मंगलबारको पहिलो भूकम्प करिब ३० सेकेण्डको
२९ वैशाख २०७२
•
१५ मिनेट पाठ
मंगलबारको पहिलो भूकम्प करिब ३० सेकेण्डको
काठमाडौ– शक्तिशाली भुकम्प गएको १७ औं दिनमा मंगलबार फेरी ठूला भुकम्पहरु गएका छन् । यीनले पनि लगभग पूर्वदेखि पश्चिम नेपालका अधिकांस भू–भाग हल्लाएका छन् । मंगलबार गएकाका ठूला भुकम्पहरुलाई पनि भुकम्पवीदहरुले १२ गतेको शक्तिसाली भुकम्पको पराकम्पन भनेका छन्।अघिल्लो भुकम्पको पराकम्पनहरु मंगलबार बिहानसम्म पनि जारी थियो । मंगलबारको ठूलो भुकम्प आउनु अघि यस्ता पराकम्पन बिहानै दुई वटा गइसकेका थिएराष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १२ः५० मा दोलखा केन्द्र विन्दु भएको ६.८ रेक्टर स्केलको सबैभन्दा ठूलो भुकम्प गएको हो । यसले करिब ३० सकेण्ड हल्लाएको छ । 
खानी तथा भूगर्भ विभागका उपमहानिर्देक तथा भुकम्पवीद डा. सोमनाथ सापकोटाले यसलाई गोरखाको बारपाक भुकम्पकै पराकम्पन भनेका छन् । 
‘यो १२ गतेको शक्तिसाली भुकम्पकै पराकम्पन हो । यो नयाँ भुकम्प होइन’, उनले मंगलबार साँझ नागरिकसँग भने, ‘यो पराकम्पनपछि धेरै उर्जा निस्किएको हुनसक्ने हाम्रो अनुमान छ ।’ 
बाह्र गतेको ७.६ रेक्टर स्केलको भुकम्प र त्यसपछिका पराकम्पनहरुले गोरखादेखि दोलखाबीचको करिब १३० किलोमिटर लम्बाई र करिब ३० किलोमिटर चौडाई बीचमा धक्का दिइरहेका छन् । एउटै क्षेत्रमा बारम्बार हानिरहेकाले पनि यसलाई पहिलेकै भुकम्पको पराकम्पन भनिएको हो । 
‘यो नयाँ ठाँउमा गएको भुकम्प होइन, अघिल्लो भुकम्पहरुकै आसपास आइरहेको छ’, डा. सापकोटाले भने, ‘यो जत्तिकै नभएपनि यो भन्दा साना पराकम्पनहरु अझै जान्छन् ।’
केन्द्रका भुकम्पवीद मुकुन्द भट्टराईले बैशाख १२ को भुकम्पले दोलखादेखि गोरखाबीचका चट्टानहरुका बनाएको धाँजाहरुमा पराकम्पनहरु आइरहेको बताए । पहिलो भुकम्पले चिरा पारेको चट्टानबाट पराकम्पनहरु निस्किरहेका छन् । उनका अनुसार यसबीचमा गोरखा, नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, काभ्रेपलान्चोक, सिन्धुपाल्चाक र दोलखाबीचमा पुराकम्पनहरु आइरहेका छन् । यी क्षेत्र भकुम्पका दृष्टिकोणले तत्काललाई संवेदनशील भएका छन् । 
मंगलबारको पहिलो ठूलो भुकम्पसँगै धेरै भुकम्पहरु गएका छन् । १ः०२ मा दोलखानै केन्द्र विन्दू भएको ५.८ रेक्टर स्केल र त्यसपछि केही बेरमा १ः२१ मा ६.२ रेक्टर स्केलको भुकम्प गएको छ । यसबीचमा पनि चार रेक्टर स्केल भन्दा साना धेरै पराकम्पन गएका छन् । 
‘हामीले सबै भुकम्पको हल्लाएको समय अहिलेनै एकिन गर्न सकिरहेका छैन, निकाल्ने काम भइरहेको छ’, केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने । तेस्रो ठूलो भुकम्पपछि पनि मंगलबार लगातार पाँच रेक्टर स्केलका भुकम्प चार वटा गएका छन् । ‘यसबीचमा साना धुक्काहरु थुप्रै गएका छन’, उनले भने । 
दोस्रो ठूलो भुकम्पपछि १ः५१ देखि २ः४४ सम्म ५.३ का चार वटा पराकम्पन गएका छन् । यीमध्ये दुईवटाको केन्द्र विन्दु सिन्धुपाल्चोक र दुई वटाको दोलखामा परेको छ । 
‘१२ः५० देखि २ः४४ सम्म थुप्रै रेकर्ड नगरिएका चार रेक्टर स्केलका धेरै पराकम्पन गएका छन्’, डा. सापकोटाले भने । केन्द्रका भकुम्पवीद मुकुन्द भट्टराईले भुकम्पको झट्का सकिन नपाउँदै सँगसँगै साना पराकम्पनहरु त्यसैमा मिसिएर आएको बताए । 

त्यसो त बैशाख १२ गतेपछि मंगलबार सम्म चार रेक्टर स्केल माथिका १७८ वटा भन्दा बढि पराकम्पन गएका छन् । जबकि विगत पाँच बर्ष (सन् २०१० देखि २०१४ सम्म) मा यस्ता भुकम्प १३० वटा मात्र गएको रेकर्ड छ ।
लोकल भ्याग्निच्यूड अनुसार केन्द्रले मंगलबारको पहिलो ठूलो भुकम्पलाई ६.८ भनिरहदा अमेरिकी भुकम्प मापन संस्थाले यसलाई सुरुमा ७.४ र पछि ७.३ रेक्टर स्केल भनेको छ । ‘उनीहरुले यसले प्रभाव पारेको क्षेत्रका आधारमा निकाल्छन् । विस्तारै सच्चाउदै जान्छन । तर हामीले हाम्रा स्थानिय स्टेशनले दिएको तथ्याङका आधारमा निकाल्छौ । यो वास्तविक हुन्छ’, खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले नागरिकसँग भने । 
नेपालले लोकल म्याग्निच्यूड (एमएल)का आधारमा मापन गर्दै आएको छ भने अमेरिकी संस्थाले एम डब्लु म्याग्निच्यूड प्रयोग गर्छ । यही भुकम्पलाई युरोपेली संस्थाले ७.१ रेक्टर स्केल भनेको छ । यसको म्याग्निच्यूड पनि फरक छ ।
‘भुकम्प जान्छ भनेर सबैलाई थाहा छ तर ठूलो भुकम्प जान्छ भनेर कुनैपनि संस्थाले अनुमान गर्न सक्दैन । त्यसको पछि लाग्नु हुदैन’, महतोले भने । 
उनले पनि यसलाई अघिल्लो भुकम्पकै पराकम्पन भन्छन् । महतो पराकम्पनकै अवस्था भएको उल्लेख गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्छन । ‘सावधानी अपनाएर सुरक्षित स्थानमा बसोबास गर्न म सर्वसाधारणलाई अपिल गर्छू’, उनले भने, ‘घरको अवस्था राम्ररी ख्याल गरेर बस्नुहोला ।’ 
महतोका अनुसार मंगलबार भुकम्प गइरहेका बेला उनकै अध्यक्षतामा भुकम्पकै अध्ययनबारे बैठक चलिरहेको थियो । ‘भौगर्भिक अध्ययन कसरी कहाँ कहाँ गर्ने भनेर अध्ययन गरिरहेका थियौं । महाशाखा प्रमुखहरु सहित करिब १२ जना बसेका थियौं’, महतोले भने, ‘एक्कासी हल्लायो । मैले साथीहरुलाई नउठनुस भने । पुरा धक्का नजादासम्म सबैजना मेरै कोठामा बस्यौ ।’ तर उनी भने आफ्नो टेबुलसँगैको दराज खस्छ की भनेर टेबल अघि आएर बसे । 
‘ल हेर्नुस अस्तिको भुकम्पले नचर्किएको मेरो कोठा आज चर्कियो’, उनले आफ्नो कोठाको भित्ता देखाउदै भने,‘त्यसैले केही भन्न सकिन्न । सावधानी अपनाउनुपर्छ ।’
बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु रहेको ७.६ रेक्टर स्केलेको भुकम्प गएको थियो । त्यसपछि अर्कोदिन आइतबार दोलखा केन्द्र विन्दु भएको ६.९ रेक्टर स्केलका भुकम्प गयो । त्यसपछि पाँच र छ रेक्टर स्केलबीचका धेरै भुकम्प गएका छन् । यसबीचमा चार र पाँच रेक्टर स्केलबीचका भुकम्पको संख्या अत्यधिक रेकर्ड गरिएको छ । 
केन्द्रले अहिले चार भन्दा माथिको भुकम्पको रेकर्ड सार्वजनिक गर्दै आएको छ । यी भन्दा साना भुकम्पको विस्तृत विवरण पछि तयार गर्ने जानकारी दिएको छ । मंगलबारसम्ममा चार रेक्टर स्केल भन्दा ठूला भुकम्प १७८ भन्दा बढि गएका छन । 
केन्द्रले उपलब्ध गराएको तथ्याङ अनुसार सन् २०१० मा १५, २०११ मा ४२, २०१३ मा २५ र २०१४ मा ११ वटा यस्ता भुकम्प गएका थिए । २०११ मा ताप्लेजुङ र सिक्किम सिमा केन्द्र विन्दु रहेको ६.८ रेक्टर स्केलको भुकम्प गएको थियो । त्यसैले गर्दा पनि यो बर्ष भुकम्पको संख्या बढेको थियो । सन् २०१४ को डिसेम्बरमा सोलुखुम्बुमा गएको ५.९ रेक्टर स्केलको भुकम्पको झट्का काठमाडौमा पनि महशुस गरिएको थियो । 
प्राविधिकका अनुसार पाँच रेक्टर स्केल भन्दा कमलाई साना, पाँचदेखि ६ रेक्टरबीचको लाई मध्यम, सातदेखि ८ रेक्टर स्केललाई शक्तिसाली र आठ रेक्टर स्केल भन्दा माथिका लाई महाभुकम्प भनिन्छ । 
युरोएसियन र इण्डियन प्लेटोबीचको घर्षणबाट उत्पन्न उर्जाले गर्दा भुकम्प गइरहेको छ । । बिहीबारसम्म भुकम्पको संख्या हरेक दिन कम हुदै गएको थियो । तर शुक्रबार यसको संख्या अलि बढेको देखियो । इण्डियन प्लेटोको गोरखादेखि सिन्धुपाल्चोक खण्डका चट्टानलाई यी भुकम्पले कमजोर बनाएका छन् । यसबीचमा धाजाहरु परेको अनुमान भुकम्पवीदहरुको छ । 
म्याग्निच्यूड अनुसार भुकम्पको स्केल फरक–फरक हुन्छ ः भुकम्पवीद
एमएल नेपालको आधिकारीक म्याग्निच्यूट हो, नझुक्किनुहोसः केन्द्र प्रमुख
राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले म्याग्निच्यूड अनुसार मापन स्केल फरकफरक हुने बताएका छन् । 
केन्द«ले सुरुदेखि नै आफ्नो आधिकारी म्याग्निच्यूड अनुसार रेक्टर स्केल सार्वजनिक गरिरहेको बताए । ‘यसमा झुक्किनु पर्ने कुनै कारण छैन’, उनले भने । अधिकारीले विभिन्न देशहरुले आफु अनुकुलका म्याग्निच्यूड प्रयोग गर्ने हुनाले फरक फरक तथ्याङ आएको स्पष्ट पारे । 
उनका अनुसार नेपालले सधै लोकल म्याग्निच्यूट (एमएल) प्रयोग गर्छ । यस अनुसार मंगलबारको पहिलो ठूलो भुकम्प ६.८ भनेको छ । अमेरिकी संख्या सुरुमा ७.४ र त्यसपछि ७.३ भन्यो । ‘रेक्टर स्केलमा दोधार हुन जरुरी छैन’, अधिकारीले भने ‘हामीले हाम्रो लोक म्याग्निच्यूड प्रयोग गरेका छौ यही आधिकारीक हो ।’ 
बैशाख १२ को पहिलो ठूलो भुकम्प ७.६ र १३ गतेको ठूलो भुकम्प ६.९ रेक्टर स्केलको भएको बताउदै आएको छ । केन्द्रले आफ्नो आधिकारीक वेभसाइटमा त्यही उल्लेख गरेको छ । भुकम्पको केन्द्र विन्दुबाट स्थानिय स्टेशनहरुमा सिधै आउने तरङबाट निकालिने म्याग्निच्यूटलाई लोकल म्याग्निच्यूट भनिन्छ । ‘एमएल हाम्रो आधिकारीक म्याग्निच्यूट हो’, अधिकारीले भने । 

bhukampa22
अमेरिकाले मोभमेन्ट म्याग्निच्यूट (एमडब्लु)को प्रयोग गरेर बैशाख १२ गतेको भुकम्पलाई सुरुमा ७.९ र त्यसपछि ७.८ रेक्टर स्केल भेनेको थियो । 
यो म्याग्निच्यूट अनुसार भुकम्प गएको केही समय पछि त्यसले पृथ्वीमा पारेको असर अनुसार निकालिन्छ । एमडब्लु भुकम्पको प्रभाव क्षेत्र हरेर तय गरिने म्याग्निच्यूट हो । विशेषगरी शक्तिसाली र महाभुकम्प मापनमा यो म्याग्निच्यूट प्रयोग हुने गर्छ । 
यसैगरी चिनले एमएस म्याग्निच्यूट प्रयोग गरेर बैशाख १२ को भुकम्पलाई ८.१ रेक्टर स्केलको भन्दै आइरहेको छ । सतहमा आएको तरङगलाई आधार मानेर निकालिने म्याग्निच्यूटलाई एमएस म्याग्निच्यूट भनिन्छ । जापानले एमजे म्याग्निच्यूट प्रयोग गर्छ । ‘देश अनुसार म्याग्निच्यूट फरक फरक हुन्छन, उनीहरुले आफ्नो देशका भौतिक संरचना र तीनको भुकम्प थेग्ने क्षमतालाई आधार मानेर पनि म्याग्निच्यूट प्रयोग गर्छन’, अधिकारीले भने, ‘म्याग्निच्यूट अनुसार कुनैपनि भुकम्पको रेक्टर स्केल फरकफरक आउँछ ।’ 
संसारका विभिन्न संस्था र देशले आफ्ना अनुकुलका म्याग्निच्यूट प्रयोग गरेर त्यसको भकुम्पको स्केल निकाल्दै आएका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस