भूकम्प अनुसन्धानमा जुट्दै अन्तर्राष्ट्रिय संस्थाहरु
०३ जेष्ठ २०७२
•
७ मिनेट पाठ
भूकम्प अनुसन्धानमा जुट्दै अन्तर्राष्ट्रिय संस्थाहरु
काठमाडौ-शक्तिशाली भूकम्पका धक्का जान थालेपछि अन्तर्राष्ट्रिय वैज्ञानिक तथा संघ–संस्थाहरूले नेपालकेन्द्रित अनुसन्धान सुरु गरेका छन् । उनीहरूले भूकम्पपछिको अवस्था पत्ता लगाउन प्रभावित क्षेत्र र त्यसका आसपास दर्जनौं भूकम्पमापनसम्बन्धी अस्थायी केन्द्र स्थापना गरिरहेका छन् ।




खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार अमेरिकी, फ्रान्सेली, चिनियाँ, बेलायती, जापानीलगायत संघ–संस्था र तिनका अनुसन्धानकर्ता नेपालका विभिन्न भूभागमा भूकम्प मापनका अस्थायी केन्द्र स्थापना गर्न खटिरहेका छन् ।
‘वैशाख १२ पछि विदेशी वैज्ञानिक र अनुसन्धानकर्ता नेपालकेन्द्रित छन् । कतिपय आइसकेका छन् भने कतिपय आउने प्रक्रियामा छन्,’ विभाग स्रोतले भन्यो । स्रोतका अनुसार कतिपय विदेशी वैज्ञानिक आफैं आएर काम गरिरहेका छन् भने केहीले विभाग र राष्ट्रिय भूकम्प मापन केन्द्रसँग समन्वय गरिरहेका छन् ।
वैशाख १२ पछि अस्थायी केन्द्र स्थापना र तथ्यांक संकलनमा खटिरहेका केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईका अनुसार केन्द्रले पनि यसबीच फूल्चोकी र टेकुमा एक्सिलोमिटर जडान गरेको छ । यीबाहेक पुराना ६ एक्सिलोमिटर केन्द्रको अवस्था र त्यहाँ संकलित तथ्यांक पनि अपलोड गरेको छ ।
‘यसबाट पहाडी र चट्टानी भूभाग तथा उपत्यकाभित्रको माटोमा भूकम्पले पारेको असरको भिन्नता पत्ता लगाउन सहयोग पुग्छ,’ उनले भने, ‘यसबाट प्राप्त तथ्यांक बिल्डिङ कोड निर्माणमा सहयोगी हुन्छन् ।’
भट्टराईका अनुसार एकपटकको भूकम्पको असर ठाउँअनुसार कति फरक हुन्छ भन्ने कुरा यो केन्द्रबाट थाहा हुन्छ । कस्ता भवनलाई कति म्याग्निच्युडको भूकम्पले कति असर पार्दो रहेछ भन्ने कुरा यी केन्द्रबाट थाहा हुन्छ । दुई वटा अस्थायीसहित यस्ता स्टेसनको संख्या आठ वटा पुगेको छ ।
अमेरिकी दूतावासले पनि भूकम्पपूर्व नै यस्तो केन्द्र स्थापना गरेको छ । त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय शिक्षण विभागले पनि एक्सिलोमिटर जडान गरिरहेको छ ।
केन्द्रका अनुसार यसबीच अमेरिकाको क्यालिफोर्निया इन्टिस्च्युट अफ टेक्नोलोजी (क्यालटेक) ले विभागसँग समन्वय गरेर केन्द्रका २९ वटा जिपिएस केन्द्रबाट तथ्यांक अपलोड गरिसकेको छ । ‘भूकम्प वैज्ञानिकसहित आएको यो समूहले तथ्यांक संकलनबाहेक प्रभावित क्षेत्र र त्यसका आसपास अस्थायी जिपिएस केन्द्रहरू समेत स्थापना गरिरहेको छ,’ भट्टराईले भने । पछिल्ला दिनमा यो समूह केन्द्रका भूकम्पविदलाई लिएर केन्द्र स्थापना गर्न इलाम पुगेको छ ।
उनका अनुसार २९ वटा राष्ट्रिय जिपिएस केन्द्र छन् । यसबीच धेरै दुरी भएको स्थानमा त्यस्ता अस्थायी केन्द्र जडान गर्न थालिएको छ ।
त्यस्तै, फ्रान्सेली संस्था सिएनआरएसले केन्द्रसँग समन्वय गरेर लम्जुङदेखि मुस्ताङबीच १५ वटा जिपिएस केन्द्रहरू स्थापना गर्न थालेको छ । यसका लागि उपकरणहरू नेपाल भित्रिसकेका छन् । त्यसो त केन्द्रले शक्तिशाली भूकम्पअघिनै पश्चिम नेपालका पहाडी जिल्लामा १५ वटा यस्ता अस्थायी स्टेशन राखिसकेको छ ।
यसैगरी बेलायतले पनि ब्रोडब्यान्ड साइस्मिक स्टेसन स्थापनाका लागि विभागसँग समन्वय गरिरहेको छ । यसले पनि सरकारी स्वीकृतिपछि आफ्ना उपकरणसहित नेपाल आउने योजना बनाइरहेको छ ।
विभागका अनुसार चिनियाँ टोलीले त्रिभुवन विश्वविद्यालय भूगर्भ विभाग र त्यहाँका प्राध्यापकसँग मिलेर भूकम्पपछिको अवस्था अध्ययन गरिरहेको छ । ‘विभागसँग मात्र नभई सरकारका अरू संघ–संस्था र प्राज्ञिक व्यक्ति मिलेर काम गरिरहेको पाइएको छ,’ विभाग स्रोतले भन्यो ।
जापानी समूह पनि अध्ययनका लागि नेपाल आउने तयारी गरिरहेको विभाग स्रोतले जनायो । जनशक्ति कम भएकाले अध्ययनका लागि विभिन्न देशबाट आउन लागेका वैज्ञानिक र संघसंस्थासँग समन्वय गर्न कठिनाइ भइरहेको स्रोतले बतायो ।
‘यस्तो बेला अध्ययन गर्न आउने चाहना व्यक्त गर्नु स्वाभाविक हो । जनशक्ति कम भएकाले तिनीहरूसँग समन्वय गर्न भ्याइरहेका छैनौं,’ स्रोतले भन्यो, ‘त्यसैले सरकार अरू प्राज्ञिक निकाय र व्यक्तिहरूसँग समन्वय गरेर आइरहेका छन् ।’
केन्द्रअन्तर्गत देशभरमा गरेर अहिलेसम्म सिस्मेसिक केन्द्र २१ वटा, जिपिएस केन्द्र २९ र एक्सिलोमिटर केन्द्र दुई अस्थायीसहित ८ वटा छन् । यिनै केन्द्रका आधारमा भूकम्पमापन र त्यसपछिको अवस्थाबारे अध्ययन अनुसन्धान भइरहेको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस