काठमाडाैं- पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले भिक्षु निग्रोध (सिद्धार्थ महर्जन) लाइ नियुक्त गरेको छ। उपाध्यक्ष नहुँदा कोषको नीति काम ठप्प थियो।२५ वर्षअघि गृहस्थजीवन त्यागी किशोरअवस्थामै भिक्षु बनेका उनी सुखी होतु नेपाल संस्थामार्फत परोपकारी काम गर्दै अाएका छन्। त्रिभुवन विश्वविद्यालयबाट सामाजशास्त्रमा स्नातकोत्तर उनी थेरबाद बुद्धिस्ट एकेडेमीको सचिव तथा लेक्चरर हुन्। नयाँ वानेश्वर स्थित वर्ल्ड पिस बुद्धिस्ट स्कूलका प्रिन्सिपल समेत रहेका भिक्षु निग्रोध हाल मीनभवन स्थित विश्व शान्ति बिहारमा बस्ने गर्छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यको सिफारिशमा मन्त्रिपरिषदले उनलाइ अन्तर्राष्ट्रिय महत्वको कोष उपाध्यक्षमा नियुक्त गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमन्त्री अध्यक्ष रहने कोषको दैनिक कार्यसञ्चालनको कार्यकारी अधिकार उपाध्यक्षमा हुनेगर्छ। नीतिगत निर्णय, रु पाँच लाखभन्दा माथिको रकम भुक्तानी तथा महत्वपूर्ण फाइल सदर बदरको अधिकार उपाध्यक्षलाइ हुन्छ।
तत्कालीन उपाध्यक्ष आचार्य कर्मा स्यायाङ्बो शेर्पाले गत पुस २५ मा राजिनामा दिएपछि सो पद रिक्त थियो। लुम्बिनीमा सञ्चालित विभिन्न योजनाका काम पनि उपाध्यक्ष नहुँदा प्रभावित बनेका थिए। अहिले त्यहाँ आधा दर्जनभन्दा बढी विभिन्न योजनाको काम भइरहेका छन्।
लुम्बिनीको बृहत्तर विकास र बुद्धको सन्देशलाइ फैलाउने कार्यलाइ संगठित रूपमा अघि बढाउनु र कोषमा व्याप्त भ्रष्ट्राचारलाइ नियन्त्रण गर्नु नवनियुक्त उपाध्यक्ष भिक्षु निग्रोधका मुख्य चुनैती हुनेछन्।