दुई महिनामा बाँकी सेवाग्राहीको चालक अनुमतिपत्र परीक्षा लिइसकिने
०७ चैत्र २०७८
•
४ मिनेट पाठ
दुई महिनामा बाँकी सेवाग्राहीको चालक अनुमतिपत्र परीक्षा लिइसकिने
अबको दुई महिनामा चालक अनुमतिपत्र परीक्षाका लागि फारम भरेका सबैको परीक्षा लिइसकिने योजना बनाइएको छ। झण्डै पाँच लाख ७२ हजारले फारम भरेकामा उनीहरुको परीक्षा सञ्चालन हुनेछ।




यातायात व्यवस्था कार्यालयले अनुमतिपत्रको परीक्षा सञ्चालन गर्न बाँकी रहेकामा पहिले यातायात व्यवस्था विभागले नयाँ अनुमतिपत्रका लागि अनलाइन फारम स्थगित गरेको छ। फारम भरेका सेवाग्राहीकै लामो समयसम्म पालो नआएकाले नयाँ फारम तत्कालका लागि नखुलाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताए।

उनका अनुसार आगामी जेठ १६ गतेसम्म सबै अनुमतिपत्रको छपाइ सकिनेछ। सबै कार्यालयसँगको सल्लाहमा अहिलेका लागि फारम भर्न रोकिएको उनले बताए। उनले भने, 'कार्यालयको क्षमताभन्दा सेवाग्राहीको चाप बढी भएकाले व्यवस्थापन गर्न गाह्रो भएको छ।'

सेवा प्रदायक संस्थाले सेवा अवरुद्ध गर्दा नागरिकलाई असुविधा पुग्ने देखिएको छ। अहिले फारम भरेका सेवाग्राहीको पनि पालो आउन झण्डै एक–डेढ वर्षसम्म लाग्ने देखिएकाले फारम भरे पनि नागरिकलाई सजिलो नहुने प्रवक्ता भुसालले बताए। अहिले एकपटक सबै बाँकी सकाएमा त्यसपछि फारम भरेको छोटो समयमा नै पालो आउनसक्छ।

उनले भने, 'सेवाग्राहीको फारम भरेको एक सातामा नै पालो आओस् भन्ने हाम्रो चाहना हो।' देशभरका सबै यातायात कार्यालयले आफ्नो जनशक्ति र क्षमता बढाएर पनि चाँडो सबै बाँकी परीक्षा सञ्चालन गर्नुपर्नेमा विभागको जोड छ। यो दुई महिनामा सबै कार्यालयले क्षमता बढाएर सबै (पाँच लाख ७२ हजार)को परीक्षा लिइसक्नुपर्नेमा उनले जोड दिए।

देशभरका २३ यातायात कार्यालयमध्ये सबैभन्दा बढी चाप काठमाडौँ उपत्यकाका कार्यालयमा छ। एकान्तकुनास्थित कार्यालयमा झण्डै एकदेखि डेढ वर्षसम्ममा पालो आउने गरेको छ। यी कार्यालयले भएका जनशक्ति बढाएर चाँडो गराउन लाग्नुपर्ने उनको जोड छ। अहिले यी सबै कार्यालयले गरी दैनिक पाँच हजारको परीक्षा सञ्चालन गर्दै आएका छन्।

यिनले क्षमता बढाएर सात आठ हजार जनासम्मको परीक्षा लिएमा अबको दुई महिनामा सकिने उनको भनाइ छ। विभागले गत वर्ष कोभिड संक्रमणको जोखिम कम गर्न अनलाइनबाट फारम सुरु गरेको थियो। विभागले फारम भराउने र अनुमतिपत्र छाप्ने काम गर्दै आएको छ। यातायात कार्यालयले परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र नवीकरण र वितरण गर्दै आएका छन्।

अहिले झण्डै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी रहेको विभागले जनाएको छ। चालु आवमा कार्ड अभावका कारण नियमित रुपमा अनुमतिपत्र छपाइ हुन नसकेकाले छाप्न बाँकी अनुमतिपत्र झण्डै साढे चार लाख थियो। मंसिरमा १४ लाख नयाँ कार्ड आएपछि अझै साढे दुई लाख अनुमतिपत्र छाप्न बाँकी छ। यो दुई महिनामा पहिलेको बाँकी सबै अनुमतिपत्र छापिसकिने उनले बताए। विभागले अहिले तीन सिफ्टमा अनुमतिपत्र छापिरहेको छ।

विभागले दैनिक छ हजार अनुमतिपत्र छापिरहेको छ। नेपालमा विसं २०७२ पुसमा मा ‘स्मार्ट’ चालक अनुमतिपत्र एकान्तकुनास्थित कार्यालयबाट सुरु भएको थियो। एसियाली विकास बैंकको सूचना र सञ्चार प्रविधि (आइसिटी) परियोजनअन्तर्गत भएको सम्झौताका आधारमा चार छपाइ उपकरण (प्रिन्टर) र तीन लाख ५० हजार कार्ड खरिद गरिएको थियो।

त्यसपछिका वर्षमा उपत्यकामा रहेका अरू यातायात कार्यालय ठूलो भर्‍याङ, जगाती र चाबहिल कार्यालयमा उक्त प्रणाली विस्तार गरिएको थियो। उपत्यकामा मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु भइरहँदा नै उपकरण र कार्ड व्यवस्थापन हुन नसक्दा सेवाग्राहीले समयमै अनुमतिपत्र पाएका थिएनन्। आव २०७३/७४ मा ठेक्कामार्फत नै सात लाख ५० हजार कार्ड र चार थान छपाइ उपकरण खरिद गरिएको थियो।

प्रतिघण्टा ६० कार्ड मात्र छाप्ने क्षमताका उपकरणका कारण विस्तारै छाप्नुपर्ने अवस्था सिर्जना भएको थियो। उपकरणकै कारण ढिलाइ भएकाले विभागले विसं २०७६ मा धेरै संखयामा एकै पटक कार्ड छाप्न सक्ने उपकरण खरिद गरेको थियो। मदरास सेक्युरिटि पिन्टिङबाट खरिद गरिएको उपकरणको क्षमता प्रतिघण्टा ४५० कार्ड छाप्नेछ।

देशभरका सबै कार्यालयबाट ‘स्मार्ट’ कार्ड लागू भएपछि झण्डै आठ लाख कार्ड छाप्न बाँकी भएकामा २०७६ चैतदेखि कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि सरकारले लागू गरेको बन्दाबन्दीले यातायातका कर्मचारीले छपाइ सकेका थिए। त्यतिबेलासम्म विभागसँग छाप्न बाँकी (खाली) कार्ड झण्डै दुई लाख मात्र रहेकामा विसं २०७६ फागुनमा थप १४ लाख कार्ड खरिदका लागि प्रक्रिया अघि बढाइएको थियो।

कार्ड खरिद भएपछि बाँकीमध्ये आधा छापिसकिएको विभागले जनाएको छ। कोभिडका कारण केही समय प्रक्रिया अघि बढ्न नसकेकामा गत वर्ष साउनमा पुनः प्रक्रिया अघि बढाएर फ्रान्सेली कम्पनीसँग कार्ड खरिदको सम्झौता भएको थियो। मदरास कम्पनीले कार्ड र ‘मास प्रिन्टर’ दुवै एउटै कम्पनीले खरिद गर्दा समस्या नआए पनि अहिले कम्पनीले पठाएको नमूना यहाँको सफ्टवेयरमा मिलाउन भने समस्या भएको छ।

कार्ड आउन ढिलाइ हुँदा पनि छाप्न बाँकी अनुमतिपत्रको संख्या बढेको हो। अनुमतिपत्र छाप्न समय लाग्ने मात्रै होइन लामो समय कुरेर पाएका कार्डमा समेत समयसमयमा समस्या आइरहेको सेवाग्राही बताउँछन्। लामो समय रोकिएर एकै पटक कार्ड छापिँदा यातायात कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको छ। त्यसो त कोभिडका कारण अनलाइन भर्न नपाउनेको संख्या बढ्दै छ भने फारम भरेकाको समेत कहिले परीक्षा हुने भनी अन्योल छ।

संविधानअनुसार तीन तहका सरकारको अधिकार क्षेत्र तोकिँदा यातायात क्षेत्र तीनै तहको साझा अधिकार क्षेत्रमा परेको छ। एक स्थानीय तहभित्र चल्ने सवारीसाधनको व्यवस्थापनको जिम्मेवारी पालिका, दुई वा त्योभन्दा बढी पालिकामा चल्नेको प्रदेश र अन्तरप्रदेश चल्ने सवारीसाधनको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हुने उल्लेख छ।

फरक सरकारबीच समन्वय नहुँदा समय समयमा सेवाग्राहीले समस्या भोग्दै आएका छन्। अनुमतिपत्र छाप्ने एउटा निकाय र वितरण गर्नै अर्को हुँदा सेवाग्राही अनुमतिपत्रसम्बन्धी समस्यामा यता र उता धाउँदा हैरान हुने गरेका छन्।
अर्को समाचार
सरकार ! यही हो सहज सेवा?
२२ पौष २०७९
•
३ मिनेट पाठ
सरकार ! यही हो सहज सेवा?
काठमाडौंको ठुलो भर्‍याङमा बिहीबार दिउँसो पौने २ बजे सेवाग्राहीको भिड। तस्बिर: उपेन्द्र/नागरिक
अघिल्लो साता गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारी सेवा पाउन लाममा बस्नुपर्ने अवस्था हटाउने निर्णय गरेलगत्तै धेरैले सेवा सहज हुने आशा गरेका थिए। तर काठमाडौं उपत्यकाका पाँच स्थानमा रहेका यातायात व्यवस्था कार्यालयमा बिहीबार पुग्दा सेवाग्राहीका निम्ति असहज स्थितिको पराकाष्ठा देखियो।  




कतै पुसको ठिहीमा बिहानैदेखि लाममा बसेका सेवाग्राहीको गुनासो सुनियो त कतै बालक काखी च्यापेर लामो लाममा बस्नुपर्दाको पीडा देखियो। सेवा सहज बनाउने सरकारको निर्णयले आश्वस्त भएका सर्वसाधारण घन्टौं लाममा बस्दा पनि सेवा नपाएपछि मलिन देखिन्थे। उनीहरू सबैको प्रश्न थियो, यही हो सहज सेवा ?  

भक्तपुरको राधेराधेस्थित यातायात कार्यालयमा बिहान १०ः३० बजे पुग्दा सेवाग्राहीको ठुलो लाम देखियो। सवारी अनुमतिपत्रका लागि त्यहाँ पुगेका उनीहरूले घन्टौंदेखि लाममा बस्न बाध्य भएको गुनासो आपसमा गरिरहेका थिए। ‘यही हो सहज सेवा ?’ यो संवाददाताले तस्बिर खिचेको देख्नासाथ लाममा रहेका सेवाग्राही विक्रम शाक्यले गुनासो पोखिहाले, ‘घन्टौंदेखि सयौं जना लाममा छन् तर काम गर्ने कर्मचारी निकै कम रहेछन्।’  

त्यसपछि बिहान ११ बजे काठमाडौंको गुह्येश्वरीनजिकै वाग्मती नदीकिनारमा रहेको यातायात कार्यालयमा पुग्दा राधेराधेस्थित यातायात कार्यालयमा भन्दा झन् धेरै सेवाग्राही लामबद्ध थिए। यसअघि चाबहिलमा रहेको यो कार्यालय हालै फराकिलो ठाउँमा सरे पनि सेवाग्राहीको भिड थामिनसक्नु थियो।  

बिहान ७ बजेदेखि लाममा बसेका सेवाग्राहीले ११ बजेसम्म सेवा पाएका थिएनन्। ‘चार घन्टा लाममा बसेपछि बल्ल अलिकति काम सकियो,’ चाबहिल मनमैजुबाट आएका शिशिर पौडेलले भने, ‘यातायात कार्यालयमा लामो लाम कहिल्यै पनि हट्ने भएन।’ तीन दिनअघि यसै कार्यालयमा सेवा लिन पुगेका उनले सर्भर डाउन भएका कारण त्यसै फर्कनुपरेको गुनासो सुनाए।  

यसैगरी मध्याह्न १२ बजे ललितपुरको एकान्तकुनास्थित यायातायात कार्यालयमा पुग्दा त्यहाँको अवस्था पनि उस्तै गज्मौरो देखियो। सेवाग्राहीले कुन लाममा बस्दा के सेवा पाइन्छ र कहाँ पुगिन्छ भन्ने ठम्याउन सकेका थिएनन्। तिनलाई बाटो देखाउने सरकारी कर्मचारी पनि त्यहाँ देखिएनन्। ‘जुन झ्यालमा गए पनि लामो लाम छ,’ गोदावरीबाट आएका सेवाग्राही पुकार थापाले भने, ‘सानो–सानो कामका लागि पनि घन्टौं लाममा बस्नुपर्ने बाध्यता छ। यो बाध्यता कहिले हट्ला खै ?’

एकान्तकुनाबाट दिउँसो १२ः४५ बजे काठमाडौं सतुंगलस्थित यातायात कार्यालय पुग्दा पनि सेवाग्राहीको खचाखच भिड देखियो। कतै सवारी प्रदूषण परीक्षण गराउने त कतै राजस्व बुझाउनेको लामो लाम थियो। कार्यालयमा ‘बिचौलिया निषेधित’ क्षेत्र लेखिए पनि धेरेै बिचौलिया देखिन्थे। ‘असहजताको धमिलोमा बिचौलियाले माछा मार्ने गरेका छन्’, पुरानो नैकापबाट सेवा लिन पुगेका महेश पनेरूले भने, ‘सायद यसै भएर होला यहाँ कहिल्यै सहज नभएको।’  

सतुंगलपछि दिउँसो पौन २ बजेतिर ठुलो भर्‍याङस्थित यातायात कार्यालय पुग्दा त्यहाँ सेवाग्राहीको अझ ठुलो भिड देखियो। सवारी अनुमतिपत्रका लागि राजस्व तिर्नेको भिड हेर्दा अहिलेको समयमा पनि कर्मचारी संयन्त्रको काम गर्ने प्रणाली कति अव्यविस्थत छ भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो। पाँच वर्षीय बालक बोकेका समीर आलम यही भिडमा थिए। सहज सेवा पाउन नसकेका उनी निकै निराश देखिन्थे।  

‘राजस्व बुझाउन एक घन्टा लाममा बसें, रसिद लिन तीन घन्टा कुर्नुपर्ने रे,’ बालकसहित लाममा बस्दा लखतरान देखिएका उनले भने, ‘डिजिटल युगमा पनि अनलाइन पेमेन्ट गराउन यो सरकारलाई कसले रोकेको होला ?’

तस्बिर: उपेन्द्र/नागरिक

काठमाडौंको सतुंगलस्थित यातायात व्यवस्था कार्यालयमा बिहीबार दिउँसो १२ः४५ बजे देखिएको सेवाग्राहीको भिड।
काठमाडौंको गुह्येश्वरीनजिकै कार्यालयमा बिहान ११ बजे सेवाग्राहीको भिड।
ललितपुरको एकान्तकुनामा मध्याह्न १२ बजे सेवाग्राहीको भिड।
भक्तपुरको राधेराधेमा बिहान १०ः३० बजे सेवाग्राहीको भिड।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस