मान्द्रे (गोरखा)- गोरखा, मान्द्रेकी लालकुमारीले पतिलाई फोन गरिन्, 'बाबा, घर बनिसक्यो, बिदा मिलाएर छिट्टै आउनू है!'रोजगारीका लागि साउदी अरबमा रहेका रनबहादुरले जवाफ दिए, 'हुन्छ, सकभर यही महिना आउँछु।'
वैशाख ११ गते यी गुरुङ दम्पतीले नयाँ पक्की घर बनेकोमा खुसी साटासाट गरेका थिए। २४ घन्टा नबित्दै लालकुमारीले फेरि पतिको फोन बजाइन्। यति बेला उनी निकै आत्तिएकी थिइन्, 'बाबा, हामी बर्बाद भयौं, भुइँचालोले घर भत्काइदियो, गोठ ढल्यो, भैंसी र भेडा पनि मरे।' उनी फोनमै डाँको छाडेर रोइन्। केही बेरमा फेरि भनिन्, 'पल्तिर घरका सबै च्यापिएका छन्, गाउँमा धेरै मान्छे मरे।'
पत्नीको आवाज सुनेर रनबहादुर अलमल्ल परे। फोनमा छोरो पनि रोएको सुनेपछि झनै आत्तिए। 'बाबा, हाम्रो घर ढल्यो, हामी धन्नै मरेनौं,' छोरा मिलनले आमाको हातबाट फोन लिएर भक्कानिँदै बोले, 'अब हामी कहाँ बस्ने बाबा?' बौद्ध हिमाल स्कुलमा कक्षा सात पढ्ने छोरालाई उत्तर दिन रनबहादुरसँग शब्द थिएन। विह्वल मानसिकतामा यति मात्रै भन्न सके, 'नआत्तिऊ बाबु, म आउँछु।'
साउदीमा दुःखले जोडेको १५ लाख खर्चेर बनाएको पक्की घर रनबहादुरले देख्नसम्म पाएनन्। गाउँभरिकै नामी घर बनाएका थिए उनले। गाउँका धेरैजसो घर ढुंगा छापिएका थिए, उनको टिनको छाना भएको पक्की थियो। वैशाख १२ को महाभूकम्पले यो घरसँगै गाउँ नै सखाप पार्योर।
'फोनमा घरको डिजाइन, ‰यालढोका यस्तो बनाऊ है भन्दै सम्झाउनुहुन्थ्यो,' लालकुमारी भन्छिन्, 'पाँच वर्षको पसिनाको कमाइ उहाँले देख्नै नपाई नासियो।'
भूकम्पले मान्द्रे गाउँका करिब ३० घर पूर्ण क्षतिग्रस्त छन्। अहिले सबै गाउँले तल ल्याबेमा बसाइँ सरेका छन्। सिंगो गाउँ नै विस्थापित भएपछि उनीहरूले खुला चौरमा पाल टाँगेर गुजारा चलाएका छन्। अस्थायी टहरामा कष्टकर दिन बिताइरहेका पीडितहरू आधाजसो भत्केका घर खोस्रन माथि निस्कन्छन्, आधाजतिचाहिँ राहत लिन दिनभरको बाटो हिँडेर बालुवा पुग्छन्।