काठमाडौं-अतिप्रभावित उच्च हिमाली तथा पहाडी क्षेत्रको जमिनको अवस्थाबारे अध्ययन गर्न विज्ञसहित १८ वटा टोली गठन गरेको छ ।खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजित महतोको नेतृत्वमा टोली गठन भएको हो । प्रत्येक टोलीमा विशेषज्ञसहित ३ जना सदस्य छन्। टोलीले अतिप्रभावित ६ जिल्लाको विशेष अध्ययन गर्नेछ । ‘उच्च जोखिम भएका ६ जिल्लाको अध्ययन गर्न टोली गठन गरेका छौं,’ उद्योगमत्री महेश बस्नेतले मंगलबार नागरिकसँग भने, ‘यो टोलीले भोलि (बुधबार) देखि नै काम सुरु गर्छ ।’
मन्त्री बस्नेतका अनुसार टोलीले गोरखा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र धादिङका बस्तीको पनि अध्ययन गर्नेछ । यी जिल्लामा हेलिकप्टरमार्फत टोली पुग्नेछ । टोलीले स्थलगत अध्ययन र स्याटलाइटको डाटा तथा नक्सासमेत प्रयोग गर्नेछ । अध्ययन गर्ने क्षेत्रको नक्सांकनसमेत भइसकेको उनले बताए । नक्साअनुसार ती क्षेत्रमा हेलिकप्टर लगेर अध्ययन गरिनेछ । ‘हामी भोलिदेखि नै काम सुरु गर्नेछौं,’ मन्त्री बस्नेतले भने ।
सोमबार उद्योग मन्त्रालयमा उद्योग र गृहमन्त्रीसहितको बैठकले प्रभावित क्षेत्रको भूगोल अध्ययन गर्ने निर्णयसहित टोली गठन गरेको थियो । टोलीमा खानी तथा भूगर्भ विभाग, नापी, सिँचाइका प्रतिनिधि र भूगर्भविज्ञ सम्मिलित छन् । टोलीमा त्रिभुवन विश्वविद्यालयका भूगर्भविद र इसिमोडलगायत भूगर्भसम्बन्धी काम गर्ने अन्य संस्थाको पनि सहभागिता रहेको छ । अध्ययनका लागि गृहमन्त्रालयले सहयोग गर्नेछ । ‘उच्च जोखिम भएका हिमाली र पहाडी क्षेत्रमा टोलीले अध्ययन गर्नेछ,’ मन्त्री महेश बस्नेतले भने, ‘टोलीको अध्ययनपछि बसाइँ सार्ने–नसार्नेबारे निर्णय हुनेछ ।’
टोली गठन भएपछि कसरी काम गर्ने भनेर छलफल भइरहेको विभागका महानिर्देशक महतोले बताए । ‘टोलीमा सहभागी विज्ञहरूसँग कसरी काम गर्ने भनेर छलफल गरिरहेका छौं,’ महानिर्देशक महतोले भने, ‘हामी तुरुन्तै काम सुरु गर्दैछौं ।’
अध्ययन गर्न टोलीलाई एक साता समय दिइएको छ । अध्ययनपछि अर्को एक सातामा समूहले अध्ययन प्रतिवेदन तयार गर्नेछ । अध्ययनबाट आएको प्रतिवेदनलाई उद्योग मन्त्रालयमा पेस गरिनेछ ।
टोलीहरूको प्रतिवेदनपछि सरकारले कुन ठाउँबाट कति बसाइँ सार्ने निर्णय हुने मन्त्री बस्नेतले बताए । ‘सरकारले उच्च जोखिम भएका क्षेत्रबाट स्थानीयलाई बसाइँ सार्ने मनस्थिति बनाएका बेला हामीले यो अध्ययन गर्न लागेका छौं,’ मन्त्री बस्नेतले भने, ‘टोलीको प्रतिवेदन आएपछि सरकारलाई काम गर्न सजिलो हुनेछ ।’
सरकारले उच्च जोखिमयुक्त जिल्लाका बस्तीलाई सुरक्षित ठाउँमा सार्ने बताइरहेको छ, तर कुन ठाउँबाट कति सार्ने भन्ने निर्णय हुन सकेको छैन । स्थानीयलाई सार्न त्यहाँका अवस्था कस्तो छ, कुन ठाउँमा कति जोखिममा छ भनेर अध्ययनसमेत गर्न आवश्यक छ ।
यही अवस्थामा कुन ठाउँमा जमिनको अवस्था कस्तो छ भनेर टोलीले अध्ययन गर्नेछ । मन्त्री बस्नेतका अनुसार त्यस ठाउँमा बसोबास गर्न सकिन्छ कि सकिँदैन, जमिनको अवस्था कस्तो छ, पहिरोको जोखिम कस्तो छ भन्ने विषयमा अध्ययन गरिनेछ ।
महाभूकम्प र त्यसपछि आएका पराकम्पले पहाडी जिल्लामा बस्नै नहुने गरी धाँजा फाटेको विवरण आइरहेको छ । कतिपय ठाउँमा लगातार पहिरो गइरहेको छ । अहिलेसम्म सिन्धुपाल्चोक, गोरखा, दैलेख, नुवाकोट, धादिङ, रसुवालगायत जिल्ला धेरै प्रभावित भएका छन् । यी जिल्लामा ठूलो परिमाणमा जनधनको क्षति भएको छ । सिन्धुपाल्चोकको तातोपानी, लिपिङ, गोरखाको बारपाक, लारपाक, दोलखाको सिँगटीलगायत केही ठाउँबाट स्थानीय सुरक्षित ठाउँ खोज्दै अन्यत्र बसाइँ सरिरहेका छन् ।
महाभूकम्पपछिका शक्तिशाली पराकम्पले यी जिल्लामा पहिरोको उच्च जोखिम देखिएको छ । उच्च हिमाली क्षेत्रमा हिउँपहिरो गइरहेको छ भने उच्च पहाडी जिल्लाका ठाउँठाउँ सुक्खा पहिरोले क्षतविक्षत पारेको छ । जमिन चर्केको छ भने देशभरमा ३ लाखभन्दा धेरै घर बस्नै नहुने गरी ध्वस्त भएका छन् ।