला सभापति ताराबहादुर कोइरालाले चरिकोटदेखि लामाबगरबीचको सडक खण्ड पनि भूकम्पबाट धेरै प्रभावित भएको जनाएका छन्। उनले यो सडक खण्डका पुल निरीक्षण गर्न सरकारी टोलीलाई आग्रह गरिएको बताए।