अब उनीहरु लडिबुडी खेल्ने कहाँ?
२७ वैशाख २०७२
•
११ मिनेट पाठ
अब उनीहरु लडिबुडी खेल्ने कहाँ?
काठमाडौं- कोठा बाहिर भित्तामा 'नेमप्लेट' टांगिएको छ– संगीता शर्मा, अनुगमन अधिकृत। ढोका खोलेर हेर्दा भित्र सम्बन्धित अधिकारी देखिन्नन्। बरु उनको कोठामा मोटो डसना र चकटी ओछ्याएर त्यसैमाथि शिशुहरूलाई राखिएको छ, सबै आफ्नै तालमा। केही शिशु आमाको काखमा बसेर दूधको बोतल चुसिरहेका छन्। कोही यताउति पल्याकपुलुक हेर्दै छन्। कोही मस्त निदाइरहेका।नक्सालस्थित शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाको एक कार्यकक्षको दृश्य हो यो। र, यी शिशु भूकम्पबाट विस्थापित भएर यहाँ ल्याइएका हुन्। बाल मन्दिरको केन्द्रीय कार्यालय भुइँचालोमा ध्वस्त भएपछि त्यहाँका ४२ जना शिशु तथा बालबालिकालाई उक्त परियोजनामा सारिएको हो।




भुइँचालो गएको ७२ घन्टासम्म बाल मन्दिर प्रांगणमै त्रिपाल टांगेर राखिएका यी शिशु तथा बालबालिकालाई मंगलबार उद्धार गरी परियोजनामा ल्याइएको बाल मन्दिर प्रशासनले जनाएको छ। मुश्किलले 'दस बाई बाह्र' को उक्त कार्यकक्षमै ११ जना शिशु अटाइएको छ। यहाँ साढे २ देखि १४ महिनासम्मका शिशु छन्। शारीरिक रूपमा असक्त १३ जनालाई भने बाल मन्दिरको सिफलस्थित अर्को घरमा राखिएको छ।

'राख्ने ठाउँ छैन, जसोतसो काम चलाइरहेका छौं,' शिशुकी आमा बाटुला भट्टराईले आइतबार नागरिकस"ग भनिन्, 'यिनीहरूको हेरचाहमा निकै समस्या भइरहेको छ। यी नानीहरूले लडिबुडी खेल्नलाई पुग्ने ठाउँधरि पाएका छैनन्। हामीलाई सुत्ने कोठाको त के कुरा गर्नु!'

सुत्ने राम्रो बन्दोबस्त नभएकाले शिशुको हेरचाहमा खटिएका आमाहरू पालैपालो रातभर जागा बस्ने गरेका छन्।

'यो तालले धेरै दिन राख्न सकिन्न,' अर्की आमा मञ्जु पोखरेलले भनिन्, 'केटाकेटी हो, गुम्स्याएर राख्न हुन्न, अलि खुला ठाउँ चाहिन्छ, तर कहाँ लग्ने?'

शिशुहरूको स्वास्थ्य रेखदेखमा खटिएकी नर्स कविता न्यौपाने पनि सानो ठाउँमा धेरै शिशु राख्दा स्वास्थ्यमा समस्या आउनसक्ने बताउँछिन्। गर्मी महिना भएकाले बिरामी हुने जोखिम अझ बढी भएको उनको भनाइ छ। त्यसमाथि यहाँ कोठाका ‰यालढोकामा जालीको बन्दोबस्त पनि छैन। राति लामखुट्टे र कीराहरूले टोकेर जिउभरि घाउ नै घाउ बनाइदिन्छ।

'नानीहरू रुन सक्छन्, गाह्रो भयो भन्दैनन्,' न्यौपानेले भनिन्, 'ठूलाले नै उनीहरूको मर्का बुझेर सुविस्ताको ठाउँ जुटाइदिनुपर्छ।'

बाल मन्दिर सञ्चालक समितिका महासचिव सुवासकुमार पोखेरल पनि केटाकेटीलाई ठाउँ अपुग भएको स्वीकार गर्छन्। उनका अनुसार पा"च जनासम्म शिशु अटाउने एउटा कोठामा ११ जना र बढीमा ६ जनालाई ठिक्क हुने कोठामा १७ जना राखिएको छ।

'हामीले शिशु र पाँच वर्षमुनिका गरी ४२ जनालाई परियोजनाको भवनमा राखेका छौं,' उनले भने, 'उनीहरूलाई तीनवटा कोठामा राखिएको छ।' केही ठूला बालबालिकालाई भने बाहिर टिनको टहरोमा त्रिपालले छोपेर सुताउने गरिएको उनले बताए।

आइतबार दिउ"सो नागरिककर्मी पुग्दा ती बालबालिका परियोजना परिसरमा मस्त खेलिरहेका थिए। केही नानीहरू परिसरभित्रको पौवामा आराम गर्दै थिए। दर्जनभन्दा बढी बालबालिका स–साना कोठामा कोचिएका थिए। यहाँ पा"च जना बालबालिकाको हेरचाह गर्न एक जना आमाको व्यवस्था गरिएको छ। ती आमालगायत अन्य कर्मचारी सुत्ने ठाउँको पनि कुनै ठेगान छैन।

बालबालिका, आमा र अन्य कर्मचारीलाई पुग्ने गरी थप कोठा उपलब्ध गराउन परियोजनाका पदाधिकारी र शिक्षा मन्त्रालयसँग बारम्बार ताकेता गरिरहेको उनले बताए। मन्त्रालयलाई समस्याको जानकारी भइसके पनि लिखित निर्णय नगर्दा केटाकेटीले दुःख पाइरहेको उनको भनाइ छ। बाल मन्दिरले परियोजनामा खाली रहेका दुई भण्डार कोठाको माग गरेको छ। निर्णयमा ढिलाइ भएपछि बाल मन्दिरका पूर्व विद्यार्थीले ताला फुटाएर एउटा भण्डार कोठा प्रयोगमा ल्याएका छन्।

'अहिलेको ठाउँ पनि सजिलै पाएका होइनौं,' पोखरेलले भने, 'भूकम्पपछि बाल मन्दिरकै प्रांगणमा त्रिपाल टांगेर राखेका थियौं। मंगलबार पानी परेपछि त्यहाँ राख्न सक्ने अवस्था भएन। केटाकेटीको बिजोग भयो। हामीले परियोजनाका कर्मचारीलाई कोठा खाली गरिदिनुस् भन्यौं तर उहाँहरूले मान्नुभएन। झगडै भयो। हात हालाहालको अवस्थासमेत आयो।'

परियोजनाका कर्मचारीले नमानेपछि पोखरेलले राष्ट्रिय मानवअधिकार आयोगमा गएर उजुरी दिए। आयोगले नै 'शिशु र बालबालिका राख्ने ठाउँ तत्काल उपलब्ध गराऊ' भनेपछि यो ठाउँ पाइएको उनले बताए। 'यस्तो विपत परेका बेला शिशु बोकेर जाँदा आफैं अघि सरेर ठाउँ दिनुपर्नेमा अटेर गरियो। हाम्रै जग्गा हामीलाई आवश्यक परेको बेला दिइएन,' पोखरेलले भने।

केटाकेटीलाई ठाउँको अभाव भएको यो समयमा उक्त जग्गा र घर तत्काल आफूहरूले उपयोग गर्न पाउनुपर्ने उनको माग छ। 'राज्यले हाम्रो सम्पत्ति अतिक्रमण गरेको छ,' उनले भने, 'यस्तो विपतको घडीमा पनि शिशु र बालबालिकालाई उपभोग गर्न दिइरहेको छैन।'

उनका अनुसार चार वर्षअघि सार्वजनिक लेखा समितिले यो जग्गा 'तत्काल बाल मन्दिरलाई भोगचलन गर्न दिनू' भनी सरकारलाई निर्देशन दिएको थियो। दुई वर्षअघि मन्त्रिपरिषदले पनि 'सःशुल्क भोगचलन गर्नू' भन्ने निर्णय गर्योु। तर, यी निर्णय र निर्देशन अझै पालना भएका छैनन्।

तत्काललाई केटाकेटीको लालनपालन, शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिए पनि यही तालले धेरै दिन नचल्ने पोखरेलको भनाइ छ। सरकारले भूकम्पपीडित नानीहरूको स्थायी बसोबासको व्यवस्था गर्न बाल मन्दिरलाई सहयोग गर्नुपर्ने उनले बताए। उनका अनुसार राहत सामग्री भने प्रशस्त उपलब्ध भएका छन्। 'राहत धेरै आएको छ, हामीलाई स्थायी बासको खाँचो छ,' उनले भने।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल भने सरकारी निर्णयअनुसारै उक्त परियोजना त्यहा" बसेको बताउ"छन्। 'अर्को निर्णय नहुन्जेल त्यहीँ बस्छ। अहिले आपतकालीन अवस्था र मानवीय संवेदनालाई मध्यनजर राख्दै परियोजनाका कामकारबाही खुम्च्याएर भवन उपलब्ध गराएका हौं,' उनले आइतबार नागरिकसँग भने, 'हामीले सकेसम्म धेरै ठाउँ उपलब्ध गराउने प्रयास गरेका छौं।'

गृह व्यवस्थापन शाखाकी प्रमुख सविता लम्सालका अनुसार बाल मन्दिरले देशभर शिशु र बालबालिका गरी ३ सय ८० जनाको व्यवस्थापन गर्दै आएको छ। पछिल्लो समय भूकम्पपीडित १७ जना बालबालिका थपिएका छन्। यी बालबालिकालाई बाल मन्दिरका १० वटा घरमा राखिएका छन्। नक्साल, सिफल, ललितपुरको ठेचो, काभ्रेको पा"चखाल, दोलखाको चरिकोट, सिन्धुलीमाढी, सर्लाही, कपिलवस्तु, म्याग्दी, भिमफेदीमा बाल मन्दिरका घर सञ्चालनमा छन्। यीमध्ये भिमफेदी, सिफल, ठेचो र पा"चखालका घरमा क्षति पुगेको छ।

बाल मन्दिरका कार्यक्रम संयोजक मदनकुमार चौहानका अनुसार शारीरिक रूपमा असक्त बालबालिका खेल्ने ठाउँ र १२/१५ जना बालबालिका नियमित खेल्ने ठाउँ पूरै ढलेको छ। 'त्यस दिन सबै बालबालिका क्यान्टिनमा निस्किएका थिए। उनीहरू ११ बजे खाना खान गएका बेला थियो। त्यसैले मानवीय क्षति हुन पाएन,' उनले भने।

भत्किएको भवनबाट इटा चोरी हुन थालेपछि त्यसलाई नेपाली सेनाले सुरक्षा दिइरहेको चौहानले बताए। भवनभित्र पुराताŒिवक महŒवका सामग्री रहेकाले सेनाको सुरक्षामा राखिएको हो। भवनको दक्षिणपट्टिको भागको दुई किनार पूरै खसेको छ। चारैतिरका भित्ता चर्किएका र फुटेका छन्।

'सरकारी टोलीले रातो चिह्न लगाइसकेको छ,' पोखरेलले भने।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस