छठ पर्वको पूजाको बिषयलाई लिएर दुई समुदायबीच भएको झडपमा परी मृत्यु भएका कलैया उपमहानगरपालिका २५ का राधेश्याम पटेलका परिवारलाई क्षतिपूर्ति दिलाउनका लागि कलैयामा दिनहुँ प्रदर्शन हुँदै आएको छ।
जिल्ला प्रशासन कार्यालय आगाडि र भरतचोकमा हिन्दु परिषद् नेपालको नेतृत्वमा प्रदर्शन हुँदै आएको हो। पीडित परिवारसँग जिल्ला प्रशासन कार्यालयले गरेको सम्झौता कार्यान्वयन गराउनका लागि एक महिनाभन्दा बढी समयदेखि प्रदर्शन गर्नु परेको हिन्दु परिषद् नेपाल बाराका अध्यक्ष गोपाल दासले गुनासो गरेका छन्।
कार्तिक २५ गते छठ पर्व मनाउने बिषयमा दुई समुदायबीच झडप हुँदा राधेश्याम पटेल गम्भीर घाइते भएका थिए। घाइते भएपछि पटेललाई वीरगन्ज स्थित एसएल न्यूरो एण्ड जेनेरल हस्पिटलमा भर्ना गरिएको थियो।
उपचारको क्रममा पटेलको पुस २१ गते निधन भएको थियो। पटेलको निधनपछि हिन्दु परिषद् नेपालले विभिन्न माग राखी आन्दोलन सुरु गरेको थियो। आन्दोलन साम्य पार्न मृतकका परिवार र जिल्ला प्रशासन कार्यालय बाराबीच पाँच बुँदे सहमति पनि भएको थियो।
जिल्ला प्रशासन कार्यालय बारामा पुस २२ गते भएको सम्झौतामा बिल बमोजिम पटेलको उपचारमा खर्च रकम व्यहोर्ने र कानून बमोजिम पाउने १० लाख रुपैयाँ उपलब्ध गराउने, मृतक पटेललाई धार्मिक शहिद घोषणा गर्न, शहिद परिवारबाट एक जनालाई जागिर, दोषीलाई कानून बमोजिम कारबाही र बारा जिल्लामा धार्मिक खलल हुने गरी आन्दोलन नगरिने नगराउने पाँच बुँदै सम्झौता गरिएको दासले बताए।
सर्वपक्षीय बैठकबाट पाँच बुँदै सहमति भएको र ती सहमतिहरु अहिलेसम्म कार्यान्वयन नभएका कारण बाध्य भएर आन्दोलन, प्रदर्शन र धर्नामा उत्रिनु परेको दासले बताए।
प्रशासनले सम्झौता कार्यान्वयन गर्न आनाकानी गरेको र पटकपटक लिखित तथा मौखिक रुपमा सम्झौता कार्यान्वयन गर्न गराउन जानकारी गराउँदा समेत कुनै सुनुवाई नगरिएको दासले गुनासो गरे।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पटेल परिवारसँग भएको सम्झौता पूरा गर्न प्रक्रिया अगाडि बढाइएको बताएका छन्।
मृतकको परिवारलाई १० लाख आएको र त्यो रकम सोमबार सर्वदलीय बैठक राखेर दिने कार्यक्रम रहेको प्रजिअ कटुवालले बताए। सम्झौता कार्यान्वयन भैरहेको अवस्थामा पनि अनावश्यक प्रदर्शन गरिएका प्रजिअले बताए।