काठमाडौ– दोलखाको पछिल्लो ठूलो भूकम्प गएको तेस्रो दिन बिहीबार साँझ छ बजेसम्म राष्ट्रिय भूकम्प मापन केन्द्रले चार रेक्टर स्केल माथिका ६ वटा भुकम्प रेकर्ड गरेको छ । यीमध्ये पाँच वटा भूकम्पको केन्द्र विन्दु दोलखा छ ।
केन्द्रले बुधबार १६ वटा यस्ता भूकम्प रेकर्ड गरेको थियो ।
केन्द्रका अनुसार बिहीबार सबैभन्दा बढि रेक्टर स्केल ५ को भूकम्प बिहान ३:२३ मा दोलखा केन्द्र विन्दुमा गएको छ । यसपछि ४.५ रेक्टर स्केलको बिहान ९:०६ मा सिन्धुपाल्चोक केन्द्र विन्दुमा गएको छ । यसैगरी ४.३ रेक्टर स्केलको दोलखा केन्द्र विन्दुमा बिहान १२:१६ मा गएको थियो ।
यसैगरी ४.२ रेक्टर स्केलको दोलखा केन्द्र विन्दुमा बिहान ३:२० मा गयो । यसअघि ३:१३ मा ४.१ रेक्टर स्केलको दोलखै केन्द्र विन्दुमा गएको थियो । सबैभन्दा कम ४ रेक्टर स्केलको भुकम्प दोलखा केन्द्र विन्दुमा बिहान ८:५२ मा गएको थियो ।
मंगलबार १२:५० मा दोलखा केन्द्र विन्दु भएको शक्तिशाली ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको लगत्तै ६.२ र ५.८ रेक्टर स्केलका भूकम्प गएका थिए । बुधबार बिहान अर्को ठूलो भुकम्प ५.९ रेक्टर स्केलको धादिङ केन्द्र विन्दुमा गएको थियो ।