मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माध्यामिक विद्यालयकी बालिकामाथि यौन दुर्व्यवहार प्रयासको घटना पछि उत्पन्न परिस्थितिले सो विद्यालयको पठनपाठन अनिश्चित बनेको छ। प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै जानेगरी भएको तनाव र आक्रमण पछि विद्यालयको पठन–पाठन अनिश्चित बनेको हो।
विद्यालयका शिक्षक मनोज पौडेलले फागुन ४ गते होलिका दिन सोहि विद्यालयमा पठनपाठन गर्ने एक छात्राको घरमा गएर पानी खानेबहानामा यौन दुर्व्यवहारको प्रयास गरेका थिए। उक्त घटना बाहिरिए पछि आक्रोशित समूहको आक्रमणबाट उत्पन्न भएको असाधारण परिस्थतिका कारण विद्यालयका शिक्षक र सुरक्षामा खटिएका प्रहरी माथि आक्रमण भएको थियो।
आक्रमणमा प्रहरी जवानकोसमेत मृत्यु भएपछि लेटाङ क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मोरङले दुई दिन यता कफ्र्यु आदेश जारी गरेको छ। कर्फ्यूका कारण अवस्था सामान्य भए पनि स्थानियमा अझै त्रास कायमै छ। आक्रोहित भीडले विद्यालयका शिक्षकहरू माथि पनि नियोजित रुपमा आक्रमण गरिएको थियो।
आक्रमणका कारण विद्यालयका प्रधानअध्यापक लक्ष्मीप्रसाद मिश्र, लेखापाल पदम श्रेष्ठलगायतका शिक्षक कर्मचारी घाइते भएका छन्। यस्तै आक्रोशित भीडले विद्यालयमासमत तोडफोड र आगजनी गरेको छ। विद्यालय शान्ति क्षेत्र घोषणा गरिएपनि विद्यालय परिसरमै भएको उक्ता आततायी घटनाले विद्यालयमा पठनपाठनको वातावरण नरहेको विद्यालयमा प्रधानअध्यापक लक्ष्मीप्रसार मिश्रले बताए। उनले भने, ‘विद्यालयका शिक्षकहरूलाई समेत सो दिन कुटपीट गरिएको ,केहि शिक्षकलाई बसेको कोठामै गएर धाक धम्की दिइएका कारण तत्कालै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने अवस्था नै छैन।’ नजिकींदै गरेको एस्इइ परिक्षाका लागि तयारीमा रहेका विद्यार्थीहरूको पठनपाठन पूर्णरुपमा प्रभावित भएको, विद्यालयको संरचनासमेत नै ध्वस्त पारिएकाले विद्यार्थीको भविश्वप्रति आफूलाई चिन्ता लागेको प्रधानअध्यापक मिश्रले बताए।
उनले सुरक्षाको ग्यारेन्टी नभई शिक्षकहरूले विद्यालय नजाने भनिरहेका कारण विद्यालय कहिले देखि खुल्छ भन्न सकिने अवस्था नरहेको उनले बताए। यता उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विद्यालयमा त्रासको वातावरण अन्त्य गरी चाँडो पठनपाठनको व्यवस्था गर्न माग गरेका छन्।
विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रोजिना सुवेदीले विद्यालयमा भएको घटनाले सबैलाई त्रसित पारेको भए पनि एसइई परिक्षा नजिकै आइसकेका कारण चाँडो विद्यालयमा पठनपाठनको व्यवस्था गर्न माग गरिन्। उनले भनिन्‘विद्यालयमा भएको घटनाले त्राससँगै विद्यार्थीको पढाइ प्रभावित पारेको र नजिकिंदै गरेको एसइई परिक्षाको तयारीसमेत प्रभावित हुने भएकाले त्रासको वातावरण अन्त्य गरी चाँडो विद्यालय सञ्चालनको व्यवस्था गरियोस्।’
विद्यालयमा भएको घटनालाई अनियन्त्रित बनाउन स्थानिय मात्रै नभई अन्यत्रैबाट आएका अपरिचित व्यक्तीहरूको ठूलो भूमिका रहेको प्रत्यक्ष दर्शीहरूले बताएका छन्। दिनभरी विद्यालयका अभिभावक र विद्यार्थीमात्रै यौन दुव्र्यवहारको प्रयास गर्ने शिक्षकलाई कार्वाहीको माग गर्दै आन्दोलन गरिरहेको तर, साँझ पर्दै जाँदा स्थानिय अभिभावक र विद्यार्थीहरू भन्दा पनि कानमा कुण्डल लगाएका, नाकमा मुन्द्रा लगाएका मानिसहरूको भीड बढ्दै जान थालेको थियो।
उनिहरू एउटै कुरा मात्रै बारम्बार गरिरहेका थिए। यौन दुर्व्यवहार प्रयासको घटनाका आरोपित मनोज पौडेल, सुरक्षामा खटिएका प्रहरी र विद्यालयका शिक्षकहरूलाई मार्ने भन्दै उनिहरू आक्रमण गरिरहेका थिए । विद्यालयको गेट बाहिर बाट प्रहरी माथि निरन्तर पेट्रोल बम, ढुंगा, इटा, कोक र वियरका वोतल निरन्तर प्रहार भइरहेको थियो। विद्याल भित्र रहेका प्रहरीलाई आफ्नै ज्यान जोगाउनसमेत मुस्किल परिरहेको स्थानिय बताउँछन्।
समयमै प्रयाप्त प्रहरी घटना स्थलमा नपुग्नु र आरोपित शिक्षकलाई समयमै उद्धार गर्न नसक्नु प्रहरीको कमजोरी थियो। विद्यालयमा घटनाले उग्ररुप लिंदा स्थानिय अगुवाहरू र राजनीतिक दलका नेताहरूले घटनालाई साम्य बनाउने प्रयास नै नगर्नु र स्थानियले आरोपीत शिक्षकलाई पक्राउ गर्न प्रहरीको मद्धत नगर्नु स्थानिय अगुवाहरू र राजनीतिक दलका नेताहरूको पनि कमजोरी देखिएको छ।
सो विद्यालयका एक शिक्षकले स्थानिय भन्दा पनि बाहिरबाट आएका व्यक्तिहरूले तनाव मच्चाउने उद्धेश्य राखेर विद्यालयमा आक्रमण गरेको बताए। उनका अनुसार वोतलमा पेट्रोल वोकेर हिंडेको समूहले विद्यालयमा तोडफोड, आगजनी र प्रहरी माथि आक्रमण गरेको बताए। उनले आफूले सम्झाउँदा आफै माथि उक्त समूह खनिएपछि त्याहाँबाट भागेर ज्यान बचाएको बताए। राती प्रहरीले आरोपीत शिक्षकको उद्धार गरेपनि आवारा खालका अपरिचित मानिसको समूहले विद्यालयमा आक्रमण, तोडफोड, आगजनी र लुटपाट मच्चाएको उनले बताए। यति मात्रै हैन विद्यालयमा तनाव मच्चाउने समूहले नै प्रहरीलाईसमेत लखेटीलखेटी आक्रमण गरेको उनको दाबी छ। ‘आवारा अपरिचित मानिसहरूको समूहले घटनास्थलबाट फर्कंदै गरेको प्रहरीलाई घेरा हालेर महिला प्रहरीको हत्या गरे’ उनले भने।
महिला प्रहरीलाई आक्रमण गरेको स्थान विद्यालय भन्दा करिब १ किलोमिटर टाढा गाउँको वीच भागमा छ। विद्यालयबाट मुख्य सडकमा निश्कने चोक भन्दा केहि टाढा खेततर्फबाट आएको समूहले प्रहरीमाथि आक्रमण गरी महिला प्रहरीको हत्या गरेको थियो। घटनामा खटिएका एक प्रहरीका अनुसार विद्यालय तर्फबाट आएको समूहलाई छेक्दै अघि बढिरहेको प्रहरीको टोलिलाई खेततर्फबाट आएको समूहले एक्कासी आक्रमण गर्यो। आफूहरूलाई कता भाग्ने के गर्ने केहि होस नै नभएको उनले सुनाए। यत्तीकैमा ऐया भनेको आवाज आएको त्यसपछि प्रहरीले हवाइ फायर गरेको उनले बताए। ‘आवाज आएतर्फ जाँदा महिला प्रहरी सडकमा लडेको देखेर उनको उद्धार गरिए पनि बचाउन संभवन भएन ’ उनले भने । घटना पछि मोरङको लेटाङमा सन्नाटा छाएको छ। प्रशासनले कफ्र्यु लगाएपछि मुख्य शहरी क्षेत्रमा मानिसहरूको चहलपहल प्राय शुन्य छ। तर, गाउँतर्फ भने मानिसहरू भेला, जमघट नभए पनि सामान्य हिंडडुल गर्ने ,कृषि तथा घरायसी काम गर्ने गरेका छन्।
सर्वदलीय बैठक
लेटाङमा आइतबार महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु हुने गरी भएको हिसांत्मक घटनापछि मंगलबार बसेको सर्वदलीय बैठकले ४ बुँदे निर्णय गरेको छ । बैठकले घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने, कफ्र्युका कारण दैनिकीमा परेको असहजतालाई ध्यानमा राख्दै कफ्र्यु खुकुलो बनाउन प्रशासनलाई अनुरोध गर्ने, जाँते माविमा अध्ययनरत १४ वर्षीया बालिका करुणा राईको हत्यापछि परिवारलाई आवश्यक राहतका लागि केन्द्रीय सरकारसमक्ष अनुरोध गर्ने र नगरबासीको सुरक्षा अवस्थाका लागि खटिने सुरक्षा निकायलाई दरिलो बनाउन जनशक्तिको संख्या वृद्धि तथा सवारी साधनको माग गृहमन्त्रालयसँग गर्ने निर्णय भएको लेटाङका नगर प्रमुख शंकर राईले जानकारी दिए।
बैठकमा नगरपालिका मेयर राई, उपमेयर कृष्णकुमारी निरौला, प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे, नेपाली काँग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बू, पूर्व सांसद घनश्याम खतिवडा, सुरक्षा निकायका पदाधिकारीलगायतको उपस्थिति थियो।
कर्फ्यू खुकुलो पारिने
मोरङको लेटाङ नगरपालिकाको केही क्षेत्रमा सोमबारदेखि लगाइएको कफ्र्यु केही खकुलो हुने भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार घटनापछिको अवस्थालाई हेरेर नगरपालिकामा बुधबारबाट कफ्र्यु केही खुकुलो बनाउने निर्णय गरिएको छ। कर्फ्यूको समय तालिका बुधबार बिहानबाट मात्रै फेरबदल हुने प्रजिअ दाहालले बताए। उनका अनुसार बुधबार बिहान १० बजेबाट बेलुका ४ बजेसम्म कर्फ्यू यथावत रहने र पुनः बेलुका ६ बजेबाट बिहीबार बिहान ६ बजेसम्म कफ्र्यु यथावत रहने छ।
‘यौन दुव्र्यवहार आरोप लागेका शिक्षक मनोज पौडेललाई जबरजस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले भने, ‘लेटाङमा सोमबारको कफ्र्यु उल्लंघन गरेका १२ जनालाई पक्राउ गरी साँझमा छाडिएको र मंगलबार पनि ४ जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई साँझमा छाड्ने छौं।’ आइतबार लेटाङमा भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ।