टिपरको ठक्करबाट मृत्यु भएकी लेकवेशी नगरपालिका–५ नेटाकी १८ वर्षीया लक्ष्मी पुलामीका आफन्त र उनी अध्ययनरत विद्यालयका विद्यार्थीले रत्न राजमार्गको छिन्चु बजार क्षेत्रमा यातायात बन्द गराएका छन्।
उनीहरुले टिपर चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै छिन्चु बजारमा यातायात बन्द गराएपछि रत्न राजमार्ग ठप्प भएको छ। चैत पाँच गते वीरेन्द्रनगर–११ स्थित धुलियाविटमा भे१ख ३१०२ नम्वरको टिप्परले भे७प १७९९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।
उनको उपचारका क्रममा कर्णाली केयर अस्पतालमा मृत्यु भएको थियो। ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा छन्। प्रहरीले अवरुद्व राजमार्ग खुलाउन पहल भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले आन्दोलनरत पक्षसँग वार्ता भइरहेको बताए। ‘ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएका छौं, क्षतिपूर्तिका विषयमा आन्दोलन पक्षसँग छलफल भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म बल प्रयोग गरेका छैनौं, वार्ताबाट निस्कर्ष नआए बल प्रयोग गरेर पनि हटाउँछौं।’