काठमाडौं- साइडवाकर्सले नियमित प्रिमियम तिर्न बेवास्ता गर्दा धरहराको बिमा पोलिसी असफल भएको सम्बन्धित कम्पनीले दाबी गरेको छ। महाभूकम्पले भत्किएपछि 'बिमा कम्पनीले नै नवीकरण गर्न नमानेको' साइडवाकर्सको भनाइविपरीत एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले 'नियमित प्रिमियम नतिरेकाले पोलिसी असफल भएको' दाबी गरेको हो।
२०६१ वैशाखदेखि २० वर्षका लागि धरहरा व्यवस्थापन जिम्मा लिएको साइडवाकर्स ट्रेडर्स प्रालिको आरोप गलत रहेको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी विजयबहादुर शाहले बताए। 'पहिले बिमा गरेपछि नवीकरण गर्दिनँ भन्न मिल्दैन,' उनले आइतबार नागरिकसँग भने, 'साइडवाकर्सलाई पटक–पटक फलोअप गर्दा पनि प्रिमियम तिर्न मानेन।'
उनका अनुसार पहिलोपटक २०६१ मंसिर २१ देखि एक वर्षका लागि धरहराको १० करोड रुपैयाँ बराबर निर्जीवन बिमा गरिएको थियो। त्यतिबेला ३ लाख १० हजार रुपैयाँ प्रिमियम तिर्ने गरी एक वर्षका लागि बिमा भएको उनले बताए। त्यसपछि २०६२ फागुन ९ गते थप एक वर्षका लागि बिमा नवीकरण भएको उनले जानकारी दिए।
'पहिलो एक वर्षपछि पनि उनीहरूले वास्ता गरेका थिएनन, हामीले फलोअप गरेपछि २०६२ फागुन ९ गते एक वर्षका लागि नवीकरण गरे,' उनले भने, 'त्यसपछि त अहिलेसम्म कुनै वास्ता गरेनन्। यतिका वर्ष भयो उनीहरूले बिमा नवीकरण गर्नेबारे कुरै राखेनन्।'
साइडवाकर्सले दोस्रोचोटि नवीकरण गर्दा पनि धरहराको क्षति मात्र बिमा गरिएको प्रमुख कार्यकारी शाहले बताए। 'भूकम्प, हुलदंगालगायत कारण धरहराको संरचनामा हुनसक्ने क्षतिको मात्र बिमा गरिएको थियो, त्यहाँ चढ्नेहरूको बिमा गरिएको थिएन,' उनले भने। साइडवाकर्सले अहिले आएर जिम्मेवारीबाट पन्छन यस्तो झुट बोलेको उनको आरोप छ।
'बिमा कम्पनीहरूले सम्भावित क्षतिको जोखिम मोलेरै बिमा गरेका हुन्छन्, हामीले नवीकरण गर्न नमान्ने कुरै आउँदैन,' उनले भने, 'हामीले नवीकरण गर्न नमानेको भए पछिल्लो आठ वर्षसम्म उनीहरूले किन कुरा उठाएनन्? के हेरेर बसे?'
साइडवाकर्स ट्रेडर्सका अध्यक्ष सिद्धबहादुर गुरुङले भने गत बिहीबार नागरिकसँग कुरा गर्दै बिमा कम्पनीले नै नवीकरण गर्न नमानेको दाबी गरेका थिए। यसबारे थप प्रस्ट हुन खोज्दा आइतबार गुरुङसँग सम्पर्क भएन। कम्पनीका प्रबन्ध निर्देशक सञ्जीव तुलाधरले आफूलाई बिमाको विषयमा केही थाहा नभएको बताए। 'कुन कम्पनी हो?' उनले सोधे। कम्पनीको नाम बताएपछि उनले भने, 'यसबारे अध्यक्षज्यू (गुरुङ) लाई नै सोध्नुहोस्।'
बिमा नवीकरण नभएकाले धरहराको पुनःनिर्माण खर्च र त्यहाँ चढ्दा ज्यान गुमाएका वा घाइते भएकाहरूले क्षतिपूर्ति पाउने/नपाउनेबारे अन्यौल बढेको छ। एघार वर्षदेखि सार्वजनिक–निजी साझेदारीमा काठमाडौं महानगरपालिकासँग धरहरा व्यवस्थापनको जिम्मा लिएको साइडवाकर्सले आइतबारसम्म क्षतिपूर्तिबारे केही बोलेको छैन। यसबारे स्थानीय विकास मन्त्रालयलाई सोध्दा प्रवक्ता पूर्णचन्द्र भट्टराई 'घटना बुझ्न बाँकी रहेको' बताउँछन्।
'मैले यो विषयबारे सुनेको छु,' उनले आइतबार नागरिकसँग भने, 'महानगरपालिकाको भवन नै भूकम्पले जीर्ण भएका कारण यसबारे केही बुझ्न सकिएको छैन।'
सार्वजनिक–निजी साझेदारीअनुसार व्यवस्थापन जिम्मा लिएपछि सार्वजनिक–निजी साझेदारी नीति २०६० र २०६१ अनुसार क्षतिपूर्ति तिर्नुपर्ने स्रोतको भनाइ छ। यसबाहेक करार ऐन २०५६ पनि आकर्षित हुने स्रोतले बतायो। व्यवस्थापनको जिम्मा लिएकाले दुर्घटनापछि क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने महानगरपालिका स्रोतको दाबी छ।
साइडवाकर्सले बिहीबार महानगरपालिकालाई पत्राचार गरी धरहरा पुनर्निर्माण गर्न अनुमति मागेको छ। '२०६१ वैशाख ३१ देखि सम्झौता अवधिभर (२० वर्षको सम्झौता) धरहराको रङरोगन, सुरक्षा र कुनै कारणवश भत्किए सोको पुनर्निर्माण जिम्मा कम्पनीको हुनेछ,' कम्पनीले महानगरपालिकालाई पठाएको पत्रमा छ। महानगरपालिका स्रोतले भने क्षतिपूर्तिको व्यवस्था नगरी अरू काम गर्न नहुने बताएको छ।
'क्षतिपूर्तिको कुरा बाँकी रह्यो भने पीडितलाई न्याय हुँदैन,' स्रोतले भन्यो, 'यस्तो अवस्थामा पुनर्निर्माणमा जान मिल्दैन।'
अहिलेसम्म धरहरा चढ्दा मृत्यु हुने र घाइते हुनेको यकिन हुन सकेको छैन। त्यहाँबाट करिब ६० वटा शव निकालिएको छ। धरहरामा एकपटकमा १५ जनाभन्दा बढी चढाउन नमिल्ने प्रावधान महानगरपालिकासँगको सम्झौतामा छ। नियमित निगरानी गरेर धरहरा चढाएको संख्या अध्ययन गर्नुपर्ने भए पनि महानगरपालिकाका कर्मचारीको बेवास्ताका कारण अनुगमन नभएको स्रोतले बतायो।