काठमाडौ– राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार साँझ पौनै छ बजेसम्म चार रेक्टर स्केल माथिका १४ वटा भुकम्प रेकर्ड गरेको छ । तेस्रो ठूलो भूकम्प गएको दोस्रो दिन बुधबार पनि दोलखा केन्द्र विन्दु भएका धेरै भूकम्पहरु गएका छन्।मंगलबार १२:५० मा दोलखा केन्द्र विन्दु भएको ६.८ रेक्टर स्केलको भुकम्प गएको थियो । त्यसको लगत्तै ६.२ र ५.८ रेक्टर स्केलका भुकम्प गएका थिए । बुधबार बिहान अर्को ठूलो भुकम्प ५.९ रेक्टर स्केलको धादिङ केन्द्र विन्दुमा गएको थियो ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार आएको भुकम्पको संख्यालाई स्वभाविक भनेका छन् । ‘हिजो आएको ठूलो पराकम्पनका पनि पराकम्पनहरु आएका हुन । र, यो स्वभाविक हो’, उनले भने, ‘साना पराकम्पनहरु आइरहन्छन् ।’ तर उनले हिजो अनुमान विपरितको ठूलो भुकम्प आएको बताए ।
‘हामीले ६ को हाराहारीमा आउँछ की भन्ने अनुमान गरेका थियौ तर ठूलो आयो’, अधिकारीले भने । मंगलबारको भुकम्पलाई बैशाख १३ गतेको दोस्रो ठूलो भुकम्पपछिको पराकम्पनका रुपमा लिएको उल्लेख गर्दै उनले भने, ‘१३ गतेपछि ठूला पराकम्पन गएका थिएन । हामी त्यसैले चिन्तित थियौ । तर यति ठूलो पराकम्पनको अनुमान थिएन ।’
बुधबार रेकर्ड गरिएकामध्ये ४.५ रेक्टर स्केल माथिका ८ वटा र चारदेखि चार दशमलव पाँचसम्मका ६ वटा भुकम्प गएका छन् । यीमध्ये ९ वटा भुकम्पको केन्द्रविन्दु दोलखा छ । केहीको केन्द्र विन्दु दोलखा सिन्धुपाल्चोक सिमाना, धादिङ, काठमाडौ र दोलखा–तिब्बत सिमाना छन् ।
बुधबारका भुकम्पमध्ये बिहान ३:१० मा धादिङ केन्द्र विन्दु भएको सबैभन्दा ठूलो ५.९ रेक्टर स्केलको भुकम्प गएको थियो । यसपछि दिउँसो १२:३८ मा ५.१ रेक्टर स्केलको दोस्रो ठूलो भुकम्प गएको थियो । यसैगरी १२:३४ मा ४.६ रेक्टर स्केलको दोलखा केन्द्र विन्दुमा अर्को भुकम्प गएको थियो । यसैगरी २:३० मा ४.३ रेक्टर स्केलको दोलखा केन्द्र विन्दु, ४.५ रेक्टर स्केलको ४:४४ मा दोलखा केन्द्र विन्दुकै अर्को भुकम्प आएको छ ।
यसैगरी काठमाडौ केन्द्र विन्दुको ४.२ रेक्टर स्केलको भुकम्प राती २:०७ मा गएको थियो । यसले काठमाडौ हल्लाएको थियो । अहिले सम्म काठमाडौ केन्द्र विन्दु भएका चार रेक्टर स्केल माथिका ९ वटा भुकम्प गइसकेका छन् । बिहान ४:३८ मा दोलखा केन्द्र विन्दुको ४.३ रेक्टर स्केलको, दोलखा केन्द्र विन्दुको बिहान ८:०८ बजे ४.४ रेक्टर स्केलको, बिहान ८:२८ बजे दोलखा केन्द्र विन्दुमा ४.४ रेक्टरको, दोलखा केन्द्र विन्दुमा पछिल्लो पटक १०:३३ बजे ४.६ रेक्टर स्केलको भुकम्प गएको छ ।
केन्द्रले मंगलबार दिउँसो १२:५० यता चार रेक्टर स्केलका ३९ वटा भुकम्प रेकर्ड गरेको छ । यसमा ६ देखि ७ रेक्टर स्केलबीचका दुई वटा, ५ देखि ६ रेक्टर स्केलका १० वटा र ४ देखि ५ रेक्टर स्केलबीचका २७ वटा भुकम्प रेकर्ड गरेको छ ।
बैशाख १२ गते यता ४ रेक्टर स्केलका भुकम्प २१० वटा गएको केन्द्रका भुकम्पवीद मुकुन्द भट्टराईले जानकारी दिए । यी सबै भुकम्प गोरखा, रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलान्चोक र काठमाडौ केन्द्र विन्दुमा गएका छन ।
भुकम्पवीद भट्टराईका अनुसार बैशाख १२ को भुकम्पले दोलखादेखि गोरखाबीचका चट्टानहरुका बनाएको धाँजाहरुमा पराकम्पनहरु आइरहेको जानकारी दिए । उनका अनुसार बारपाक केन्द्र विन्दु भएको पहिलो शक्तिसाली भुकम्पले चिरा पारेको चट्टानबाट पराकम्पनहरु निस्किरहेका छन् ।
बाह्र गतेको ७.६ रेक्टर स्केलको भुकम्प र त्यसपछिका पराकम्पनहरुले गोरखादेखि दोलखाबीचको करिब १३० किलोमिटर लम्बाई र करिब ३० किलोमिटर चौडाई बीचमा धक्का दिइरहेका छन् । गोरखा, नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, काभ्रेपलान्चोक, सिन्धुपाल्चाक र दोलखाबीचमा पुराकम्पनहरु आइरहेका छन् । बारपाक भुकम्प पछि यी क्षेत्र भकुम्पका दृष्टिकोणले तत्काललाई संवेदनशील भएका छन् ।
भुकम्पवीदहरुका अनुसार पाँच रेक्टर स्केल भन्दा कमलाई साना, पाँचदेखि ६ रेक्टरबीचको लाई मध्यम, सातदेखि ८ रेक्टर स्केललाई शक्तिसाली र आठ रेक्टर स्केल भन्दा माथिका लाई महाभुकम्प भनिन्छ ।
युरोएसियन र इण्डियन प्लेटोबीचको घर्षणबाट उत्पन्न उर्जाले गर्दा भुकम्प गइरहेको छ । इण्डियत प्लेटाको गोरखादेखि दोलखाबीचका खण्डलाई भुकम्पवीदहरुले संवेदनशिल क्षेत्र भनेका छन् । बिहीबारसम्म भुकम्पको संख्या हरेक दिन कम हुदै गएको थियो । तर शुक्रबार यसको संख्या अलि बढेको देखियो ।