आत्महत्याको चुनौती कायमै, एकै दिन दुई झुण्डिए
२६ वैशाख २०७२
•
७ मिनेट पाठ
आत्महत्याको चुनौती कायमै, एकै दिन दुई झुण्डिए
इलाम–विकास, चेतना र संवृद्धितर्फ लम्किइरहेको भए पनि इलामलाई आत्महत्याको चुनौतीले झनै गाँजिरहेको छ। आत्महत्या गर्नेक्रम वर्षेनी बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न अपनाइएका सबैखाले प्रयास असफल हुँदैछन्।जानी जानी ज्यान फाल्ने अर्थात् आत्महत्या गर्नेक्रम नरोकिँदा सरोकारवाला निकाय चिन्तित छन् भने शोकमा डुब्ने परिवार सदस्य बाँचुञ्जेल कलंकको टीका लाउन बाध्य छन्।चालु आर्थिक वर्ष २०७१/०७२ का ९ महिनामा ६८ जनाले जानी जानी ज्यान फालेको इलाममा पछिल्लोपल्ट शनिबार दुई जनाले उसैगरी मृत्युको अप्रिय बाटो रोजेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, दुई छुट्टाछुट्टै स्थानका महिला पुरुषले एकै दिन एकै प्रकृतिबाट अर्थात् झुण्डिएर आत्महत्या गरेका हुन्। उनीहरुसहित बैशाखयता आत्महत्या गर्नेको संख्याले उल्लिखित तथ्यांक अझै बढाएको छ।

प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार, शनिबार बिहान ३ बजेर २० बजेतिर इलाम नगरपालिका–६, तिल्केनी निवासी अन्दाजी ४० वर्षीय बिक्रम राईले आत्महत्या गरेका हुन्। आफ्नै घरको दलिनमा प्लाष्टिक डोरीको पासो लगाएका उनलाई परिवार सदस्यले मृत फेला पारेपछि प्रहरीमा खबर गरेका थिए। सूचनालगत्तै घटनास्थल पुगेको प्रहरीले इलाम अस्पतालमा मृतक राईको शव पोष्मार्टम गराई आफन्तलाई बुझाइसकेको छ।

यस्तै, पश्चिम शान्तिडाँडा–९ निवासी अन्दाजी ५२ बर्षीया हिमकला कटुवालले झुण्डिएरै मृत्युको अप्रिय बाटो रोजेकी हुन्। बिहान ११ बजेतिर उनलाई झुण्डिएर मृत अवस्थामा फेला पारेपछि परिवारजनले नजिकैको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए। त्यहा"का प्रहरी निरीक्षक भूपेन्द्र गिरीले खबर पाएलगत्तै सत्यतथ्य बुझ्न प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिए।

आत्महत्याको खबरले जिल्लावासीलाई दुःखी पार्दै आएको अवस्थामा यसअघि फागुन २६ गते एकै दिन दुई जनाले जानी जानी ज्यान फालेका थिए। त्यस दिन इलाम नगरपालिका–४, गोलाखर्कका ५३ वर्षीय सानबहादुर भण्डारीले घर नजिकैको कोइरालाको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए। भण्डारीको आत्महत्या कारण अझै नखुल्दा परिवारमाथि तनाव छ। उनी पशुपालन गर्दै दुग्ध व्यवसायमा संलग्न थिए।

पूर्वी गोदक–६ घर भई इलाम नगरपालिका–६, तिल्केनीमा डेरा गरी बस्ने २० वर्षीया सिर्जना गजमेरले पनि त्यसै दिन झुण्डिएर आत्महत्या गरेकी थिइन्। अध्ययनका सिलसिलामा दिदीको घरमा बस्दै आएकी उनले आत्महत्या गरेको स्थानीयले बिहान मात्र देखेका थिए। स्नातक दोस्रो बर्ष अध्ययरत उनी पढाइमा तेज थिइन्। सबैसँग हाँसी खुसी प्रस्तुत हुने गजमेरको आत्महत्याले सहपाठी र शुभचिन्तकलाई थुप्रै दिन झस्काएको थियो। जानी जानी ज्यान खेर फाल्नेक्रम त्यतिमा सीमित छैन।

मंसिर २१ गते एकै दिन दुई जनाले नै आत्महत्या गरेका थिए। दानावारी–१ की ३५ वर्षीया लक्ष्मी शिवा दर्जीले आफ्नै घरको सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन्। स्थानी ईश्वरबहादुर दर्जीस"ग तीन महिनाअघि विवाह गरेर आएकी लक्ष्मीको आत्महत्याको कारण अझै खुल्न सकेको छैन। उनको माइती खोटाङ भएको प्रहरीले जनाएको छ। त्यस्तै, साँखेजुङ–२ का ४० वर्षीय घनश्याम गुरुङले त्यसै बिहान आत्महत्या गरेका थिए। राती खाना खाएर घरमै सुतेका उनी आफ्नै खेतको खन्यूको रुखमा सनपाटको डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। एक सन्तानका अभिभावक गुरुङको पनि आत्महत्याको कारण खुलेको छैन। त्यसयता फाट्टफुट्ट सुनिने आत्महत्याका घटनालाई जिल्लावासीले चहर्‍याइरहने घाउका रुपमा लिएका छन्।

प्रहरी निरीक्षक थापाका अनुसार, चालु आर्थिक बर्षमा साउनदेखि चैतसम्म ६८ जनाले आत्महत्या गरेका छन्। त्यसमा झुण्डिएर ज्यान खेर फाल्ने ५६, विषादी सेवनबाट मृत्युको बाटो रोज्ने ११ र औजार प्रयोग गरेर मृत्युको अप्रिय बाटो रोज्ने एक छन्। 'इलाममा आत्महत्या गर्नेको संख्या वर्षेनी बढेको तथ्यांक देख्दा यसको चुनौती ठूलो आंकलन गर्न सकिन्छ' थापा भन्छन्, 'सरोकारवाला सबै अब नियन्त्रणतर्फ लाग्नुपर्छ।'

प्रहरी अभिलेख अनुसार, आर्थिक वर्ष २०६६/०६७ मा ३५ जनाले आत्महत्या गरेको इलाममा अर्को वर्ष ०६७/०६८ मा २६ जनाले मात्र मृत्युको अप्रिय बाटो रोजेका थिए। त्यसलगत्तै ०६८/०६९ मा योक्रम हवात्तै बढेर ७६ मा पुगेको थियो। अर्को वर्ष ०६९/०७० मा अझ बढेर ७८ भयो भने ०७०/०७१ मा एकैनास अर्थात ७७ जनाले आत्महत्या गरेको पाइयो। यस वर्ष यो संख्या अझ बढ्नसक्ने सम्भावना देखिएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस