मधेस प्रदेशमा गत फागुन महिनामा भएको सबारी दुर्घटनामा परेर ४८ जनाको मृत्यु भएको छ।
प्रदेशमा भएको ६१० सबारी दुर्घटनामा परेर चार दर्जनले ज्यान गुमाएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। मृत्यु हुनेमा महिला तथा बालबालिका पनि रहेका छन्।
सबारी दुर्घटनामा परेर ९५२ जना घाइते पनि भएका छन्। प्रदेशको आठ वटै जिल्लामा गरी गत फागुन महिनामा ६१० सबारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सबैभन्दा बढी सबारी दुर्घटना धनुषामा र सबैभन्दा कम सबारी दुर्घटना पर्सामा भएको छ। धनुषामा ११९ र पर्सामा २१ सबारी दुर्घटना भएका छन्। यसै गरी सप्तरीमा ८४, सिराहामा ६८, महोत्तरीमा ७४, सर्लाहीमा १०२, रौतहटमा ७६ र बारामा ६६ सबारी दुर्घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ। रासस