नेपाल छाडेका विदेशी फर्केर राहत जुटाउँदै
२६ वैशाख २०७२
•
७ मिनेट पाठ
नेपाल छाडेका विदेशी फर्केर राहत जुटाउँदै
पोखरा–फेसबुक भित्ता हेरेपछि बिक्षिप्त भएका माइकलले दुबै हात टाउकोमा पुर्‍याएर आफ्नै कपाल जोर–जोरले लुछ्दै बरबराए– 'धत् यो के भयो नेपालमा?' भूकम्पको वितण्डाले तहसनहस बनेको नेपालको खबरले विदेशी नागरिक माइकल बोनवियो मर्माहत बने।सहयोगी र मनकारी नेपालीले उनको दिल चोरेका रहेछन्। नेपालीबाट असाध्यै प्रभावित भएर भूकम्प जानुभन्दा पाँचदिन अघि नेपाल भ्रमण सकेर भारतको आग्रा पुगेका उनी भूकम्पको खबर पछि भिसा थपेर फेरि नेपाल फर्किए। 'म उदास भएँ, मेरो भारत घुम्ने मनै भएन,' अमेरिकाको वासिङटन डिसीमा रियलस्टेटको व्यवसाय गर्र्ने उनले नागरिकन्युजसँग भने, 'नेपाली जनताको दुःखमा सहभागी हुन म नेपाल आएँ।'




माइकलको एक्लो प्रयासमा भूकम्प पीडित नेपालीका लागि दशलाख रकम जुटिसकेको छ। हरेक दिन सरदर एकलाख सहयोग थपिँदै गएको उनले बताए। राहत र सहयोग जुटाउन विश्वभर ख्याती पाएको गोफण्डमिडटकममा उनले 'नेपाल अर्थक्वेक रिलिफ' खाता खोलेर सहयोग जुटाइरहेका छन्। खातामा विश्वभरबाट मनकारी मानिसहरुले पैसा पठाएका छन्। नेपाल रेडक्रस सोसाइटी कास्की, कोपिला नेपाल, प्याडल नेपाल र अर्थक्वेक भोलेन्टियर्स मिसन जस्ता पोखराका संस्थामार्फत उनले जम्मा राहत रकम पीडितसम्म पुर्‍याएका छन्।

'नेपाल बस्न ठिक छैन चाँडो आइज भनेर साथीहरु र घरकाले सम्झाउँछन्,' परिवार सम्झेर भावुक बनेका उनले थपे, 'मेरो परिवारमा पनि यस्तै विपत्ति पर्‍यो भने?' उनी केहीबेर थामिए र फेरि बोले 'विपद कुनै देश र त्यो देशको भूगोलका नागरिकको मात्रै हुदैन,' उनले भने, 'विपदका सामुन्ने हामी सबै मानव मात्र हौं, नेपाली, ब्राजिलियन वा अमेरिकन भनेर विपदले चिन्दैन।' उनी फोन र इमेलमा घर आउन कर गर्नेहरुलाई उल्टै सुझाव दिन्छन् 'बरु तिमीहरु पनि नेपाललाई सघाउ है।'

पोखराको एक होटलमा माइकललाई भेटेका ब्राजिलियन नागरिक फ्याबियो पुचिनीको घुमेर समय बिताउने मुड फेरिएर विपदमा परेका नेपालीलाई सघाउने उनले अठोट लिएका छन्। फरक मुलुकका अपरिचित यि दुई विदेशीलाई भूकम्पको चुनौतीसँग जुट्न दैब संयोगले पोखरामा भेट गराएको छ। ब्राजिलको सफालोमा रेष्टुरेण्ट व्यवसाय गर्ने फ्यावियोले १५ दिनको अन्नपूर्ण पदयात्राको योजनालाई स्थगित गरेर गोरखा र लमजुङका गाउँमा भूकम्प पीडितहरुलाई राहत बाँड्न खटिएका छन्। साथीभाई र सहयोगी संस्थाबाट उनले पनि सहयोग जुटाएका छन्। पाखरेली युवा सलि देवान उनीहरुका हरपलका सहयोगी बनेका छन्।

सलिले 'नेपाल अर्थक्वेक भोलेन्टियर्स मिसन गोर्खा' नामको फेसबुक पेज मार्फत सहयोग आव्हान गरेर अहिलेसम्म नेपाली पाँच लाख रकम राहतका लागि जुटाइसकेका छन्। सबैबाट जुटेको राहत रकमबाट गोर्खाको ताप्लो गाविस–९ नारेश्वर गाउँ र लमजुङको केप्रुङ गाउँका पीडितलाई रेडक्रस, गाविस सचिव र स्थानीय जनप्रतिनिधिहरु समेतको उपस्थितिमा राहत सामग्री बाँडिएको सलिले बताए। एकपछि अर्को थपिदै उनीहरुको स्वयंसेवी राहत समूहमा अब २५ जना सदस्य पुगेका छन्। पोखरामा बसेर राहत संकलनमा जुटेको यो टोली दुईदिन पहिले ४ घण्टा हिडेर गोरखाको मकैसिङ गाविस पुगेर राहत बाँडेर फर्केका छन्।

राहत अभियानमा जर्मन नागरिक क्यारोलिन डिट्रोच, आना पेल, क्यानेडियन फ्रेड, बिन्च र डेनी पनि स्वयंसेवी भएर खटिएका छन्। पोखरेली युवाहरु निरञ्जन ढकाल, श्रीकृष्ण अधिकारी, विश्वाँस पोख्रेल, अभि देवान, रबिन्द्र भण्डारी पनि उनीहरुको समूहमा छन्। सबैजनाको पहलमा एक करोड बढी राहत जुट्ने उनीहरुको अपेक्षा छ।

भूकम्प पीडितका लागि मम डिनर, ढाइलाख राहत

पोखरा लेकसाइडका होटल व्यवसायी सुमन भट्टराईले मम डिनर गरेर भूकम्प पीडितका लागि ढाइलाख राहत जुटाएका छन्। उनले 'नेपाल अर्थक्वेक रिलिफ फण्डरेजिंग मम डिनर' गरेर राहत जुटाएको बताए।'आफै मम बनाएर खाने र त्यसवापतको पैशा राहत कोषमा जम्मा गरेका हौं,' क्वि गेष्ट हाउसका सञ्चालक उनले भने 'उल्लेख्य विदेशीहरुको सहभागितामा जुटेको रकमबाट पीडितहरुका लागि राहत सामग्री किनेर गाउँमै पुगेर बाड्यौं।'

लमजुङको गौडा गाविसका ८१ घर पीडित परिवारलाई लगाउने कपडा, झुल, बच्चाका कपडा, साबुन, मरमसला, चामल, चिउरा, सर्बोत्तम लिटो, चाउचाउ लगायतका सामग्री सहयोग गरेको सुमनले बताए। राहत वितरण कार्यक्रममा सहयोग गर्ने विदेशीहरु समेत नेपाल प्रहरी, रेडक्रसका प्रतिनिधि, होटल व्यवसायी र स्थानीय जनप्रतिनिधिहरु रहेका उनले बताए।पत्नी सोनिकासहित होटलका कर्मचारीहरु उमेश खड्का, धनमायाँ गुरुङ, बबिता नेपालीले राहत सामग्री पुर्‍याउन गाउँ पुगेका थिए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस