सिन्धुपाल्चोक-उनले घर ठड्याइसकेका छन्। त्यति मात्र कहाँ हो र! भूकम्पमा परेर बाँचेको भैंसीका लागि गोठ पनि बनाइसके। वैशाख १२ को महाभूकम्पले घरगोठ सबै गुमाएका उनले गाउँमा दुर्गन्ध नफैलियोस् भनेर शौचालयसमेत निर्माण गरिसके। यी सबै निर्माण गर्न उनले मात्र एक किलो किला किने। बाँकी सबै भग्नावशेष खोतलेर निकालेका काठ, ढुंगा र टिन प्रयोग गरे।‘परिवारका सबै सदस्य मिलेर आफू बस्ने अस्थायी घर र भैंसीगोठ निर्माण गरेका छौं,' सिन्धुपाल्चोक, कदमवास–९, मूलखर्कका सन्तबहादुर वाइबाले सोमबार नागरिकसँग भने, ‘अस्थायी घरगोठ बनाउन जम्मा आठ दिन लाग्यो।'
उनले भूकम्पले भत्काएको पुर्ख्यौली घरगोठबाट काठ निकालेर त्यसको खाँबा र भाटा बनाएका छन्। भूकम्पले कच्याककुचुक पारेका टिन सोझ्याएर छानो हालेका छन्। भग्नावशेषबाट निक्लेका केही फलेक उभ्याएर घरको भित्ता बनाएका छन्। फलेक मात्र होइन, टिन पनि भित्ता बनाउन प्रयोग गरेका छन्।
‘सबै टिन चुहिने भएका छन्। घाम छेक्न अहिलेलाई यसैले काम दिएको छ। पानी परे चुहिन्छ। सरकारले टिन दिए तत्काललाई शिर भिजाउनु पर्दैनथ्यो,' वाइबाले भने।
उनी आइतबार पालबाट नवनिर्मित घर सरेका छन्। कसैले राहत सामग्री दिए त्यसलाई राख्न एउटा कोठा पनि बनाएका छन्। त्यसभन्दा अगाडि दुईवटा खाट राखेका छन्। ढोकाबाट छिर्नेबित्तिकै अँगेनो छ। अस्थायी घरमा झ्याल राख्न नमिलेपछि उनले अँगेनो ढोकाछेउ राखेका हुन्, ता कि धुवाँ स्वाट्टै बाहिर जाओस्।
‘अरूको मुख ताकेर मात्र हुँदैन। आफ्नालागि आफैं केही गर्नुपर्छ,' भूकम्पले उनको साहसलाई कत्ति पनि हल्लाएको छैन।
भूकम्प गएको दिन वैशाख १२ गते वाइबा काठमाडौंमा थिए, मूलखर्कस्थित घरमा श्रीमती, छोरा–बुहारी, छोरी र नातिनी। धन्य, भूकम्प गएका बेला उनको घरभित्र परिवारका सदस्य कोही थिएनन्। नत्र कसैले पानी भन्न नपाउने।
‘भूकम्प आउँदा म इर्खुमा मकैमा राख्न देशीमल किन्न गएको थिएँ। ठूलो भूकम्प आएपछि दौडिँदै घरतिर लागेँ। घर आइपुग्दा भग्नावशेषमा परिणत भइसकेको थियो। धन्य, सबै जना बाहिरै रहेछन्, केही भएन,' वाइबाकी श्रीमती ठूलीमायाले भनिन्।
भूकम्पले गोठ भत्किँदा उनको भैंसी आधा पुरिएको थियो। उनले हत्तपत्त दाम्लो काटेर भैंसीलाई निकालिन्। अन्नपात भने केही झिक्न भ्याइनन्। अहिले पुरिएका मकै उमि्रन थालेका छन्। भूकम्ले वाइबाको गाविसमा मात्र ८७ जनाको ज्यान लियो। सबैका घर मैदान पार्यो।
भूकम्पले घरगोठ भत्काएपछि केही दिन त वाइबा परिवार निराश भएर बसेका थिए। निराशा अझै हटेको छैन। तर उनीहरूलाई लाग्यो, ‘सधैं यसरी त चल्दैन, लडेपछि उठ्नुपर्छ।' यही सोचेर उनीहरूले उठ्ने प्रयास सुरु गरे। अस्थायी घरगोठ यसैको सुरुआत भएको सन्तबहादुर बताउँछन्।
वाइबा परिवारले पुर्खौली घर भत्केको ठाउँमा गोठ बनाएका छन्। त्यसको आडमै शौचालय छ। गोठका लागि ढुंगाको गाह्रो नै लगाएका छन्। माथि भग्नावशेषबाट निस्केका जस्ताले छाएका छन्। आधा पुरिँदा पनि बचेको भैंसी अहिले त्यही गोठमा छ। बाख्रा पनि त्यहीँ राखेका छन्। गोठभन्दा माथि अस्थायी घर छ।
वाइबा परिवारले रोजेको यो बाटोमा उनका छिमेकी पनि लागेका छन्। यहाँ धेरैले अस्थायी घरगोठ बनाउन थालिसके। कति त वाइबाले जस्तै घरगोठ बनाएर सरिसके।
अन्य ठाउँका भूकम्पपीडितलाई जस्तै यहाँ पनि खाद्य सामग्री अभाव छ। त्यससँगै सबैलाई खट्केको छ, घर छाउने टिन। सरकारी टोली खाद्यसामग्री लिएर पुगेको छैन। एउटा संस्थाले केही दिनअघि केही चामल लगेर बाँडेको थियो। वैशाख १२ गतेपछि पाएको त्यत्ति हो।
‘तीन महिनापछि केही मकै भित्रन्छ, त्यसअघि कसरी गुजारा चलाउने भन्ने समस्या छ,' वाइबाले सुनाए।
सिन्धुपाल्चोकका धेरै गाउँमा अहिले धमाधम अस्थायी टहरा बनाइरहेका स्थानीय भेटिन्छन्। उनीहरू सरकारबाट सहयोग पाएर हौसिएका भने होइनन्। सबैले स्वस्फूर्त रूपमा आफूलाई मजबुत पार्दै लगेका हुन्। सबैको प्रयास उस्तै छ– भग्नावशेष उधिनेर काठ, टिन झिक्ने, अनि अस्थायी टहरा बनाउने।
भूकम्पले भत्काएका टिनको छाना भएका घरकालाई यो सम्भव छ, तर ढुंगाको छाना हुनेलाई भने झनै समस्या छ। चुहिने नै सही, जस्ताले घामसम्म त छेक्छ, उनीहरूको भागमा त्यति पनि लेखेको रहेनछ।
सिन्धुपाल्चोक, साँगाचोक–२, हर्रेका माइला लामाले पनि अस्थायी बसोबासको बन्दोबस्त मिलाइसके। तरिका उही हो– भग्नावशेषबाट टिन, काठ निकालेर। उनको गाउँमा अरू छिमेकीले पनि उनले जस्तै घर ठड्याएका छन्। उनलाई आफ्नो अस्थायी टहरो ठड्याउन तीन दिन लाग्यो रे। ‘परिवारका अन्य ७ सदस्यले नसघाएको भए त्यति छिटो कहाँ सकिनु,' लामाले हाँस्दै भने, ‘अस्थायी टहरोमा जस्ता राख्दासमेत भूकम्पले हल्लायो।'
उनले पुरानो भत्केको घरमाथि नै नयाँ अस्थायी घर निर्माण गरेका छन्। जस्ताकै गाह्रो, जस्ताकै छानो हालेका छन्।
‘अस्थायी घर होचो छ। गाह्रो, छानो सबै टिनको भएकाले घाम लागेका बेला निकै गर्मी हुन्छ, बस्नै सकिँदैन। दिउँसो गाउँका सबै माथि चौतारामा बस्छौं। घाम डुबेपछि घरभित्र छिर्ने हो,' तीन दिनअघि मात्र अस्थायी घर सरेका लामाले सुनाए, ‘पुराना टिन, भत्केको ठाउँबाट झिकेको हुनाले धेरै ठाउँमा प्वाल छन्। पानी पर्दा छेक्दैन। हामीलाई नयाँ टिन आवश्यक छ।'
भूकम्पले अहिले उनको गाउँमा खानेपानीको समस्या छ। वैशाख १२ देखि गाउँको धारामा पानी आउन छाडेको छ। खानेपानी लिन निकै परको खोल्सा धाउनुपर्छ। त्यो पनि घर भत्किँदा भाँडा बचेका छन् भने मात्र। यसमा उनी अरूभन्दा केही भाग्यमानी निस्किए। घर भत्किँदा प्लास्टिकको निलो ड्रममा कुनै क्षति पुगेनछ।
खानका लागि त बल्तल्ल एक गाग्री पानी ल्याइन्छ, गाई, भैंसी, खसी बाख्रालाई के दिने? लामाले यसको समाधान निकालेका छन्, नवनिर्मित अस्थायी घरमा। अस्थायी घर छाएको जस्तामा बाँसको आधा कप्टेरो लगेर जोडेका छन्। त्यो बाँसको कप्टेरोको एक छेउमुनि भूकम्पबाट जोगिएको प्लास्टिकको ड्रम थापेका छन्। आकाशबाट पानी पर्यो कि ड्रममा जम्मा भइहाल्छ। यही आकाशे पानीले चौपायालाई पुगेको छ।
‘अभाव भएपछि आइडिया पनि फुर्ने रहेछ,' उनले आफैंप्रति गर्व गरे।
गर्व पनि किन नगरून्, उनको यो आइडिया अन्य छिमेकीले समेत नक्कल गरिरहेका छन्।