सुरक्षित र सस्तो घरको खोजीमा भूकम्पपीडित
०४ जेष्ठ २०७२
•
५ मिनेट पाठ
सुरक्षित र सस्तो घरको खोजीमा भूकम्पपीडित
काठमाडौं-काभ्रेको पाँचखालस्थित पुख्र्यौली घर भत्किएपछि समीर पौडेल सुरक्षित र सस्तो घर कसरी बनाउने भनी परामर्श लिँदै हिँडेका छन्। उनी सोमबार चक्रपथको नारायणगोपाल चोकमा भेटिए, जहाँ इन्सुलेट वाल प्यानल निर्माण कम्पनीले आफूले उत्पादन गरेका वस्तुबाट बनेको घरको प्रदर्शनी गरिरहेको छ । यो कम्पनीले चक्रपथ किनारको जग्गामा दुईवटा नमूना घर प्रदर्शन गरिरहेको छ।‘म काठमाडौंका लागि होइन, पाँचखालमा कस्तो घर बनाउन सकिन्छ भनेर परामर्श लिइरहेको छु,’ नमूना घर अवलोकन गरिरहेका पौडेलले भने, ‘घर त राम्रै लाग्यो तर अलि महँगो भयो ।’
पौडेलले यी घरमा खर्च गर्ने पैसाले एकतला पिलरवाला घर नै बनाउन सकिने धारणा पनि व्यक्त गरे । पौडेलको पाँचखालको काँचो इटा र माटोको घर यही भूकम्पले बस्नै नमिल्ने गरी ध्वस्त पारेको छ ।
चार वर्षदेखि यस्ता घर निर्माण गर्दै आएको कम्पनीका सञ्चालक टासी लामा भने देशमा विपद परेका बेला आफूले निर्धारित मूल्यभन्दा कममा यस्ता घर बनाइदिने बताए । ‘अबको छ महिना म यी घरको मूल्य बढाउँदिनँ,’ उनले भने, ‘अहिले नेपालीलाई दुःख परेको छ । म सकभर कम पैसामा एक र दुई कोठाका घर बनाइदिने योजनामा छु ।’

house2
सरकारले राजधानी बाहिरका जिल्लामा धेरै संख्यामा यस्ता घर बनाइदिने योजना ल्याए आफू मूल्य घटाउन तयार रहेको पनि लामाले जनाए । भूकम्पपछि धेरैले आफ्नो उत्पादन ‘बुक’ गरेको उल्लेख गर्दै लामाले भने, ‘मैले अहिले धेरै काम पाइरहेको छु ।’ सोमबार पनि उनको नमूना प्रदर्शनीमा परामर्श लिन आउनेको भिड देखिन्थ्यो ।
यो कम्पनीले बुढानिलकण्ठमा कारखाना स्थापना गरेर चार वर्षदेखि स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर यस्ता घर बनाउँदै आएको छ ।
नमूना घर हेर्न आएका अधिकांश पीडितहरूले घर मन परेको प्रतिक्रिया दिइरहेका थिए । ‘म वेबसाइट हेरेर यी नमूना घर हेर्न आएको हुँ । घरको बनावट त मन पत्र्यो तर पैसा बढी भयो,’ नैकापका राजीव थापाले भने, ‘घरको भित्ता र छानो कम्पनीले बनाइदिने भए पनि बेस र भुइँ आफैंले बनाउनुपर्ने भएकाले अलि महँगो हो कि जस्तो लाग्यो ।’
लामाले भूकम्पले प्रभावित पहाडी जिल्लाका स्थानीयका लागि विशेष छुटको व्यवस्था भएको बताए । उनले पूरै घर नभए पनि घरको छानो सुपथ मूल्यमा दिनसक्ने बताए । ‘अहिले पहाडका सर्वसाधारणले जस्तापाताको छानो हालिरहेका छन् । यो तातोमा धेरै तातो र चिसोमा धेरै चिसो हुन्छ,’ उनले भने, ‘हामीले उत्पादन गरेको छानो हाल्ने हो भने यस्तो समस्या रहँदैन ।’  
माग बढेकाले सात दिनमा तयार गर्न सकिने घर निर्माण गर्न दुई महिनासम्म लाग्न सक्ने लामाले बताए । कम्पनीका अनुसार खासमा सानो कोठा बनाउन ३ घन्टा, अलि ठूलो कोठा बनाउन ६ घन्टा र दुई कोठा, चर्पी र बैठकसहितको घर बनाउन तीन दिनसम्म लाग्छ । 

house3
उनले यस्ता घरको आयु ५० देखि ६० वर्ष हुने बताए । ‘दस वर्षको ग्यारेन्टी पनि दिन्छौं,’ लामाले भने । उनका अनुसार यी घर प्रि–फ्याबबाट बनेका हुन् । यो जापानी प्रविधिमा आधारित छ । यसले भुइँचालो र हुरीबतास थेग्न सक्छ । हिमपात तथा अविरल वर्षाले कुनै असर गर्दैन । थर्मल पार्टिसन वाल हुने भएकाले बाहिरको अत्यधिक चिसो तथा अत्यधिक तातो कुनै पनि मौसमले घरभित्र असर गर्दैन ।
घर बनाउँदा सिमेन्ट, इँटा, ढुंगा, बालुवा, रड, पानीजस्ता कुनै सामग्री चाहिँदैन । ‘एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिन्छ,’ लामाले भने । उनका अनुसार संसारमा यस्तो प्रविधिका घर ८० वर्षदेखि निर्माण भइरहेका छन् । विशेषगरी जापान, अस्ट्रेलिया र बेलायतमा यस्ता घर बढी प्रयोग गरिएका छन् । लामाले आफ्नो कारखाना चितवनमा पनि विस्तार गर्ने योजना बनाइरहेका छन् ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस