मनसुनसँगै पहिरोको जोखिम
३१ वैशाख २०७२
•
१० मिनेट पाठ
मनसुनसँगै पहिरोको जोखिम
काठमाडौं-वैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पनले ३२ जिल्लालाई नराम्रोसँग हल्लाएको छ । त्यसमा पनि १४ वटा जिल्ला बढी नै संवेदनशील मानिएको छ । मनसुन जेठ २७ बाट सुरु हुँदैछ । सयौं भूकम्पका कम्पनले थिलोथिलो बनेका प्रभावित क्षेत्रका पहाड मनसुनी वर्षासँगै खस्ने खतरा छ।

भूकम्पले उजाडिएका पहाडी बस्ती अस्थायी रुपमा ठडिन भ्याएका छैनन् । भूकम्पपीडितले राहत पाउन सकेका छैनन् । मनसुनसँगै भूकम्पले थर्काएका, भास्सिएका, फाटेका पहाड बग्ने पक्का छ ।
‘आउँदो वर्षायाम हाम्रो देशका लागि ज्यादै चुनौतीपूर्ण हुनेछ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले नागरिकसँग भने, ‘भूकम्पका कारण धेरै ठाउँमा पहिरो जाने सम्भावना देखिन्छ ।’
मनसुन सुरु हुन महिना दिन पनि बाँकी छैन । मनसुनलगत्तै पहिरोले जुन भयावह स्थिति ल्याउने आँकलन गरिँदैछ, त्यसको सामना गर्ने योजना सरकारले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । सरकारलाई राहत वितरण नै भ्याइनभ्याइ छ ।
सरकारले मातहत निकायलाई समेत आउने भवितव्यसँग जुध्ने योजनामा सक्रिय बनाइसकेको छैन । सबैले कल्पना गरेका छन्– मनसुनसँगै ठूलो पहिरो  खस्न थाल्नेछ, पहाड बग्नेन्, बस्ती नै बगाउने र पुरिने खतरा छ । धेरै जनधनको क्षति हुने र भूकम्पले बनाएको घाउ खाटा नबस्दै अर्को विपत्ति आइलाग्ने आँकलन भइसके पनि त्यससँग जुध्न को तयार होला ?
‘अहिलेसम्म हामीलाई सरकारबाट त्यस्तो निर्देशन आएको छैन,’ सैनिक प्रवक्ता पोखरेलले भने, ‘तर मनसुनले निम्ताउन सक्ने संकटसँग जुध्न नेपाली सेना तयार छ ।’ सेनाले आफ्नै किसिमले वर्षायाममा आइपर्ने महासंकटसँग जुध्ने तयारी गरिरहेको उनले बताए । ‘तर कार्यान्वयन गर्न हामीले सरकारको आदेश नै पर्खनैपर्छ,’ पोखरेलले भने ।
सेनाले अहिले भूकम्पले बढी प्रभावित १४ जिल्लालाई लक्षित गरी योजना बनाइरहेको छ । सेनाले सबैभन्दा भूकम्प प्रभावित र मनसुनका बेला संकट आउन सक्ने जिल्लाको सूचीमा गोर्खा, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभे्रपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र ओखलढुंगालाई राखेको छ ।
‘अहिले हाम्रो कुल फोर्सको ९० प्रतिशत जनशक्ति भूकम्प गएका क्षेत्रमा परिचालन गरेका छौं । कुनै न कुनै रुपमा उनीहरु ती क्षेत्रमा सक्रिय छन्,’ उनले भने ।
बिभिन्न जिल्ला र क्षेत्रमा छरिएको आफ्नो जनशक्तिलाई अहिले सेनाले १४ जिल्लामा ल्याएको छ । कुल ९६ हजार संख्यामा रहेका सेनामध्ये ९० प्रतिशत (८६ हजार ४ सय) जनशक्ति अहिले भूकम्प प्रभावित क्षेत्रमा खटिएको छ । बाँकी १० प्रतिशत सैनिक जनशक्ति मात्र आफ्नो नियमित क्रियाकलापमा छन् ।
‘बुधबारसम्म भूकम्प प्रभावित १४ जिल्लाका ५ सय ६९ स्थानमा हाम्रो प्लाटुन पुगेको छ । त्यहाँ उनीहरुले उद्धार, राहत वितरण र त्यहाँको अवस्थाबारे अध्ययन गरिरहेका छन् । दैनिक रिपोर्ट आइरहेको छ । बाँकी ठाउँमा पनि हामी प्लाटुन पठाउँदैछौं । छिट्टै प्रभावित जिल्लाका सबै गाविसमा सेना पुग्छ,’ सैनिक प्रवक्ता पोखरलले जानकारी दिए ।
सेनाको एउटा प्लाटुनमा ४० जना हुन्छन् । अहिले भूकम्प प्रभावित क्षेत्रमा ५ सय ६९ प्लाटुन पठाइसकिएकामा २२ हजार ७ सय ६० जवान खटिएका छन् । यी प्लाटुन ५ सय ६९ स्थानमा छरिएका छन् । थप प्लटुन तोकिएका ठाउँमा जाँदैछन् ।
‘हामीले आगामी दिनलाई गम्भीरतासाथ लिएर नै सानो होइन, ठूलो संख्या भूकम्प प्रभावित क्षेत्रमा पठाएका हौं,’ उनले भने ।
प्रत्येक प्लाटुन दुरी मिलाएर राखिएको छ । एक ठाउँबाट अर्को ठाउँ राहत पुत्र्याउन, विपद आइपर्नेबित्तिकै केही घन्टामै पुग्न सकिने स्थानमा प्लाटुन राखिएको छ । प्लाटुनलाई हेलिप्याड बनाउने जिम्मेवारी पनि दिइएको छ, ता कि वर्षायाममा आपतकालीन अवतरण, बिरामी तथा घाइतेको उद्धार, राहत झार्न र वितरण गर्न सहज होस् ।
‘दुरीअनुसार प्लाटुन मिलाएर राखेका छौं । राहत वितरण गर्न सहज हुने गरी स्थानको छनोट गरिएको छ । यो सबै बर्षायाम सुरु भएपछि आउन सक्ने विपत्तिसँग जुध्ने हाम्रो तयारी हो,’ सैनिक प्रवक्ता पोखरेलले भने ।
अहिले जहाँ–जहाँ सेनाका प्लाटुन पुगेका छन्, त्यसले त्यहाँको भौगोलिक अवस्था अध्ययन पनि गरिरहेको छ । त्यति मात्र होइन, उनीहरुलाई ती ठाउँमा पुग्ने मोटरबाटो र पुलको समेत अध्ययन गर्न भनिएको छ । अहिले उनीहरुले आफूलाई दिइएको जिम्मेवारी अध्ययन गरिरहेका छन् । भूकम्पले कुन ठाउँको सडक भत्काएको छ वा चर्केको छ, कुन ठाउँमा पहिरो जान ठिक्क परेको छ, पुलको अवस्था कस्तो छ, कुन बस्तीमा कति पहिरोको जोखिम छजस्ता सम्भावित खतराको सूची प्लाटुनले तयार पार्दैछन् । प्लाटुनहरुले यस्तो रिपोर्ट जंगीअड्डा पठाएपछि सेनाले संवेदनशील ठाउँको सूची तयार पार्नेछ ।
‘हामीलाई दिनदिनै प्लाटुनबाट रिपोर्ट आइरहेका छन् । उनीहरुको रिपोर्ट टेकेर हामी मनसुनका बेला सबैभन्दा बढी र कम जोखिम तथा संवेदनशील ठाउँको सूची तयार पार्छौँ । संवेदनशील क्षेत्र हेरेर कहाँ, कति सेना खटाउने भन्ने निर्णय हुन्छ,’ उनले योजना सुनाए ।
विपत्तिसँग जुध्न सक्ने जनशक्ति भए पनि उपकरण भने सेनासँग छैन । पहाडी जिल्लामा साना आकारका हेलिकप्टर आवश्यक पर्ने ठहर सेनाको छ । सेनासँग पर्याप्त संख्यामा डोजर र स्काभेटर छैनन् । सरकारले निर्देशन दिए सम्बन्धित जिल्लाका सडक विभागसँग समन्वय गरेर यस्ता उपकरण उपयोग गर्न सकिन्छ । तर केही भने अहिले नै खरिद गर्नुपर्ने हुन्छ । एकैपटक धेरै स्थानमा संकट आउने भएकाले यस्ता अत्यावश्यक चिज अहिले नै जोहो गर्नुपर्ने भनाइ सेनाको छ ।
‘हामीसँग पर्याप्त जनशक्ति छ तर उपकरण छैन । उपलब्ध जनशक्ति र उपकरण तयारी अवस्थामा राखेका छौं,’ सैनिक प्रवक्ता पोखरेलले भने, ‘थप उपकरण भए धेरै काम हामी नै गर्न सक्छौं,’ हामीले के गर्ने हो, सरकारले भन्नुप¥यो, बस, हामी त्यसैको प्रतीक्षामा छौं ।’
पोखरेलका अनुसार अहिले सेना भूकम्प प्रंभावित क्षेत्रको सूचना संकलन गर्ने चरणमा छ । मंगलबारको पराकम्पनपछि दोलखा र सिन्धुपाल्चोकबाट बढी पहिरोको खबर त्यहाँ खटिएका प्लाटुनले पठाएका छन् । हाल प्लाटुनमा पठाइएका सबै साधारण सैनिक जवान हुन् ।
सेनाको इन्जिनियर टोली पठाइएको छैन । एक चरणको सूचना संकलन गरिसकेपछि भूबनोट र सडकको संवेदनशीलता हेरेर त्यस्ता ठाउँमा आफ्नो इन्जिनियर टोली पनि पठाउने योजनामा छ सेना।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस